• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

युद्ध सुरु भएकै ठाउँमा दुई कोरियाली प्रमुखबीच शिखर बैठक, टुंगिएला ६० वर्षे किचलो?

64x64
नेपाल लाइभ बुधबार, चैत २१, २०७४  ०९:१५
1140x725

– किम सू–योन(योन्हाप​)

पानमुनजोम– दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ। ती व्यक्ति हुन् उत्तर कोरियाली नेता किम जोङ–उन। उनले अन्तर–कोरियाली शिखर बैठकका लागि यही गाउँको बाटो प्रयोग गर्दैछन्। 

दुई कोरिया अर्थात उत्तर कोरिया र दक्षिण कोरियाको विभाजनको मुख्य बिन्दु नै पानमुनजोम हो। दुई कोरियाको विभाजनको संकेत गर्ने पानमुनजोममै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली नेता किम जोन–उनबीच पहिलो शिखर बैठक हुँदैछ । 

दुई नेताबीच अन्तर–कोरियाली वार्तास्थलका रुपमा परिचित शान्ति गृहमा शिखर बैठक गर्ने योजना बनाइएको छ। यो शान्ति गृह पानमुनजोमको दक्षिणतर्फ रहेको छ र गैरसैनिक क्षेत्रभित्र रहेको यही स्थानले दुई कोरियालाई विभाजन गरेको छ। 

सन् १९५५ मा पानमुनजोम


दक्षिण कोरियाको राजधानी शहर सोेलबाट करिब ६० किलोमिटर उत्तरपश्चिममा रहेको पानमुनजोममै १९५०–५३ बीच चलेको घमासान कोरियाली युद्धपश्चात् शान्ति सम्झौता भएको थियो। उक्त सम्झौतापश्चात् दुई कोरियाबीचको द्वन्द्व प्राविधिक रुपमा रोकियो तर कोरियाली प्रायद्धिपमा स्थायी शान्ति भने आउन सकेन। 

दक्षिण र उत्तर कोरियाली सुरक्षा फौज पानमुनजोमको सानो भूभागमा आमने–सामने भएर बस्न थालेको ६० वर्षभन्दा बढी भइसक्यो। यो स्थानलाई संयुक्त राष्ट्रसंघीय कमाण्डले सुपरीवेक्षण गर्दछ। 

Ncell 2
Ncell 2

गतवर्ष नोभेम्बरमा एकजना उत्तर कोरियाली सैनिकले यही संयुक्त सुरक्षा क्षेत्र (जेएसए) को बाटो भएर नाटकीय रुपमा दक्षिण कोरियातर्फ भागे, तर उत्तर कोरियाली सैनिकले चलाएको गोली लागेर उनी घाइते भए। 

अहिले, उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमबाट एक वर्षदेखि बढ्दो तनावबीच उत्तर कोरियाली नेता किमको प्रस्तावित भ्रमणको तयारी कडा सुरक्षाबीच हुँदैछ। अन्तर–कोरियाली शिखर बैठक पानमुनजोममा पहिलो पटक हुन लागेको हो। यसअघि सन् २००० र सन् २००७ मा भएका २ वटा यस्तै शिखर बैठकहरु उत्तर कोरियाको राजधानी शहर प्योङ्याङमा भएका थिए। 

पानमुनजोममा दक्षिण र उत्तर कोरियाका २ वटा सरकारी भवन रहेका छन्। एउटा सभा हल र अर्को अन्तर–कोरियाली सीमा सञ्चारसम्बन्धी सम्पर्क कार्यालय रहेको भवन। दक्षिण कोरिया सरकारले अहिले उत्तर कोरियाली अतिथिहरुको स्वागतका लागि शान्ति गृहलाई पुनःनिर्माण गरिरहेको छ। यस भवनमा इन्टरनेटको जडान र अन्य आवश्यकीय कार्यहरु भइरहेका छन्। 

तीन तले सभा भवन रहेको शान्तिगृह सन् १९८९ मा निर्माण गरिएको थियो। जेएसएको सीमापारि उत्तर कोरियाले तोन्गिलगाक नामको यस्तै भवन सन् १९८५ मा निर्माण गरेको छ र यसलाई अन्तर–कोरियाली संवादका लागि प्रयोग गरिन्छ। सिओलस्थित एकीकरण मन्त्रालयका अनुसार, सन् १९७१ यता दुई कोरियाबीच ६ सय ५० भन्दा बढी वार्ता भएका छन् र करिब ५५ प्रतिशत वार्ता यही पानमुनजोममा भएका थिए। 

