काठमाडौं– गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका छन् ।
गृहमन्त्री गुरुङ युएईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
गृहमन्त्री गुरुङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
उनका अनुसार गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।