न्होमपेन्ह– कम्बोडियोमा हुन लागेको राष्ट्रिय निर्वाचनमा अनुगमन गर्न अन्तर्राष्ट्रिय निकायहरुलाई आह्वान गरिएको छ। कोम्बोडियाको राष्ट्रिय निर्वाचन समितिले आउँदो जुलाई २९ तारिखमा तय गरेको निर्वाचनको अनुगमन गर्न आह्वान गरेको हो।
अनुगमन गर्न चाहने अन्तर्राष्ट्रिय निकायहरुलाई अप्रिल २३ देखि जुलाई २५ सम्ममा दर्ताका लागि समय तोकिएको आयोगले जनाएको छ। अन्तर्राष्ट्रिय अनुगमनकर्ता हुनका लागि अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था र विभिन्न देशहरु हुनु पर्ने सर्त राखिएको छ।
निर्वाचनको अनुगमन गरिसकेपछि अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरुले आफ्नो प्रतिवेदन निर्वाचन समितिलाई बुझाउनु पर्ने व्यवस्था पनि गरिएको छ।
कम्बोडियामा हरेक पाँच–पाँच वर्षको अन्तरालमा राष्ट्रिय निर्वाचन हुने नियमअनुरुप अहिले निर्वाचन हुन लागेको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।