अबुजा– नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा सरकारी सुरक्षा फौज र लुटेराहरूबीच भएको भडपमा सुरक्षाकर्मीको गोली लागि कम्तिमा २१ जना लुटेराको मृत्यु भएको नाइजेरियाली सेनाका प्रवक्ताले बिहीबार जनाएका छन्।
प्रवक्ता टेक्सास सिहुकुले भने,‘दोहोरो झडपमा २१ लुटेराको मृत्यु भएको छ भने सुरक्षा फौजतर्फ २ सैनिकले शाहदत प्राप्त गरेका छन्।’
जाम्फाराको प्रान्तीय राजधानी गुसाउमा भएको झडपमा ठूलो सङ्ख्यामा लुटेरा घाइते भएपनि सुरक्षाकर्मीको नियन्त्रणबाट उम्कन सफल भएका उनले बताए।
लुटेराको बिगबिगी भएपछि स्थानीयको अनुरोधमा गत महिना नाइजेरियाली राष्ट्रपति मुहम्मद बुहारीले जाम्फारामा थप फौज तैनाथ गरी गत वर्षदेखि बढेको सर्वसाधारणको हत्यामा सम्लग्न लुटेराविरुद्ध कारबाही चलाउन आदेश दिएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।