जेरुसेलम– इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले संयुक्त राष्टसंघको शरणार्थी मामिला हेर्ने निकायसँग हजारौँ अफ्रिकी आप्रवासीको पुनस्थापनाका लागि गरिएको सम्झौतालाई रद्द गर्न लागिएको बताएका छन्।
इजरायली दक्षिणपन्थी समूहको बढ्दो दबाबका कारण नेतन्याहुले उक्त कदम चालेका बुझिएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार एक टेलिभिजन सम्बोधनका क्रममा सम्झौतालाई फिर्ता हुने घोषणा गरेका हुन्।
उक्त समाचारलाई स्थानीय प्रशारण तथा छापाका सञ्चारमाध्यमले विशेष स्थान दिएर प्रकाशन तथा प्रशारण गरेका छन्। उनले दक्षिणपन्थी राजनीतिक समूह तथा उनका कैयौँ आफ्नै समर्थक समेतमा देखिएको असन्तुष्टि साम्य गर्न सम्झौताबाट पछि हट्ने निर्णय लिएको बताएका थिए।
सोमबार राति पोष्ट गरेको फेसबुक सन्देशमा पनि नेतन्याहुले आप्रवासीका सम्बन्धमा राष्ट्रसंघीय आप्रवासी मामला हेर्ने निकायसँग गरेको सम्झौतालाई व्यापक छलफलपछि रद्द गर्ने निर्णयमा पुगेको बताएका छन्।
सम्झौताले अस्थायी रूपमा भएपनि हजारौँ आप्रवासीलाई इजरायलमा रहनसक्ने व्यवस्था गरेको थियो। उनले सम्झौता खारेज नै हुने मङ्गलबार इरानी सञ्चारकर्मीसँगको कुराकानीमा बताएका हुन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।