साेमबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारः
१. वैज्ञानिकहरु कोरोना भाइरसको खोप बनाउन सक्रिय
संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरु चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन्।
गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। भाइरसबाट ४० हजारभन्दा बढी मानिस सङ्क्रमित छन्। दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन्।
थप समाचार- वैज्ञानिकहरु कोरोना भाइरसको खोप बनाउन सक्रिय
२. यस वर्षको ओस्कारमा ‘प्यारासाइट’ बन्यो उत्कृष्ट चलचित्र
दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ यसवर्षको ओस्कारमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ।
कुनै पनि गैरअंग्रेजी फिल्मले ओस्कारमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको यो पहिलोपटक हो। २ भिन्न वर्गका २ परिवारको कथामा आधारित यो फिल्मलाई बोङ जुन होले निर्देशन गरेका हुन्। फिल्मका निर्माता क्वाक सिन आइले पुरस्कार लिएपछि भने, ‘म शब्दविहीन भएको छु, हामीले यस्तो हुन्छ भनेर कल्पनासम्म पनि गरेका थिएनौं, यस क्षणलाई म इतिहासकै विशेष अवसरको रुपमा महसुस गरेको छु।’
थप समाचार- यस वर्षको ओस्कारमा ‘प्यारासाइट’ बन्यो उत्कृष्ट चलचित्र
३. फागुन १४ मा स्ववियु निर्वाचन नहुने निश्चित
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने सम्भावना बढेसँगै एकले अर्को पक्षलाई दोष देखाएका छन्।
निर्धारित मिति फागुन १४ मा स्ववियु निर्वाचन हुन नसक्नुमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले नेपाल विद्यार्थी संघलाई दोष देखाएको छ। नेविसंघले भने त्रिवि प्रशासनले स्ववियु निर्वाचन गर्न तदारुकता नदेखाएको आरोप लगाएको छ। सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले पनि स्ववियु निर्वाचन गराउन त्रिवि प्रशासनको तयारी आवश्यकताअनुरुप नभएको उल्लेख गरेको छ।
थप समाचार- फागुन १४ मा स्ववियु निर्वाचन नहुने निश्चित
४. पूर्वसचिव कार्की पत्नी हत्या प्रकरण : कामदारबाटै हत्या भएको पुष्टि
पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको पाइएको छ। सिसिटिभी फुटेजमा चौधरीले पिर्काले हानेर कार्कीकी श्रीमती मुना कार्कीकाे हत्या गरेको पाइएको हो।
यसपछि चौधरीले आफैंले आत्महत्यासमेत गरेको सिसिटिभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिएका छन्।
थप समाचार- पूर्वसचिव कार्की पत्नी हत्या प्रकरण : कामदारबाटै हत्या भएको पुष्टि
५. ५ दर्जन व्यावसायिक घरानामा भएको अनुगमनका फाइल वाणिज्य विभागबाट गायब
विभिन्न समयमा भएका बजार अनुगमनका ५ दर्जन बढी फाइल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट गायब पारिएको तथ्य बाहिर आएको छ। विभागबाट हराएका अधिकांश फाइल ठूला व्यावसायिक घरानामा भएको अनुगमनसँग सम्बन्धित छन्।
साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग (अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग) ले २०७४ भदौदेखि माघसम्मको अवधिमा विभिन्न ठूला व्यावसायिक घरानामा अनुगमन गर्यो। अटोमोबाइल्स, शिक्षा, स्वास्थ्य, खाद्यान्न, सिमेन्ट, डण्डी, र पेन्टिङ क्षेत्रका ५ दर्जन बढी ‘कर्पोरेट हाउस’ मा भएको अनुगमनका फाइल हालसम्म पनि कारबाही प्रक्रियाको अन्तिम निष्कर्षमा पुगिसकेका छैनन्।
थप समाचार- ५ दर्जन व्यावसायिक घरानामा भएको अनुगमनका फाइल वाणिज्य विभागबाट गायब
६. निर्मला हत्या प्रकरण : एआइजी धिरुको प्रतिवेदन गलत ठहर्याउने केसी समितिको यस्तो छ निष्कर्ष
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन तथ्यहीन रहेको पुष्टि भएको छ।
धिरु समितिको प्रतिवेदन तथ्यहीन भएको पुष्टि गर्ने डिआइजी सुरज केसी समितिको पुनरावलोकन समितिले ३ बुँदे निष्कर्ष तथा सुझावसमेत दिएको छ।
थप समाचार- निर्मला हत्या प्रकरण : एआइजी धिरुको प्रतिवेदन गलत ठहर्याउने केसी समितिको यस्तो छ निष्कर्ष
७. क्यानको निर्णय : खेलाडी वर्गीकरणदेखि एक खेल बराबर ५ हजार दिनेसम्म
नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला क्रिकेट खेलाडीलाई वर्गीकरण गर्ने भएको छ।
नक्सालमा सोमबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले पुरुषतर्फ २४ जना खेलाडीलाई ए प्लस, ए, बी र सी ग्रेडमा विभाजन गर्ने भएको छ।
थप समाचार- क्यानको निर्णय : खेलाडी वर्गीकरणदेखि एक खेल बराबर ५ हजार दिनेसम्म
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।