एजेन्सी- कालो हरिण सिकार मुद्दामा जोधपुर अदालतले बलिउड सुपरस्टार सलमान खानलाई २ वर्षको जेल सजाय सुनाएको छ।
दुई दशक पुरानो मुद्दामा अदालतले सलमानलाई सो सजाय सुनाएको हो। उक्त मुद्दामा अभियोग खेप्दै आएका सैफ अली खान, यानी तब्बु, नीलम र सोनालीलाई भने सफाइ दिइएको छ।
दुई वर्ष जेल सजाय तोकिएका सलमान आजै धरौटीमा छुट्न सक्ने र आफ्ना बहिनीसँग मुम्बई फर्कन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
हिजो मात्र सलमान परिवारसहित जोधपुर पुगेका थिए। चार्टर्ड प्लेनमा सलमानसँगै सैफ अली खान पनि थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार गएरात सलमान निकै छटपटाएका थिए। र उनी पूरै रात नसुतेर बसेका थिए। मुद्दाको दिन होटलबाट निस्कने क्रममा सलमानले त्यहाँ रहेको मन्दिरमा गएर पूजा गरेका थिए। त्यसपछि सलमानले आफ्ना पिता सलीम खानसँग संवाद गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।