• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गोकुल कार्यकालका चार विवाद : फोरजीदेखि झा नियुक्तिसम्म

64x64
नेपाल लाइभ बिहीबार, फागुन ८, २०७६  २१:०३
1140x725

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको २ वर्षीय मन्त्री यात्रामा काण्डै काण्ड थुप्रिँदै गइरहेको थियो। कुनै काण्ड उनको छुच्चो बोलीले निम्त्याएको थियो त कुनै मपाइवईंत्वले।

आर्थिक मामिलामा पनि पटक पटक उनको नाम जोडिइरह्यो। तर‚ उनले आरोपहरु हल्का टिप्पणी गरेर थिचथाच पारिरहे ।

बुधबार मध्यरात सार्वजनिक भएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा एजेन्टसँग कमिसन लेनदेनको अडियोको प्रभावलाई पनि उनले ‘यस्ता आरोप त लाग्दै गर्छन्‚’ भन्दै पेलपाल गर्ने प्रयास नगरेका हैनन्। तर‚ उनले चाहेर पनि यसको प्रभाव निस्तेज पार्न भने सकेनन्। 

स्वीस कम्पनीका लोकल एजेन्ट भनिएका विजय मिश्र र मन्त्री बाँस्कोटाबीच सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा चलेको दुई मिनेट ३१ सेकेन्डको अडियो संवाद उनले अस्वीकार गर्नसक्ने अवस्था थिएन।

विवादित अडियो सार्वजनिक भएसँगै  मन्त्री बाँस्कोटालाई पदबाट बर्खास्त गरेर उनीमाथि अनुसन्धान प्रक्रिया थाल्न सडक र सदन दुवैतिर दबाब बढेपछि नैतिकता कारण देखाउँदै उनले राजीनामा दिए।

तर उनको कार्यकालमा उनी मुछिएको काण्ड यो नै पहिलो भने होइन। नियुक्ति, खरिद, अपत्यारिलो सम्पत्ति विवरणमा समेत उनी विवादमा आइ नै रहेका थिए।

सबै काण्डलाई पेलपाल पारेर तह लगाउन सफल भएका थिए।

उनको मन्त्रीयात्रामा सार्वजनिक भएका केही काण्ड समावेश गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

फोरजी प्रकरण
नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा मन्त्री बाँस्कोटाले कमिसन खान खोजेको अरोप लागेको थियो। १९ अर्ब खर्चेर टेलिकमको फोरजी सेवा देशभर विस्तार गर्ने योजनामा अनियमितता भएको विषयले संसदको अर्थ समितिमा समेत प्रवेश पाएको थियो।

समिति बैठकमा सांसदहरुले फोरजी सेवा विस्तारमा ठूलो अनियमितता भएको आशंका व्यक्त गर्दै छानबिनको माग गरेका थिए। फोरजी सेवा विस्तारको ठेक्का चिनिया कम्पनी जेटिईले पाएको थियो। नेकपाकै सांसद रामकुमार झाक्रीले समेत समितिमा फोरजी सेवा विस्तारको पारदर्शीतामाथि प्रश्न उठाएकी थिइन्। तर यो प्रकरण त्यत्तिकै सेलायो। बाँस्कोटाले प्रधानमन्त्री लगेर फोरजी सेवाको शुभारम्भ गराए।

दिगम्बर झा नियुक्ति प्रकरण
अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने प्रक्रियामा अपदस्त भएका दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा पदमुक्त भएको दुई महिनापछि उही पदमा फर्किए।

विभागीय मन्त्रीका हैसियतले बाँस्कोटा आर्थिक प्रभावमा परेर झालाई नियुक्त गरेको भन्दै उनकै पार्टीभित्र विरोध भयो।

नेकपामा ४३ केन्द्रीय सदस्यहरुले झाको नियुक्ति खारेजीको माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेखेपछि झा टिक्न सकेनन् र राजीनामा दिएर बिदा भए।

टेलिकम महाप्रबन्धक नियुक्ति
नेपाल टेलीकमको महाप्रबन्धकमा डिल्लीराम अधिकारीको नियुक्ति पनि विवादरहित हुन सकेन। खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्ये १० औं तहका अधिकारी महाप्रबन्धकमा नियुक्त भएका थिए।

उनी नियुक्त हुनुअघि नै सञ्चारमन्त्री बाँस्कोटासँगको निकटता सार्वजनिक भएको थियो। खुला छनौटको प्रक्रियालाई देखावटीमात्रै बनाउँदै अधिकारीलाई नियुक्ति गरेको भन्दै उनको आलोचना भएको थियो।

दाइजो प्रकरण
पत्रकारिता पृष्ठभूमिका बाँस्कोटा मन्त्री भएसँगै पत्रकारसँगै निहु खोजेरै कार्यकाल बिताए। कतिसम्म भने आफूलाई मन नपर्ने प्रश्न सोध्नेको कार्यक्रम समेत बन्द गराइदिएका थिए।

नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा प्रश्न’ कार्यक्रममा दाइजोसम्बन्धी प्रश्न गर्दा राजु थापाले तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाको इच्छाविपरीत प्रश्न सोधेपछि बाँस्कोटा झोक्किए।

प्रश्नमा उनले सम्पत्ति विवरणमा उल्लेख गरेको दाइजो अनि सामसुङको आइफोनको प्रसंग थियो। १२ जेठ २०७५ प्रसारण भएको लाइभ टक शो प्रशारणपछि उनको कार्यक्रम रोकियो।

थापाले बाँस्कोटाको शैली ‘श्री ३ महाराज’ को भन्दा कम महशुस नभएको टिप्प्णी गर्दै‚ ‘१२ वर्षको टेलिभिजन यात्रामा यति धेरै दबाब झेलेको पहिलो पटक’ भएको बताएका थिए।

    

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन
सम्बन्धित सामग्री
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान सोमबारका दिउँसाे २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनकाे अधिवेशन आह्वान गरिएकाे हाे । मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफार... मंगलबार, वैशाख २२, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्