• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल लाइभमा बिहीबार : प्रधानमन्त्रीका प्रियपात्र बाँस्कोटाको राजीनामादेखि नेप्से र सुनको नयाँ रेकर्डसम्म

64x64
नेपाल लाइभ बिहीबार, फागुन ८, २०७६  २१:५५
1140x725

काठमाडौं- बिहीबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारहरू 

गोकुल बाँस्कोटाको राजीनामा
सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिसन रकमका बारेमा गरेको 'डिल'को अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा आएका थिए।

बाँस्कोटा २०७४ चैत २ गते सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए। तर, २०७५ जेठ १८ गते भएको मन्त्रिपरिषद् विस्तारसँगै उनी मन्त्री भएका थिए।

सामाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्रीले बाँस्कोटालाई गत पुस २५ सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए।

थप समाचार
प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिएँ : बाँस्कोटा

कमिसन डिलको अडियो सार्वजनिक गर्ने मिश्र को हुन्?
कमिसन डिलको अडियो सार्वजनिक गर्ने विनोदप्रकाश मिश्र केही सयम अघि विज्ञका रूपमा अर्थ समितिको छलफलमा आएका व्यक्ति हुन्। मिश्र मेसिनरी एन्ड सेक्युरिटी प्रिन्टिङ प्रालि नेपालका सञ्चालक हुन्। तर उनले लेखा समितिलाई आफ्नो त्यो परिचय दिएनन्। 

‘म एक सचेत नागरिक हुँ, जसले यो आर्थिक अनियमितता हुन नपाओस भनेर यी सबै कुरा भनिरहेको छ,’ मिश्रले समितिमा भनेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

सामान्यतया ९० मिलियन देखि १ सय मिलियन अमेरिकी डलर बराबर मात्रै पर्ने मेसिनलाई सरकारले २ सय मिलियन अमेरिकी डलर तिर्न लागेको र यसमा ५० मिलियनदेखि ६० मिलियन अमेरिकी डलरको अनियमितता हुन लागेको मिश्रको भनाइ थियो। 

लमजुङ स्थायी घर भएका उनी हाल जापानमा बस्दै आएका छन्। 

थप समाचार : 
सञ्चारमन्त्रीले कमिसन डिल गर्ने मिश्र को हुन्?

जापानमा कामदार पठाउने एजेन्ट मिश्र
मिश्रका एक आफन्तका अनुसार उनी डेढ दशकअघिदेखि जापान बस्दै आएका छन्। जापान गइसकेपछि उनी रेस्टुरेन्टमा काम गर्न थाले। र, पछि आफैं रेस्टुरेन्ट सञ्चालक बने। 

रेस्टुरेन्ट सञ्चालन गरेपछि नेपाल ओहोर–दोहोर बढाएका उनले नेपाली कामदारसँग मोटो रकम लिएर जापान पठाउन सुरु गरेका थिए। उनले विशेषतः 'कुक भिसा'मा कामदार पठाउने गर्थे। 

थप समाचार:
लेखा समितिले विज्ञ भनी बोलाएका मिश्र जापानमा कामदार पठाउने ‘एजेन्ट’

लेखा समितिको निर्देशन
सेक्युरिटी प्रेस खरिदमा अनियमितता भएको उजुरीबारे निर्णय गर्न बसेको संसदको सार्वजनिक लेखा समितिले तत्काल प्रेस खरिदको प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ। 

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले यो विषय जटिल बन्दै गएको भन्दै निर्णयमा पुग्न नसके र गहन अध्ययन आवश्यक रहेको भन्दै अर्को निर्णय नभएसम्म खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको हो।

सेक्युरिटी प्रेस खरिदको क्रममा एजेन्टसँग कमिसनबारे सञ्चार तथा प्रविधीमन्त्री गोकुल बाँस्कोटाले गरेको डिलको अडियो सार्वजनिक भइसकेको छ। 

रिसायो लेखा समिति
जसको अडियोको कारण गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भए, उनै विजय मिश्रवरुद्ध सार्वजनिक लेखा समितिका सांसद्‍हरू भने रिसाए।

