• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पत्रकारिताकै सहारामा हिरो, पत्रकारिताले नै बनायो जिरो

64x64
नेपाल लाइभ बिहीबार, फागुन ८, २०७६  १८:००
1140x725

काठमाडौं- भर्खरै सञ्चार तथा सूचनाप्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले पत्रकारिता गरेका थिएनन् भने यो उपलब्धि हासिल नहुन सक्थ्यो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनलाई पत्रकारिताले जोडेको हो। पत्रकारिताले जोडेको सम्बन्धले उनलाई ओली निकटस्थ मात्रै बनाएन, मन्त्रीको अवसरसम्म दिलायो। तर, बिहीबार अनपेक्षित रुपमा बहिर्गमन गर्नुपर्‍यो। यो बहिर्गमनको कारण थियो, सञ्चारमाध्यमले सार्वजनिक गरेको घुस बार्गेनिङको अडियो।

ओलीसँग उनले दृष्टि साप्ताहिकमा कार्यकारी सम्पादक हुँदा सम्बन्ध जोडेका हुन्। जीवनको पूवार्द्धमा राजनीति गरेका उनी बीचमा पत्रकारिता थिए र फेरि पूर्णकालीन राजनीतितर्फ लागेका हुन्। तर, राजनीति गर्दा पनि उनी पत्रकारिता क्षेत्रबाट भने अलग भएनन्। केही वर्षअघिसम्म उनी आफैं ‘सम्बोधन’ नामक साप्ताहिक पत्रिकाका सम्पादक थिए। 

पत्रिका बन्द गरेर राजनीतिमा मात्रै लाग्दा पनि पत्रकारिता क्षेत्रबाट अलग्गिएनन्।

मन्त्री बन्दा पनि पत्रकारितासँग जोडिएको मन्त्रालयको जिम्मेवारी हासिल भयो उनलाई। पार्टीका ‘एक से एक’ मन्त्री आकांक्षी नेतालाई पछाडि छाडेर महत्वपूर्ण मन्त्रालय पाउने ‘हिरो’ बनेका थिए उनी। 

सञ्चारमन्त्रीका रुपमा उनी सधैं चर्चामा रहे। उनको बोली र व्यवहार दुवै चर्चाका विषय बने। दुई वर्षको कार्यकालमा उनले पत्रकारिता क्षेत्रलाई केही गुन र केही बैगुन लगाए। श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ग्यारेन्टीका विषयमा उनले राखेको अडान सह्रानीय छ। तर, उनले ल्याएका केही मिडियाद्वेशी विधेयकले यो गुन समेत बिर्साइदियो। उनको बोल्ने शैलीले मन्त्रालयमा रहेर गरेका अन्य कामले प्रशंसा पाएनन्।

बुधबार अबेर राति फेरि एकपल्ट उनीसँग पत्रकारिता प्रत्यक्ष जोडिन आइपुग्यो। तर, त्यो उनले बनाएको राजनीतिको उचाइ तोडिनका लागि थियो।

कुनैबेला उनी आफैं ‘एक्सक्लुसिभ’का खोजीमा हुन्थे, बुधबार उनले घुस बार्गेनिङ गरेको ‘एक्सक्लुसिभ’ अडियो सञ्चारमाध्यममा पुग्यो। प्रधानमन्त्री ओलीले चाहेर पनि अंगाल्न नसक्ने वातावरण निर्माण गरिदियो। ओलीका अतिनिकट पात्र बाँस्कोटाले राजीनामा दिन बाध्य हुनुपर्‍यो। यससँग निरन्तर उकालो लागिरहेको उनको राजनीतिक करियरमा 'ब्रेक' लागेको छ।

बुधबार अबेर राति फेरि एकपल्ट उनीसँग पत्रकारिता प्रत्यक्ष जोडिन आइपुग्यो। तर, त्यो उनले बनाएको राजनीतिको उचाइ तोडिनका लागि थियो।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल कम्युनिस्ट पार्टी मालेनिकट विद्यार्थी संगठनको सदस्य भएर उनले राजनीति सुरु गरेका हुन्। पछि उनले सोही पार्टी निकट पत्रिकामा काम गर्न थाले। सोही पार्टीको छलफल साप्ताहिकको काभ्रे जिल्ला सम्वाददाताबाट उनले पत्रकारिता थाले। उक्त पत्रिकाको सम्पादक प्रदीप नेपाल थिए।  

पछि दृष्टि साप्ताहिकमा पुगे। उनले दृष्टिको कार्यकारी सम्पादकको जिम्मेवारी पाए। उक्त पत्रिका त्यो समय नेकपा एमालेको मुखपत्र जस्तै थियो। त्यही पत्रिकाले उनलाई ओलीसँग निकट बनाएको हो। केही समय उक्त पत्रिकाको नेतृत्व गरेका बाँस्कोटाले ओलीको अन्तर्वार्ता लिए। उनका लेख सम्पादन गरेर छापे। ओलीको विचारबाट प्रभावित उनले पत्रिकालाई नै ओली लाइनतर्फ डोर्‍याए। यसले उनलाई ओलीसँग आत्मीय बनाउँदै लग्यो। केही समयको पत्रकारितापछि बाँस्कोटा फेरि भूगोलको राजनीतितर्फ लागे। तत्कालीन नेकपा एमाले काभ्रे जिल्लाको दुईपल्ट सचिव हुँदै अध्यक्षसम्म भए उनी। 

