सांकेतिक तस्बिर
काठमाडौं– विश्वमा बढ्दै गएको कोरोना भाइरस (कोभिड १९ )काे सक्रमणसँगै प्रभावित देशहरुमा श्रम स्वीकृति तत्कालका लागि रोक्न छलफल सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्त सुमन घिमिरेकाअनुसार परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धी सबै सरोकारवालाबीच छलफल सुरु भएको हो।
'भाइरसको जोखिम बढेपछि जोखिमयुक्त मुलुकहरुमा तत्कालका लागि श्रम स्वीकृति रोक्ने बारेमा छलफल हुँदैछ। रोक्ने निर्णय भने भइसकेको छैन,' मन्त्रालयका प्रवक्ता एव सहसचिव घिमिरेले नेपाल लाीइभसँग भने।
सोमबार सर्वोच्च अदालतले कोरोना भाइरसबाट संक्रमित देशहरु चीन, दक्षिण कोरिया, बहराइन, इरान, जापानलगायत सिधैं तथा ट्रान्जिट भएर आउने विभिन्न ५ मुलुकका उडानहरु रोक्न परमादेश जारी गरेको थियाे। कोरोनाकाे संक्रमण बढेपछि सरकारले दक्षिण कोरिया रोजगारीमा जाने युवाहरुको उडान तत्कालका लागि रद्द गरे पनि अन्य मुलुकमा भने कामदारहरु जाने क्रम जारी छ।
सोमबारमात्रै बहराइनमा रोजगारीका लागि हिडेका ३० जना नेपालीयुवाहरुलाई संयुक्त अरब इमिरेट्स युएईबाट फिर्ता पठाइएको छ। कोरोना भाइरस संक्रमण बढेसँगै युएईले अन्तराष्ट्रिय उडानलाई अवतरणमा रोक लगाएसँगै उनीहरुलाई फिर्ता गरिएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। फिर्ता भएका नेपालीहरु वैदेशिक रोजगार विभागसम्म भने नआइसकेको विभागका निर्देशक भोलानाथ गुरागाँइले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।