यस अगाडिको सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षित मुद्रण मेसिन) खरिद तथा स्थापनाका विषयमा छलफलमा लेखा समितले उनलाई विज्ञ भनेर बैठकमा बोलाएको थियो। उनै मिश्रविरुद्ध समितिले बिहीबार कारबाहीको माग गर्दै प्रहरीलाई पत्र काट्यो।
पत्र काट्नुको कारण समितिका सांसदहरूको चरित्र हत्या हुने गरी सञ्चारमाध्यममा टिप्पणी गरेको समितिको पत्रमा उल्लेख छ।

मिश्रले बिहीबारको लेखाको बैठकले प्रिन्टिङ प्रेस खरिदको अनुमति दिने तयारी गरेको सूचना आएपछि बाध्य भएर अडियो सार्वजनिक गरेको दाबी गरेका थिए।

सञ्चार माध्यममा समितिका सांसदविरुद्ध नकारात्मक टिप्पणी गरेकै आधारमा साइबर क्राइमको मुद्दा लगाउन खोज्ने समितिको प्रयासले मिश्रसँग समितिका सांसदहरू रिसाएको देखिन्छ।

समितिले प्रहरीको साइबर क्राइममा कारबाहीका लागि पठाएको पत्रमा मिश्रसँगै प्रशान्त किशोर उपाध्यायलाई समेत कारबाहीको माग गरिएको छ। 

उपाध्यायले फेसबुकमा समितिका सांसदको तस्बिर राखेर फेसबुकमा नकारात्मक टिप्पणी गरेको थिए। प्रिन्टिङ प्रेसबारे समितिको बैठक बसिरहेकै बेला प्रशान्तले फेसबुकमा समितिका सांसदविरुद्ध लेखेपछि समितिले साइबर क्राइममा कारबाही अगाडि बढाउने निर्णय गरेको थियो।

थप समाचार
कमिसन काण्डको अडियो सार्वजनिक गर्ने मिश्रलाई पक्राउ गर्न लेखा समितिको निर्देशन

विवादित बाँस्कोटा
विवादित अडियो सार्वजनिक भएसँगै  मन्त्री बाँस्कोटालाई पदबाट बर्खास्त गरेर उनीमाथि अनुसन्धान प्रक्रिया थाल्न सडक र सदन दुवैतिर दबाब बढेपछि नैतिकता कारण देखाउँदै उनले राजीनामा दिए।

तर उनको कार्यकालमा उनी मुछिएको काण्ड यो नै पहिलो भने होइन। नियुक्ति, खरिद, अपत्यारिलो सम्पत्ति विवरणमा समेत उनी विवादमा आइ नै रहेका थिए।

सबै काण्डलाई पेलपाल पारेर तह लगाउन सफल भएका थिए। तर यसपटक उनले सोचेजस्तो हुन सकेन। 
थप समाचार
गोकुल कार्यकालका चार प्रकरण : फोरजीदेखि झा नियुक्तिसम्म

विवादका कारण जसको मन्त्री पद गुम्यो
कमिसन 'डिल' गरेको अडियो बाहिरिएपछि विवादमा परेका मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।

विवादका कारण राजीनामा दिने उनी पहिलो भने होइनन्, सम्भवतः अन्तिम पनि हुने छैनन्।

नेपाल लाइभले पछिल्ला केही सरकारमा विवादमा परेर मन्त्री पद गुमाउनेहरुको सूची तयार पारेको छ।
थप समाचार
विवादका कारण मन्त्री पद गुमाउनेहरू

पत्रकारिताकै सहारामा हिरो, पत्रकारिताले नै बनायो जिरो
भर्खरै सञ्चार तथा सूचनाप्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले पत्रकारिता गरेका थिएनन् भने यो उपलब्धि हासिल नहुन सक्थ्यो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनलाई पत्रकारिताले जोडेको हो। पत्रकारिताले जोडेको सम्बन्धले उनलाई ओली निकटस्थ मात्रै बनाएन, मन्त्रीको अवसरसम्म दिलायो। 

तर, बिहीबार अनपेक्षित रुपमा बहिर्गमन गर्नुपर्‍यो। यो बहिर्गमनको कारण थियो, सञ्चारमाध्यमले सार्वजनिक गरेको घुस बार्गेनिङको अडियो।


