• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

युद्ध सुरु भएकै ठाउँमा दुई कोरियाली प्रमुखबीच शिखर बैठक, टुंगिएला ६० वर्षे किचलो?

64x64
नेपाल लाइभ बुधबार, चैत २१, २०७४  ०९:१५
1140x725

– किम सू–योन(योन्हाप​)

पानमुनजोम– दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ। ती व्यक्ति हुन् उत्तर कोरियाली नेता किम जोङ–उन। उनले अन्तर–कोरियाली शिखर बैठकका लागि यही गाउँको बाटो प्रयोग गर्दैछन्। 

दुई कोरिया अर्थात उत्तर कोरिया र दक्षिण कोरियाको विभाजनको मुख्य बिन्दु नै पानमुनजोम हो। दुई कोरियाको विभाजनको संकेत गर्ने पानमुनजोममै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली नेता किम जोन–उनबीच पहिलो शिखर बैठक हुँदैछ । 

दुई नेताबीच अन्तर–कोरियाली वार्तास्थलका रुपमा परिचित शान्ति गृहमा शिखर बैठक गर्ने योजना बनाइएको छ। यो शान्ति गृह पानमुनजोमको दक्षिणतर्फ रहेको छ र गैरसैनिक क्षेत्रभित्र रहेको यही स्थानले दुई कोरियालाई विभाजन गरेको छ। 

सन् १९५५ मा पानमुनजोम


दक्षिण कोरियाको राजधानी शहर सोेलबाट करिब ६० किलोमिटर उत्तरपश्चिममा रहेको पानमुनजोममै १९५०–५३ बीच चलेको घमासान कोरियाली युद्धपश्चात् शान्ति सम्झौता भएको थियो। उक्त सम्झौतापश्चात् दुई कोरियाबीचको द्वन्द्व प्राविधिक रुपमा रोकियो तर कोरियाली प्रायद्धिपमा स्थायी शान्ति भने आउन सकेन। 

दक्षिण र उत्तर कोरियाली सुरक्षा फौज पानमुनजोमको सानो भूभागमा आमने–सामने भएर बस्न थालेको ६० वर्षभन्दा बढी भइसक्यो। यो स्थानलाई संयुक्त राष्ट्रसंघीय कमाण्डले सुपरीवेक्षण गर्दछ। 

Ncell 2
Ncell 2
nimb
nimb

गतवर्ष नोभेम्बरमा एकजना उत्तर कोरियाली सैनिकले यही संयुक्त सुरक्षा क्षेत्र (जेएसए) को बाटो भएर नाटकीय रुपमा दक्षिण कोरियातर्फ भागे, तर उत्तर कोरियाली सैनिकले चलाएको गोली लागेर उनी घाइते भए। 

अहिले, उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमबाट एक वर्षदेखि बढ्दो तनावबीच उत्तर कोरियाली नेता किमको प्रस्तावित भ्रमणको तयारी कडा सुरक्षाबीच हुँदैछ। अन्तर–कोरियाली शिखर बैठक पानमुनजोममा पहिलो पटक हुन लागेको हो। यसअघि सन् २००० र सन् २००७ मा भएका २ वटा यस्तै शिखर बैठकहरु उत्तर कोरियाको राजधानी शहर प्योङ्याङमा भएका थिए। 

पानमुनजोममा दक्षिण र उत्तर कोरियाका २ वटा सरकारी भवन रहेका छन्। एउटा सभा हल र अर्को अन्तर–कोरियाली सीमा सञ्चारसम्बन्धी सम्पर्क कार्यालय रहेको भवन। दक्षिण कोरिया सरकारले अहिले उत्तर कोरियाली अतिथिहरुको स्वागतका लागि शान्ति गृहलाई पुनःनिर्माण गरिरहेको छ। यस भवनमा इन्टरनेटको जडान र अन्य आवश्यकीय कार्यहरु भइरहेका छन्। 

Xtrem

Xtrem

तीन तले सभा भवन रहेको शान्तिगृह सन् १९८९ मा निर्माण गरिएको थियो। जेएसएको सीमापारि उत्तर कोरियाले तोन्गिलगाक नामको यस्तै भवन सन् १९८५ मा निर्माण गरेको छ र यसलाई अन्तर–कोरियाली संवादका लागि प्रयोग गरिन्छ। सिओलस्थित एकीकरण मन्त्रालयका अनुसार, सन् १९७१ यता दुई कोरियाबीच ६ सय ५० भन्दा बढी वार्ता भएका छन् र करिब ५५ प्रतिशत वार्ता यही पानमुनजोममा भएका थिए। 

