वासिङटन– बोलिभियामा सोमबार ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ।
यस भूकम्पको प्रभाव छिमेकी देशहरु ब्राजिल तथा एल साल्भाडोरमा पनि परेको बताइएको छ। बोलिभिया शहरबाट करीब ३ सय किलोमिटर दक्षिणपूर्वमा रहेको स्थानमा केन्द्रविन्दु रहेको भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १०ः४० मा गएको बताइएको छ।
दक्षिण अमेरिकी देश बोलिभियामा गएको शक्तिशाली भूकम्पपछि मानवीय र सम्पत्तिको क्षति भएको समाचार हालसम्म प्राप्त नभएको बोलिभियाको भूकम्प विभागले जानकारी दिएको छ।
तर भूकम्प शक्तिशाली भएकोले क्षतिको ठूलो सम्भावना रहेको र यसको खोजी जारी रहेको सरकारी अधिकारीको भनाइ रहेको छ।
ब्राजिलमा पनि यो भूकम्पको ठूलो धक्का महशुष गरिएको अधिकारीहरुको भनाइ छ।
विशेषगरी साओ पाउलो र ब्रासिलियाजस्ता राज्यको आवासीय र कार्यालय भवनहरुमा भूकम्पको धक्का महशुष गरिएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।