काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई समेत विभिन्न किसिमका प्रलोभन तथा धम्की आउने गरेको स्वीकार गरेका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री ओलीले भने, 'कोहीकोहीले मान्छेहरुले मलाई भन्छन्- प्रधानमन्त्री पद धरापमा पर्छ है। मलाई त्यसको चिन्ता होइन। प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने भन्दा पनि सिस्टम बसाल्ने हो।'
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले भने, 'हजार वर्ष कसैले रुल गर्दैन। जतिसुकै सफल भए पनि प्रकृतिले धेरै लामो समयसम्म रुल गर्न मान्दै मान्दैन।'
स्वच्छता पारदर्शिताको सन्दर्भमा अलिकति पनि मात्रै प्रश्न उठ्यो भने मैले अनुहार हेरेर नहुने उनको भनाइ छ। 'यसको म आफैं उदाहरण हुँ,' उनले भने, 'सुशासनका निम्ति चाल्नु पर्ने कदममा म हिचकिचाउँदिन।'
'धेरै समय शासनमा बस्न खोज्ने होइन सिस्टम बसाउने हो। मैले भन्ने गर्या छु। धेरै समय शासनमा बस्ने होइन, सिस्टमा बसाउने कुरा हिमाल चढ्ने जस्तै हो। टाकुरामा पुगेपछि झन्डा गाड्नु पर्छ। यसो फोटोसोटो खिच्नु पर्छ र फर्किनु पर्छ। त्यहीँ बसिरह्यो भने लडिन्छ। त्यसैले धेरै समयसम्म बस्न खोज्ने होइन उचाइ छुन खोज्ने राम्रो काम गर्न खोज्नु पर्छ। राम्रो बनाउन खोज्नु पर्छ,' उनले भने।
उनीहरूलाई जवाफ फर्काउदै प्रधानमन्त्री ओलीले भने, 'हजार वर्ष सकैले पनि रुल गर्न सक्दैन।' आफू प्रणाली बसाउन प्रयन्त्रशील रहेको भन्दै उनले यसका लागि सबै पदमा बसिरहनु पर्छ भन्ने मान्यता राख्न नहुने बताए। (फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।