यो सम्मेलन भवनको निरीक्षणमा जान चाहने पत्रकारहरुलाई प्रवेशमा अवरोध गरिएको छ। तथापि धेरै कामदार अहिले भवनको प्रवेशद्वारलाई सजिसजाउ गर्न खटेको पाइएको छ। ‘यो ठूलै स्तरको पुनःनिर्माण होइन। तर मर्मत सम्भारको काममा कठिनाइ हुने भएकाले संवाददाताहरुलाई प्रवेशमा निषेध गरिएको हो,’ सिओलस्थित एकीकरण मन्त्रालयका १ जना अधिकारीले बताए। 

मन्त्रालयका अनुसार, प्योङ्याङबाट उत्तर कोरियाली प्रतिनिधिमण्डललाई पानमुनजोन पुग्न मोटरमा तीन घण्टाभन्दा कम समय लाग्नेछ। तर, किमले खाली खुट्टाले हिँडेर वा कारमा चढेर कसरी सीमा पार गर्ने हुन् भन्ने थाहा छैन। यहाँ यिनै दुई विकल्पमात्र छन्। 

किमले चढ्ने कारले जेएससँगैको ७२–घण्टे पुललाई छिचोलेर आउने छ र किमले जेएसएमा रहेका दुईवटा अस्थायी नीला भवनहरु पार गर्नेछन्। तर, किमले यो सीमा कारबाटै पनि पार गर्न सक्नेछन्। सम्पर्क कार्यालय रहेको पानमुनगोक नजिक हुँदै शान्ति गृहसम्म कारबाटै उनी पुग्न सक्नेछन्।

‘यिनै २ वटा सम्भाव्य मार्गहरु हुन्। तर दुई कोरियाबीचको सम्झौतापश्चात् नै कुन बाटो प्रयोग गर्ने भन्नेमा निर्णय हुनेछ।,’ मन्त्रालयका अधिकारीले बताए। दुवै कोरियाले सन् १९९२ मे महिनामा पानमुनजोममा सम्पर्क कार्यालय खोल्न सहमति जनाएका थिए र त्यस कार्यालयमा २ वटा प्रत्यक्ष टेलिफोन लाइन जडान गरिएका छन्। दुई कोरियाबीच कूल ३३ वटा सञ्चार लाइन जडान गरिएको छ। 

दक्षिण कोरियाको कार्यालय फ्रिडम हाउसमा रहेको छ भने उत्तर कोरियाको कार्यालय पानमुकगाक भवनमा रहेको छ। जेएसएको सीमावर्ती क्षेत्रमा आमुन्ने–सामुन्ने यी दुई भवन ठडिएका छन्। 

उत्तर कोरियाले दुई वर्षदेखि अवरुद्ध सञ्चार सम्पर्क यसै वर्षको जनवरीबाट पुनः खोलेको थियो। साथै, उत्तर कोरियाले प्योचाङमा सम्पन्न हिउँदे ओलम्पिकमा एथ्लेटिक्स खेलाडी, संगीतकर्मी र केही कलाकारलाई पठाएको थियो। 

दक्षिण कोरिया सरकारले सीमावर्ती उत्तर कोरियामा सञ्चालित काइसोङ संयुक्त औद्योगिक कम्प्लेक्स बन्द गरेको प्रतिशोधस्वरुप प्योङ्याङले सीमावर्ती सञ्चार तथा सैनिक च्यानल फेब्रुअरी २०१६ मा बन्द गरेको थियो ।

हटलाइन सञ्चार सम्पर्क पुनःस्थापित भएपछि सम्पर्क अधिकारीहरु ओलम्पिकमा उत्तर कोरियाको सहभागिताका बारेमा विस्तृत विवरण संग्रह गर्न व्यस्त भएका थिए । आजभोलि, उनीहरु अप्रिल अन्त्यतिर हुने शीर्ष बैठकको बारेमा कुराकानी गरिरहेका छन् । 

बिदाका दिनहरुमा, पानमुनजोम च्यानल बिहान ९ देखि अपराह्न ४ बजेसम्म चल्छ । सप्ताहान्तमा, दुवै पक्षबीच सहमति भए सञ्चार सम्पर्क खुल्छ । ‘जनवरीदेखि नै सञ्चार यतिखेर बन्द हुन्छ भन्ने नै छैन। राति ७ बजेपछि पनि दैनिक सम्पर्क भइरहेको छ।” 
(अनुवादः सोमनाथ लामिछाने/रासस)

प्रकाशित मिति: बुधबार, चैत २१, २०७४  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग महासंघको जनकपुरधाममा असोज २२ र २३ गते सम्पन्न पाँचौँ पूर्ण बैठकले जारी गरेको घोषणापत्रमा गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र र... शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको अघिल्लो दिन गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ। शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिका साथै गम्भीर मानसिक स्वास्थ्य संकट निम्तिएको भन्दै सरोकारवालाहरूले तत्काल समन्वयात... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्