जोहानेसवर्ग– रङ्गभेद विरोधी अभियन्ता तथा स्वर्गीय नेल्सन मण्डेलाकी पूर्वपत्नी विनी मण्डेलाको सोमबार निधन भएको छ। उनी ८१ वर्षकी थिइन्।
‘रङ्गभेद विरोधी अभियानकी नेतृ तथा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाकी पूर्वपत्नी विनी मण्डेलाको जोहानेसवर्ग अस्पतालमा उपचारका क्रममा निधन भएको छ।,’ मण्डेलाका प्रवक्ता भिक्टर ड्लामिनीले एक विज्ञप्ति जारी गरी बताए।
मण्डेलाको निधनपछि मङ्गलबार विश्वभरबाट उनको योगदानलाई सम्झिँदै उनका प्रशंसक तथा शुभेच्छुकले सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गरेका छन्।
एक प्रशंसकले आफ्नो ट्वीटर पेजमा लेखेका छन्, ‘एक साहसी आमा तथा प्रसिद्ध रङ्गभेद विरोधी अधिकारकर्मीको निधन भएको छ। उनको योगदानलाई राष्ट्रवासीले सधैँ सम्झिरहनेछन्। हामी विनी मण्डेलालाई सम्मान गछौँ। उनको आत्माले शान्ति पाओस्। हामी विनीलाई राष्ट्रमाताका रूपमा सधैँ सम्झिरहने छौँ।’ रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।