उनले सचिवका रुपमा काभ्रेमा काम गरिरहँदा माधवकुमार नेपाल एमाले महासचिव थिए। नेपालसँग ओलीको मत मिल्दैनथ्यो। यही कारण संस्थापन पक्षबाट ओली किनारकृत हुँदै गए। ओलीलाई जिल्लाका कार्यक्रममा जान समेत सजिलो थिएन। मदन भण्डारीको जनताको बहुदलीय जनबादलाई हतियार बनाएर लडिरहेका ओलीसँग केही नेता कार्यकर्ता थिए। तीमध्ये एक बाँस्कोटा हुन्। उनले त्यस्तो अवस्थामा खुलेर साथ दिए। अन्य जिल्लाका कार्यक्रममा ओलीलाई प्रतिबन्ध जस्तै रहेको अवस्थामा काभ्रे जिल्लामा बोलाएर कार्यक्रम गरे। यति मात्रै होइन, पार्टीका बैठकमा ओलीले राख्ने फरक मत बाँस्कोटा संलग्न पत्रिकाबाट बाहिरिन्थ्यो। 

विरोधीसँग पौठेजोरी खेल्न रुचाउने ओलीको स्वभावसँग बाँस्कोटा निकट थिए। यो रसायनले समेत ओलीसँग जोडिन सघायो बाँस्कोटालाई। तत्कालिन नेकपा एमालेमा ‘ओलीगुट’ महत्वपूर्ण खम्बा थिए उनी। पार्टीमा भूमिका नपाएर ओली बालकोटस्थित  निजी निवसमा ‘क्यारेम’ खेलिरहँदा ‘कोरम’ पुर्‍याउन त्यहाँ पुग्नेमध्ये एक बाँस्कोटा पनि हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेता-कार्यकर्ताको सम्बन्ध यही क्रममा पारिवारिक बन्यो। विभिन्न जिल्लाका नेता-कार्यकर्तालाई ओली गुटमा सहभागी गराउनमा समेत बाँस्कोटाले भूमिका खेले। ओलीसँग समय मिलाएर भेटघाट गराउने काम उनले गरे। जसले बाँस्कोटालाई पनि राजनीतिमा बलियो बनाउँदै लग्यो। 

शक्तिशाली बाँस्कोटा केही घन्टाको अन्तरालमा पूर्वमन्त्री भएका छन्।

यसरी दुःखको समयमा साथ दिएका बाँस्कोटालाई प्रधानमन्त्री ओली गुन लगाउन चाहन्थे। सुशील कोइराला नेतृत्वको सरकारमा समेत सहभागी हुन ओलीले उनलाई सुझाएका थिए। तर, छोटो समयका लागि बनेको सरकारमा मन्त्री नबन्ने भनेर उनले अस्वीकार गरे। पार्टीमा बढ्दो ओली प्रभाव उनले थाहा पाएका थिए। एकदिन राम्रो अवसर हासिल हुने अपेक्षा उनीसँग त्यो बेला नै थियो। 

२०७४ को निर्वाचमा बाम गठबन्धनले स्पष्ट बहुमतसहित विजयी भयो। काभ्रे-२ बाट बाँस्कोटाले लोकप्रिय मतसहित विजयी हासिल गरे।

दुई पार्टी एकीकरण हुने क्रममा रहेको समयमा मन्त्री हुने लाइनमा धेरै नेताहरू थिए। दुवै पार्टीका वरिष्ठभन्दा वरिष्ठ र लोकप्रियभन्दा लोकप्रिय नेताहरू मन्त्रीका आकांक्षी थिए। यस्तो अवस्थामा बाँस्कोटाले अवसर पाउने अनुमान कसैले गरेका थिएनन्। तर, उनले एकाएक सञ्चार राज्यमन्त्रीको सपथ लिए। 

वरिष्ठलाई पन्छाएर व्यक्तिगत निकटताका आधारमा मन्त्री बनाइएको आरोप ओलीले खप्न चाहेनन्। उनलाई अवसर दिएकोमा विरोध भइहाले ‘राज्यमन्त्री मात्रै दिएको’ उत्तरका लागि त्यसो गरिएको थियो तर उनको हैसियत भने मन्त्रीको भन्दा कम थिएन। सामान्यतया राज्यमन्त्री क्याबिनेटको निर्णयमा सहभागी हुँदैनन्। तर, उनी राज्यमन्त्री भएदेखि नै क्याबिनेटमा सहभागी भए। पछि माहोल मिलाएर उनलाई मन्त्री नै बनाइयो र सरकारको प्रवक्ता पनि। 

मन्त्री बनेपछि उनले सरकारी क्वाटरको अपेक्षा गरे। तर, त्यतिबेलासम्म क्वाटर भरिसकेको थियो। प्रधानमन्त्री ओली बालुवाटार सरेपछि उनको घर खाली थियो। ओलीसँग क्वाटर नपाएको गुनासो गरेपछि आफ्नै घरमा रहने अनुमति पाए। जसले ओलीसँगको उनको निकटतालाई प्रमाणित गरिदियो। 

यसरी प्राप्त गरेको अवसरलाई उनले कायम राख्न सकेनन्। सेक्युरिटी प्रेस खरिद प्रक्रियामा लाभको अपेक्षा गरेको अडियोमा सुनिन्छ। यही लाभको विलापमा परेका छन् बाँस्कोटा।

शक्तिशाली बाँस्कोटा केही घन्टाको अन्तरालमा पूर्वमन्त्रीमा सीमित भएका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्