यो सम्मेलन भवनको निरीक्षणमा जान चाहने पत्रकारहरुलाई प्रवेशमा अवरोध गरिएको छ। तथापि धेरै कामदार अहिले भवनको प्रवेशद्वारलाई सजिसजाउ गर्न खटेको पाइएको छ। ‘यो ठूलै स्तरको पुनःनिर्माण होइन। तर मर्मत सम्भारको काममा कठिनाइ हुने भएकाले संवाददाताहरुलाई प्रवेशमा निषेध गरिएको हो,’ सिओलस्थित एकीकरण मन्त्रालयका १ जना अधिकारीले बताए। 

मन्त्रालयका अनुसार, प्योङ्याङबाट उत्तर कोरियाली प्रतिनिधिमण्डललाई पानमुनजोन पुग्न मोटरमा तीन घण्टाभन्दा कम समय लाग्नेछ। तर, किमले खाली खुट्टाले हिँडेर वा कारमा चढेर कसरी सीमा पार गर्ने हुन् भन्ने थाहा छैन। यहाँ यिनै दुई विकल्पमात्र छन्। 

किमले चढ्ने कारले जेएससँगैको ७२–घण्टे पुललाई छिचोलेर आउने छ र किमले जेएसएमा रहेका दुईवटा अस्थायी नीला भवनहरु पार गर्नेछन्। तर, किमले यो सीमा कारबाटै पनि पार गर्न सक्नेछन्। सम्पर्क कार्यालय रहेको पानमुनगोक नजिक हुँदै शान्ति गृहसम्म कारबाटै उनी पुग्न सक्नेछन्।

‘यिनै २ वटा सम्भाव्य मार्गहरु हुन्। तर दुई कोरियाबीचको सम्झौतापश्चात् नै कुन बाटो प्रयोग गर्ने भन्नेमा निर्णय हुनेछ।,’ मन्त्रालयका अधिकारीले बताए। दुवै कोरियाले सन् १९९२ मे महिनामा पानमुनजोममा सम्पर्क कार्यालय खोल्न सहमति जनाएका थिए र त्यस कार्यालयमा २ वटा प्रत्यक्ष टेलिफोन लाइन जडान गरिएका छन्। दुई कोरियाबीच कूल ३३ वटा सञ्चार लाइन जडान गरिएको छ। 

दक्षिण कोरियाको कार्यालय फ्रिडम हाउसमा रहेको छ भने उत्तर कोरियाको कार्यालय पानमुकगाक भवनमा रहेको छ। जेएसएको सीमावर्ती क्षेत्रमा आमुन्ने–सामुन्ने यी दुई भवन ठडिएका छन्। 

उत्तर कोरियाले दुई वर्षदेखि अवरुद्ध सञ्चार सम्पर्क यसै वर्षको जनवरीबाट पुनः खोलेको थियो। साथै, उत्तर कोरियाले प्योचाङमा सम्पन्न हिउँदे ओलम्पिकमा एथ्लेटिक्स खेलाडी, संगीतकर्मी र केही कलाकारलाई पठाएको थियो। 

दक्षिण कोरिया सरकारले सीमावर्ती उत्तर कोरियामा सञ्चालित काइसोङ संयुक्त औद्योगिक कम्प्लेक्स बन्द गरेको प्रतिशोधस्वरुप प्योङ्याङले सीमावर्ती सञ्चार तथा सैनिक च्यानल फेब्रुअरी २०१६ मा बन्द गरेको थियो ।

हटलाइन सञ्चार सम्पर्क पुनःस्थापित भएपछि सम्पर्क अधिकारीहरु ओलम्पिकमा उत्तर कोरियाको सहभागिताका बारेमा विस्तृत विवरण संग्रह गर्न व्यस्त भएका थिए । आजभोलि, उनीहरु अप्रिल अन्त्यतिर हुने शीर्ष बैठकको बारेमा कुराकानी गरिरहेका छन् । 

बिदाका दिनहरुमा, पानमुनजोम च्यानल बिहान ९ देखि अपराह्न ४ बजेसम्म चल्छ । सप्ताहान्तमा, दुवै पक्षबीच सहमति भए सञ्चार सम्पर्क खुल्छ । ‘जनवरीदेखि नै सञ्चार यतिखेर बन्द हुन्छ भन्ने नै छैन। राति ७ बजेपछि पनि दैनिक सम्पर्क भइरहेको छ।” 
(अनुवादः सोमनाथ लामिछाने/रासस)

प्रकाशित मिति: बुधबार, चैत २१, २०७४  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्ति सुरक्षा... मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन अदालतले प्रणालीको गुणस्तर तथा तोकिएका मापदण्ड पालना भएको/नभएको परीक्षण गर्न विज्ञहरूको टोली गठन गर्ने र खरिद प्रक्रियासँग सम्बन्धित... मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्दै कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिका मोबाइल फोन र काग... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्