अबुजा– नाइजेरियाको उत्तरपूर्वी क्षेत्रको बौंची राज्यमा फैलिएको हैजाबाट थप १० जनाको मृत्यु भएको छ।
अहिलेसम्म हैजाबाट सो राज्यमा १ सय ५० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ। यस प्रकोपबाट बच्न विशेष सतर्कताका कार्यक्रमहरु अपनाइएको समाचारमा जनाइएको थियो।
तर उक्त क्षेत्रमा हैजाको प्रकोप भने पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन। हैजाबाट गतहप्तामात्र १२ जनाको मृत्यु भएको थियो।
हैजाबाट प्रभावित अन्य धेरै नागरिक अस्पताल भर्ना भएका छन्। स्थानीय स्वास्थ्य अधिकारीहरुले शुक्रबारदेखि सो क्षेत्रमा हैजाका सयौँ बिरामी अस्पताल भर्ना भएका बताएका छन्।
विश्व स्वास्थ्य संगठनको समेत सहयोगमा हैजाको प्रकोप फैलिएको बौँची राज्यका ५ वटा जिल्लामा सतर्कता कार्यक्रम शुरु गरिएको छ।
अहिलेसम्म ती जिल्लामा मात्र ४ सय जनाभन्दा बढी हैजाबाट प्रभावित भएकोले अधिकारीहरुले विशेष कार्यक्रम सञ्चालन गरिएको बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।