काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको पाइएको छ। सिसिटिभी फुटेजमा चौधरीले पिर्काले हानेर कार्कीकी श्रीमती मुना कार्कीकाे हत्या गरेको पाइएको हो।
यसपछि चौधरीले आफैंले आत्महत्यासमेत गरेको सिसिटिभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिएका छन्।
सोमबार घरमा कोही पनि नभएको अवस्थामा चौधरीले मुनामाथि आक्रमण गरेका थिए। यसपछि भने उनी आफैंले समेत नाइलनको डोरीको पासो लगाएर आत्महत्या गरेका थिए।
मुना अचेत अवस्थामा भान्छाकोठामा फेला परेकी थिइन्। उनको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो।
टाउकोभरि चोट लागेको र रगत लत्पतिएको अवस्थामा मुना अचेत अवस्थामा भेटिएकी थिइन्। उनीहरूबीच मनमुटाव भए नभएकोबारे भने प्रहरीले खुलाएको छैन।
मुना कार्की अचेत अवस्थामा। पछि अस्पतालमा उनको निधन भएको थियो।
पूर्वसचिव कार्की पूजा गर्न पशुपति गएको र घरमा रहेकी अर्की कामदारसमेत कार्कीका छोरालाई विद्यालय पुर्याउन गएका बेला हत्या भएको प्रहरीको भनाइ छ।
कार्की दम्पतिका एक छोरा र दुई छोरी छन्। दुवै छोरी विदेश छन्। १२ वर्षीय छोरा भने सँगै थिए।
यो पनि:
पूर्वसचिव कार्की पत्नी हत्या प्रकरण : कोही नभएको मौका छोपी हत्यापछि आत्महत्याको आशंका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।