• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

वैज्ञानिकहरु कोरोना भाइरसको खोप बनाउन सक्रिय

64x64
नेपाल लाइभ सोमबार, माघ २७, २०७६  ०६:४०
1140x725

सिंगापुर– संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरु चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन्।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। भाइरसबाट ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन्। दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन्।

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ, र पशुहरुमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ। तर विशेषज्ञहरुका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको समर्थन प्रान्त हुने विश्वास छ। अष्ट्रेलियाली वैज्ञानिकहरु ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन्।

'अहिले साँच्चिकै दबाबको स्थिति छ, र हाम्रो काँधमा ठूलो जिम्मेवारी छ,' अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका एक जना वरिष्ठ अनुसन्धानकर्ता किथ च्यापेलले भने।  तर उनले विश्वका धेरै टोलीहरु एउटै अभियानमा जुटिसकेकाले आफूलाई खुशी लागेको बताए। 'आशा छ, यीमध्ये कुनै न कुनै एक सफल हुनेछ र यो प्रकोप साम्य हुनेछ,' उनले भने।

तर ६ महिनाको समयावधि पनि कोरोनाको सङ्क्रमणका दृष्टिकोणबाट कष्टदायी र ढिलो देखिएको छ। जङ्गली जनावरहरु बेचबिखन गर्ने बजारबाट फैलिएको आशंका गरिएको कोरोना भाइरसका कारण चीनको मुख्य भूमिमा दैनिक १०० जनाको ज्यान गइरहेको छ।

पश्चिम अफ्रिकामा करिब ११ हजारको ज्यान लिएको इबोला प्रकोप नियन्त्रणका लागि खोप निर्माण गर्न आर्थिक सहयोग जुटाउनका लागि सन् २०१७ मा गठन भएको 'कोएलिसन फर इपिडेमिक प्रिपर्डनेस इनोभेसन्स' (सेपी) पनि यसपटक कोरोना भाइरसको खोप निर्माणमा सक्रियतापूर्वक जुटेको छ। निकै महँगो बायोटेक्नोलजी अनुसन्धानका लागि यस संस्थाले वित्तीय सहायता जुटाउँछ।

खोपको विकासको गति बढाउने लक्ष्यसहित सेपीले विश्वभरि चारवटा परियोजनामा करोडौं अमेरिकी डलर लगानी गरिसकेको छ र थप प्रस्तावका लागि आह्वान गरिरहेको छ। यी परियोजनाहरुबाट नयाँ प्रविधि प्रयोग गरी निर्माण गरिने खोपहरू निकट भविष्यमा परीक्षण गर्न सकिने विश्वास लिइएको छ। सेपीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड ह्यासेटले १६ हप्ताभित्रै खोपको क्लिनिकल परीक्षण सुरु गर्ने लक्ष्य राखिएको बताए।

जर्मन बायोफर्मास्युटिकल कम्पनी क्युरभ्याक र अमेरिकी मोडर्ना थेराप्यूटिक्सले “मेसेन्जर–आरएनए” (प्रोटिन उत्पादन गर्न शरीरलाई निर्देशन दिने औषधि)मा आधारित खोपहरु विकास गर्दैछन्। अर्को अमेरिकी कम्पनी इनोभियोले डीएनए–आधारित प्रविधि प्रयोग गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सिंगापुरस्थित ड्युक–एनयुएस मेडिकल स्कुलका सङ्क्रामक रोगसम्बन्धी कार्यक्रमका उपनिर्देशक ओई इङका अनुसार डीएनए र आरएनए–आधारित भ्याक्सिन (खोप)हरुले भाइरसको आनुवांशिक पक्षलाई ध्यानमा राखेर त्यसलाई नियन्त्रणमा ल्याउँछ। प्रोटिनयुक्त खोपले शरीरको प्रतिरोधक प्रणालीलाई मजबूत बनाउने र त्यसले कोरोना भाइरसलाई पत्ता लगाउन र त्यस विरुद्ध आक्रमण गर्न सक्षम हुन्छ।

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले विश्वविद्यालयका वैज्ञानिकले आविश्कार गरेको “मोलिकुलर क्लाम्प” प्रविधि प्रयोग गरिरहेका छन्। यस प्रविधिबाट डीएनए विधि अनुशरण गरी खोप निर्माण गरिन्छ। पाश्चर इन्स्टिच्यूटका फ्रान्सेली वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्ध काम गर्न दादुरा खोपलाई परिमार्जन गर्दैछन् तर यो २० महिनायता तयार हुने आशा गर्न सकिन्न। 

यसैबीच, चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले पनि खोपहरु विकास गर्न थालेको छ। 

लाभ र जोखिम 
स्वास्थ्य अधिकारीहरुले खोप प्रयोगका सन्दर्भमा जोखिम र फाइदाहरूमाथि विचार गर्न सक्छन्। यदि सार्वजनिक स्वास्थ्य आपतकालीन स्थितिमा छ भने प्रक्रिया छोट्याउन सकिन्छ, ओईले भने, 'यदि स्थितिमा सुधार भयो भने खोप बनाउन पर्याप्त समय लिए हुन्छ।'

Xtrem

Xtrem

कोरोना भाइरसका लागि कुनै खोप नभएको अवस्थामा केही चिकित्सकहरूले सङ्क्रमितहरूको उपचार गर्न एन्टि–रेट्रोभाइरल र फ्लू औषधीहरूको प्रयोग गरिरहेका छन्, तर यी औषधि प्रभावकारी छ कि छैन भन्ने थाहा हुन सकेको छैन। अन्ततः वैज्ञानिकहरु २००२–२००३ का बखत फैलिएको श्वासप्रश्वास रोग सार्सको प्रकोपको अवस्थामा पुग्न सक्छन्। त्यसबखत खोप विकास गर्नुअघि नै औषधिको प्रयोगबाट सार्स नियन्त्रणमा आइसकेको थियो।

नयाँ कोरोना भाइरस जस्तै प्रकृतिको सार्सका कारण लगभग ८०० जनाको ज्यान गएको थियो। तर सिंगापुरको बायोटेक कम्पनी एक्युमेन रिसर्च लेबोरेटरीजकी निर्देशक ओङ सिउ ह्वाले नयाँ भाइरसको खोप विकास गर्ने प्रयास जारी नै राख्नु पर्ने बताइन्। 'मलाई लाग्छ खोप निश्चित रूपमा आवश्यक छ,' उनले भनिन्, 'यस पटक यस्तो खोप काम नलागे पनि अर्को पटकका लागि अत्यावश्यक हुनेछ। (रासस/एएफपी)

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु
सम्बन्धित सामग्री
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्