काठमाडौं- सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले औपचारिक रुपमा राजीनामा दिएका छन्।
बिहीबार उनले एक ट्वीट गर्दै नैतिकताको आधारमा आफूले राजिनामा दिएको सार्वजनिक गरेका हुन्।
ट्वीटमा उनले‚ ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु।’ भन्दै औपचारिक रुपमा राजिनामा दिएको सार्वजनिक गरेका हुन्।
सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको 'डिल'को अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा आएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।