• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

किन लुकाइन्छ ठूला घरानामा भएका अनुगमनका फाइल?

‘५ दर्जन बढी कम्पनीका फाइल पेन्डिङ’
64x64
हेमन्त जोशी मंगलबार, पुस २९, २०७६  १३:०५
1140x725

काठमाडौं– साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग (अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग)ले २०७४ भदौदेखि माघ महिनासम्म विभिन्न ठूला व्यवसायिक घरानामा अनुगमन गर्‍याे।

अटोमोबाइल्स, शिक्षा, स्वास्थ्य, खाद्यान्न, सिमेन्ट, डण्डी, र पेन्टिङ क्षेत्रका ५ दर्जन बढी ‘कर्पोरेट हाउस’मा भएको अनुगमनका फाइलकाे कारबाही प्रक्रिया अहिले पनि अन्तिम निष्कर्षमा पुगिसकेकाे छैन। यो अवधिमा विभागले बजार अनुगमन निकै तीव्र र व्यापक बनाएपछि ठूला व्यापारिक घरानाहरुसमेत एकपछि अर्को गर्दै ठगी र कालोबजारी मुद्दामा मुछिन पुगे। सामान्य किराना पसलदेखि अस्पताल, विद्यालय, अटोमोबाइल्स कम्पनीहरुले उपभोक्ता ठगी गरिरहेको प्रमाण विभागले खोज्दै गयो। प्रमाण खाेजिन थालेपछि व्यापारीहरुले बजार अनुगमन रोक्न सरकारलाई दबाब दिन थाले।

त्यसमा उनीहरुका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले साथ दिए। सरकारले अघोषित रुपमा बजार अनुगमन रोक्यो र अनुगमन भइसकेका फाइलसमेत कारवााहीका लागि अगाडि बढ्न नदिन माथिबाटै दबाब दिइयो। 

२०७४ फागुन १४ गते मातृकाप्रसाद यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हाल्न आइपुगे। मन्त्री भएलगत्तै यादवले बजार अनुगमनलाई तत्काल रोक्न निर्देशन दिए। दुई महिनासम्म अनुगमन रोकियो। अनुगमन भइसकेका सबै फाइल विभागबाट मन्त्रालयमा झिकाइए। ठूला व्यवसायिक घरानाका फाइल लामो समयसम्म मन्त्रीको टेबलमा बसे।

बजार अनुगमनका क्रममा तयार पारिएका मुचुल्कासहितका ठगी, नाफाखोरी तथा कालोबजारी मुद्दाका फाइल मन्त्री यादवले लामो सयम आफूसँगै थन्काएर राखेपछि थप अनुसन्धान र कारबाही प्रभावित बन्ने क्रम सुुरु भयो। मन्त्री यादवले यहि प्रकरणलाई लिएर विभागका कर्मचारीको दश वर्षे सम्पत्ति वितरण मागे।

केही समयपछि मन्त्री यादवले मन्त्रालयका सचिव, उच्च अधिकारी तथा आपूृर्ति विभागका महानिर्देशकसमेतलाई राखेर पत्रकार सम्मेलन गरे। उक्त पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई कुन आधारमा बजार अनुगमन गरेको र व्यवसायीलाई तर्साएको भन्दै प्रश्न गरे। 

महानिर्देशक दाहालले ‘हामीले अनुगमन गर्दा भेटेको ठूला कर्पोरेट हाउसले गरेको ठगीको प्रमाण मसँग छ। तर, कार्यान्वयन गर्ने पक्ष फितलो भएका कारण उनीहरुले झन् चलखेल गर्ने ठाउँ पाएका छन। उनीहरुले ठगी र कालोबजारी गरेको हामीसँग पर्याप्त प्रमाण रहेपनि सशक्त कानुनको अभावमा हामीले कारबाही गर्न सकेका छैनौं,’ भन्दै मन्त्री यादवलाई जवाफ फर्काएका थिए। 

त्यसको केही समयपछि महानिर्देशक दाहाललाई विभागबाट सरुवा गरियो। लगत्तै साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र वाणिज्य विभाग गाभीएपछि महानिर्देशकको जिम्मेवारी योगेन्द्र गौचनले पाए। गौचनले ती कम्पनीलाई कारबाही गर्न उपभोक्ताबाट पर्याप्त उजुरी र किटानी जाहेरी नआएको भन्दै ती फाइल अगाडि बढाएनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

आफ्नो कार्यकालमा ती फाइलहरु प्रक्रियामा लैजान खासै पहल नगरेका गौचनले गत असोजमा आफू अवकास हुनुअघि ती फाइलका विषयमा सोधखोज गर्न तथा कहाँ कस्तो अवस्थामा छन् भनेर अध्ययन गर्न विभागका निर्देशक भगवानलाल श्रेष्ठको संयोजकत्वमा समिति बनाए। उक्त समितिले अहिले फाइल खोज्ने काम गरिरहेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको भनाइ छ। ‘अटोमोबाइल्स र स्वास्थ्यका फाइल फेला पारेका छौं र उनीहरुको प्रक्रिया कहाँ पुगेको छ भनेर अध्ययन गरिरहेका छौं,’ महानिर्देशक सुवेदीले भने। 