ओलीसँग उनले दृष्टि साप्ताहिकमा कार्यकारी सम्पादक हुँदा सम्बन्ध जोडेका हुन्। जीवनको पूवार्द्धमा राजनीति गरेका उनी बीचमा पत्रकारिता थिए र फेरि पूर्णकालीन राजनीतितर्फ लागेका हुन्। तर, राजनीति गर्दा पनि उनी पत्रकारिता क्षेत्रबाट भने अलग भएनन्। केही वर्षअघिसम्म उनी आफैं ‘सम्बोधन’ नामक साप्ताहिक पत्रिकाका सम्पादक थिए। 

पत्रिका बन्द गरेर राजनीतिमा मात्रै लाग्दा पनि पत्रकारिता क्षेत्रबाट अलग्गिएनन्।

मन्त्री बन्दा पनि पत्रकारितासँग जोडिएको मन्त्रालयको जिम्मेवारी हासिल भयो उनलाई। पार्टीका ‘एक से एक’ मन्त्री आकांक्षी नेतालाई पछाडि छाडेर महत्वपूर्ण मन्त्रालय पाउने ‘हिरो’ बनेका थिए उनी। 
थप समाचार 
पत्रकारिताकै सहारामा हिरो, पत्रकारिताले नै बनायो जिरो

केपी ओलीको स्वीकार
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई समेत विभिन्न किसिमका प्रलोभन तथा धम्की आउने गरेको स्वीकार गरेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री ओलीले भने, 'कोहीकोहीले मान्छेहरुले मलाई भन्छन्- प्रधानमन्त्री पद धरापमा पर्छ है।

मलाई त्यसको चिन्ता होइन। प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने भन्दा पनि सिस्टम बसाल्ने हो।'

थप समाचार
कोहीकोहीले मलाई पनि प्रधानमन्त्री पद धरापमा पर्ला है भन्छन् : प्रधानमन्त्री

ऐतिहासिक उचाइको कारोबार नेप्सेमा  
दोस्रो बजारमा इतिहासकै सबैभन्दा बढी कारोबार भएको छ। बिहीबार दोस्रो बजारमा २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको हो। यसभन्दा अघि २०७३ साउन ११ गते २ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो। 

सो समयमा नेप्से सूचक १८६६.५० अंक थियो। जतिबेला नेप्से सूचक 'अप्टिम बुलिस ट्रेन्ड'मा थियो। सबैभन्दा धेरै कारोबार भएको भोलिपल्ट साउन १२ गते नेप्से सूचक पनि सबैभन्दा उच्च १८८१ अंक पुगेको थियो।

त्यस यता नेप्से सूचक लगातार गिरावट हुने क्रममा गयो। यो क्रम जारी रहँदा गत फागुन १९ गते ११०० अंकसम्म तल झर्‍यो। सूचक लगातार ओरालो झर्ने क्रममा दुई अर्ब ७५ करोड रुपैयाँसम्म कारोबार भएको बजारमा १२/१३ करोड रुपैयाँसम्म तल झर्‍यो। 

थप ससमाचार 
ऐतिहासिक बढी कारोबार, १४४३.५७ मा पुग्यो नेप्से

सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्यले हालसम्मकै उच्च बिन्दूमा पुगेको छ।

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। 

बिहीबार छापावाला सुनको मूल्य ७७ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

बुधबार छापावाल सुनको मूल्यले प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रेकर्ड बनेको थियो। बिहीबार पुनः ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।

त्यसैगरी, बिहीबार तेजाबी सुनको मूल्य ७७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
थप समाचार
सुनको मूल्यले फेरि बनायो रेकर्ड, प्रतितोला ७७ हजार ६ सय पुग्यो

फिफा वरीयतामा नेपाल यथावत
विश्व वरीयतामा नेपाल यथावत रहेको छ। विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल १७०औं स्थानमा यथावत रहेको हो।

दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ। नेपाल भन्दा माथि विश्व वरीयतामा भारत १०८ औं स्थानमा हुँदा माल्दिभ्स १५५ औं स्थानमा छन्। 

त्यस्तै, बंगलादेश १८७ औं स्थानमा र भुटान १८९ औं स्थानमा रहँदा पाकिस्तान २०० औं र श्रीलंका २०६ औं स्थानमा छन्।
थप समाचार 
फिफा वरीयतामा नेपाल यथावत, कुन देश कतिमा?


 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्