• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ?

64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  १८:५२
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरो चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुपर्‍यो भनेर फोन आयो।

उनले आवश्यक छैन भन्दा पनि ढिपी गरिरहे। ‘कुनै पनि व्यक्तिमा कोरोना भाइरस लागेको बढीमा १५ दिनमा त लक्षण नै देखिन्छ, तीन हप्तापछि कोरोना भाइरस छ कि भनेर शङ्का गर्नु आवश्यक नै छैन,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘जबर्जस्ती शङ्का गर्नु जरुरी छैन।’ 

उनले केही अस्पतालले पनि जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न भनेको जानकारी दिए।

केही व्यक्ति नमूना लिएर नै टेकुस्थित जनस्वास्थ्य प्रयोगशालासमेत आइपुगेका छन्। मङ्गलबारमात्रै कुनै पनि बिरामी अहिले परीक्षणमा नभएको जनाएको स्वास्थ्य मन्त्रालयले बुधबार भने परीक्षणका लागि भनेर सम्पर्कमा आउने मान्छे धेरै भएको जनाएको छ।

तर, अवस्था सामान्य रहेकाले आत्तिनु नपर्ने मन्त्रालयले फेरि पनि दोहोर्‍याएको छ। बुधबार शङ्का लागेर परीक्षणका लागि एक जनालाई निगरानीमा राखिएको जनाइएको छ।

प्रवक्ता श्रेष्ठले प्रष्ट्याउँदै भने, ‘सबै रुघा लागेको मान्छेलाई परीक्षण जरुरी छैन, रोगको सङ्क्रमण भएका क्षेत्रबाट आएका व्यक्ति र खास आशङ्का गरिएकालाई मात्रै परीक्षण गर्ने हो, अन्य रुघाखोकीका बिरामीलाई विभिन्न अस्पतालमा नियमित उपचार गर्दा हुन्छ।’

चीनको वुहान प्रान्तबाट सुरु भएको नोभेल कोरोना भाइरस त्यहाँबाट आएका एक नेपालीमा देखिएपछि माघ ९ गतेदेखि सरकारले उच्च सतर्कता अपनाएको छ।

नेपाल र चिनियाँ सरकारको सहमतिमा रसुवागढी र तातोपानी नाकामा १५ दिनका लागि आवागमन रोकेको गृह मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक आगन्तुकको परीक्षण गर्न थालिएको छ। अस्पताललाई उच्च सतर्कतामा रहन भनिएको छ भने विभिन्न क्षेत्रमा सहायता कक्ष स्थापना गरेर काम भइरहेको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन्। यो नयाँ भाइरस हो।

सुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ। सन् २००३ मा चाइनामा सार्स कोरोना देखापरेको थियो। त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो। अहिलेको ३१ डिसेम्बरमा चीनको वुहान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो। 

नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो। रुघाखोकीजस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने चिकित्सकको भनाइ छ।

यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्नेजस्ता उपाय अपनाउनुपर्नेमा चिकित्सकको जोड छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने गर्दा रोगबाट बच्न सकिने चिकित्सकले बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार अहिलेसम्म चीनलगायत १४ देशमा चार हजार ५ सय ९३ जनामा सङ्क्रमण देखिएको छ। चीनमा मात्रै चार हजार ५ सय ३७ जनामा यो भाइरस देखिएको छ।

पछिल्लो अभिलेखमा उक्त भाइरसबाट १ सय ६ जनाको मृत्यु भएको बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण फैलिएको क्षेत्रमा रहेका नेपालीको समेत नियमित निगरानी भइरहेको छ।  

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले नेपालमा तोकिएका अस्पतालले तयारी गरे नगरेकोबारे अनुगमन सुरु भएको र सङ्क्रमण फैलिएमा रोक्नका लागि आवश्यक पूर्वतयारीसमेत भइरहेको जानकारी दिए।

नेपालमा अहिलेसम्म चार जनामा परीक्षण भएकामा चीनबाट आएका एक जनामा मात्रै कोरोना भाइरस देखिए पनि अन्य तीन जनामा देखिएको छैन।

मन्त्रालयले नियमित रुपमा पत्रकार सम्मेलन गर्दै हरेक दिन कोरोना भाइरसको अवस्थाबारे जानकारी दिन थालेको छ। -रासस

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्