काठमाडौं– सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या प्रयास भएको छ। उनकै घरमा काम गर्ने एकजना कामदार मृत फेला परेका छन्।
कार्कीकी श्रीमती मुना कार्की भान्छा कोठामा अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। त्यस्तै सोही घरमा काम गर्ने दाङका विजय चौधरी भने झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। मुनाकाे टाउकोभरि चोट लागेको र रगत लत्पतिएको अचेत अवस्थामा भेटिएको एसएसपी थापाले जानकारी दिए।
पूर्वसचिव कार्कीले आफू बिहान पूजा गर्न पशुपति मन्दिर गएको र फर्कँदा अचेत अवस्थामा श्रीमतीलाई फेला पारेको बताएका छन्। उनले कामदार झुण्डिएको अवस्थामा भेटिएको बताए।
उनीहरुका एक छोरा र दुई छोरी छन्। दुवै छोरी विदेश छन्। अर्की कामदार किशोरी छोरालाई स्कुल पुर्याउन निस्केका बेला उक्त घटना भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।