काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला क्रिकेट खेलाडीलाई वर्गीकरण गर्ने भएको छ।
नक्सालमा सोमबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले पुरुषतर्फ २४ जना खेलाडीलाई ए प्लस, ए, बी र सी ग्रेडमा विभाजन गर्ने भएको छ।
त्यस्तै, महिलातर्फ १८ जना खेलाडीलाई ए, बी र सी ग्रेडमा लाने निर्णय गरेको छ। त्यसको लागि कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा अमितवीर पाण्डे र दुर्गाराज पाठक सदस्य रहने गरी समिति गठन भएको छ। यो समितिले सेन्ट्रल कन्ट्रयाकमा समावेश गर्न प्रस्तावना तयार गरी क्यानलाई बुझाउनु पर्नेछ।
त्यस्तै, क्यानले सिनियर राष्ट्रिय पुरुष खेलाडीले खेल्ने एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय खेलहरुमा खेल्ने प्रत्येक खेलाडीलाई जनही ५ हजार दिने निर्णय गरेको छ। यो निर्णय २०२० को जनवरीदेखि नै लागु भएको पनि उल्लेख गरेको छ।
क्यानले चैत्तको तेस्रो सातादेखि सिनियर पुरुष एकदिवसीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।