• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन १६, २०८३ Sat, Aug 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ?

64x64
नेपाल लाइभ बुधबार, माघ १५, २०७६  १८:५२
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरो चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुपर्‍यो भनेर फोन आयो।

उनले आवश्यक छैन भन्दा पनि ढिपी गरिरहे। ‘कुनै पनि व्यक्तिमा कोरोना भाइरस लागेको बढीमा १५ दिनमा त लक्षण नै देखिन्छ, तीन हप्तापछि कोरोना भाइरस छ कि भनेर शङ्का गर्नु आवश्यक नै छैन,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘जबर्जस्ती शङ्का गर्नु जरुरी छैन।’ 

उनले केही अस्पतालले पनि जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न भनेको जानकारी दिए।

केही व्यक्ति नमूना लिएर नै टेकुस्थित जनस्वास्थ्य प्रयोगशालासमेत आइपुगेका छन्। मङ्गलबारमात्रै कुनै पनि बिरामी अहिले परीक्षणमा नभएको जनाएको स्वास्थ्य मन्त्रालयले बुधबार भने परीक्षणका लागि भनेर सम्पर्कमा आउने मान्छे धेरै भएको जनाएको छ।

तर, अवस्था सामान्य रहेकाले आत्तिनु नपर्ने मन्त्रालयले फेरि पनि दोहोर्‍याएको छ। बुधबार शङ्का लागेर परीक्षणका लागि एक जनालाई निगरानीमा राखिएको जनाइएको छ।

प्रवक्ता श्रेष्ठले प्रष्ट्याउँदै भने, ‘सबै रुघा लागेको मान्छेलाई परीक्षण जरुरी छैन, रोगको सङ्क्रमण भएका क्षेत्रबाट आएका व्यक्ति र खास आशङ्का गरिएकालाई मात्रै परीक्षण गर्ने हो, अन्य रुघाखोकीका बिरामीलाई विभिन्न अस्पतालमा नियमित उपचार गर्दा हुन्छ।’

चीनको वुहान प्रान्तबाट सुरु भएको नोभेल कोरोना भाइरस त्यहाँबाट आएका एक नेपालीमा देखिएपछि माघ ९ गतेदेखि सरकारले उच्च सतर्कता अपनाएको छ।

नेपाल र चिनियाँ सरकारको सहमतिमा रसुवागढी र तातोपानी नाकामा १५ दिनका लागि आवागमन रोकेको गृह मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक आगन्तुकको परीक्षण गर्न थालिएको छ। अस्पताललाई उच्च सतर्कतामा रहन भनिएको छ भने विभिन्न क्षेत्रमा सहायता कक्ष स्थापना गरेर काम भइरहेको छ।  

nimb
nimb
Ncell 2
Ncell 2

नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन्। यो नयाँ भाइरस हो।

सुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ। सन् २००३ मा चाइनामा सार्स कोरोना देखापरेको थियो। त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो। अहिलेको ३१ डिसेम्बरमा चीनको वुहान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो। 

नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो। रुघाखोकीजस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्न सक्ने चिकित्सकको भनाइ छ।

यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्नेजस्ता उपाय अपनाउनुपर्नेमा चिकित्सकको जोड छ।

धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने गर्दा रोगबाट बच्न सकिने चिकित्सकले बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार अहिलेसम्म चीनलगायत १४ देशमा चार हजार ५ सय ९३ जनामा सङ्क्रमण देखिएको छ। चीनमा मात्रै चार हजार ५ सय ३७ जनामा यो भाइरस देखिएको छ।

पछिल्लो अभिलेखमा उक्त भाइरसबाट १ सय ६ जनाको मृत्यु भएको बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण फैलिएको क्षेत्रमा रहेका नेपालीको समेत नियमित निगरानी भइरहेको छ।  

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले नेपालमा तोकिएका अस्पतालले तयारी गरे नगरेकोबारे अनुगमन सुरु भएको र सङ्क्रमण फैलिएमा रोक्नका लागि आवश्यक पूर्वतयारीसमेत भइरहेको जानकारी दिए।

नेपालमा अहिलेसम्म चार जनामा परीक्षण भएकामा चीनबाट आएका एक जनामा मात्रै कोरोना भाइरस देखिए पनि अन्य तीन जनामा देखिएको छैन।

मन्त्रालयले नियमित रुपमा पत्रकार सम्मेलन गर्दै हरेक दिन कोरोना भाइरसको अवस्थाबारे जानकारी दिन थालेको छ। -रासस

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड
श्रद्धाञ्जली दिँदै प्रधानमन्त्रीले भने-‘निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड शनिबार, साउन १६, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
श्रद्धाञ्जली दिँदै प्रधानमन्त्रीले भने-‘निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’ शनिबार, साउन १६, २०८३
विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
२१ शाखा अधिकृतको सरुवा (सूचीसहित) शुक्रबार, साउन १५, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्