तर, शिक्षा क्षेत्रका फाइलका बारेमा भने आफूलाई जानकारी नआएको सुवेदीको भनाइ छ।

के थियो विषय?
प्रतिगाडी बिक्रीमा १० देखि ५० लाख रुपैयाँसम्म बढी मूल्य तोकेर नाफाखोरी तथा उपभोक्ता ठगी गरेको भन्दै १६ वटा अटोमोबाइल्स कम्पनीमा विभागले अनुगमन गरेको थियो। त्यस्तै विद्यार्थीबाट अतिरिक्त शुल्क असुलेको भन्दै निजी क्षेत्रबाट संचालित १६ वटा निजी स्कुल, बिरामीबाट चर्को रकम असुल्ने ६ वटा स्वास्थ्य संस्था, क्लिंकर अभावको समस्या देखाउँदै मूल्य बढाएका २३ वटा सिमेन्ट कम्पनी र ४ वटा डण्डी कम्पनीमा पनि विभागले अनुगमन गरेको थियो। तर, ती फाइल अहिले कस्तो अवस्थामा छन् र कारबाहीको कुन प्रक्रियामा छन् भन्ने कुरा विभागलाई नै जानकारी छैन।

बजार अनुगमन गलत्तै विभागले अटोमोबाइल्स कम्पनीलाई कुन प्रकृतिको कस्तो कारबाही गर्न उपयुक्त हुन्छ? भन्दै जिल्ला सरकारी वकिलको कार्यालयलाई २०७४ माघ २९ गते राय माग गर्दैै पत्र पठाएको देखिन्छ।

‘उपभोक्ता संरक्षण ऐनको दफा २ अनुसार अनुचित व्यापारिक क्रियाकलापको परिभाषाले उल्लेखित कार्यहरु उपभोक्ता ठगी भएतापनि कसुर र सजायको कुन दफा, उपदफा आकर्षित हुने प्रस्ट नभएकाले प्रचलित कानुनअनुसार कुन ऐनको कुन दफा प्रयोग गरी अभियुक्तलाई  हदैसम्मको कारबाही गर्न सकिन्छ राय उपलब्ध गराइदिनु हुन पंजिकासहितको सक्कल फाइल संलग्न गरी पठाईएको छ,’ विभागले सरकारी वकिलको कार्यालयलाई रायका लागि पठाएको पत्रमा भनिएको छ। 

सरकारी वकिलको कार्यालयको रायपछि विभागले ती कम्पनीलाई कारबाही गर्न भन्दै ती फाइल प्रहरी प्रशासनको जिम्मा लगायो। तर, प्रहरीले पनि कारबाहीका लागि पर्याप्त आधार नरहेको र किटानी जाहेरी नभएका कारण कारबाही गर्न नसकिने भन्दै विभागलाई पत्र पठाएको देखिन्छ।

अटोमोबाइल्स कम्पनीको हकमा विभागले तयार पारेको बजार अनुगमन प्रतिवेदनअनुसार भन्सार ऐन–२०६४, मूल्य अभिवृद्धि कर–२०५२, कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन–२०३२ र मुलुकी ऐन–२०२० को विरुद्ध हुने गरी व्यापार व्यवसाय सञ्चालन गरिरहेको उल्लेख छ। विभागले उपभोक्ता संरक्षण ऐनभन्दा बाहिरका मुद्दालाई कारबाहीको प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन तथा प्रहरी प्रशासनको जिम्मा लगाउने गरेको छ।

तर, प्रहरीले अनुसन्धान गर्दा उजुरीकर्ता र किटानी जाहेरी नभएको भन्दै उक्त मुद्दाहरु थन्काउने गरेको छ। विभागले पठाएका अनुगमनका फाइललाई प्रहरी प्रशासनले त्यस्ता संस्था र कम्पनीविरुद्ध कुनै ग्राहकको उजुरी दरखास्त नहुँदा जाहेरवाला यकिन गर्न र बिगो कायम गर्न समस्या भएका कारण मुद्दा अगाडि बढाउन नसकिने जवाफ दिने गरेको विभागका एक अधिकारीले बताए।

यसरी सम्बन्धित निकायले कारबाही नगरेपछि विभाग आफैंले मुद्दा चलाउने तयारीसमेत गरेको थियो। अदालतमा मुद्दा दायर गर्न विभागले सरकारी वकिलको कार्यालयबाट कानुनी राय माग्ने तथा थप प्रमाण जुटाउन आन्तरिक राजस्व कार्यालयबाट ती व्यवसायीको थप विवरण खोज्न थालेपछि उक्त प्रक्रिया रोक्न मन्त्री यादवले प्रत्यक्ष हस्तक्षेप गरेका थिए। फाइल मन्त्री कहाँ पुगेपछि त्यो प्रक्रिया पनि अघि बढ्न पाएन। 

शिक्षण संस्थाहरुको हकमा विभागले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र ललितपुरलाई रायका लागि पत्र पठाएको थियो। तर, दुवै जिल्लाका सरकारी वकिल कार्यालयले थप बुझी पेश गर्न भन्दै मिसिल फिर्ता पठाएको देखिन्छ। विभागले शिक्षण संस्थाका फाइल कसरी अगाडि बढाउने भनेर २०७४ फागुन २१ गते सरकारी वकिलको कार्यालयलाई पत्र पठाएको देखिन्छ। तर, विभागले गरेको अध्ययन नपुगेको र त्यसैका आधारमा कारबाही गर्न नसकिने र थप अनुसन्धान गर्न भन्दै २०७४ चैत्र २८ गते पत्रको जवाफ सरकारी वकीलको कार्यालयले पठाएको छ।

‘विद्यालयले निर्धारण गर्ने मापदण्डहरु के–के हुन सो विषयमा स्पष्ठ हुन र विद्यालयले मापदण्ड उल्लंघन गरेको नगरेको र शुल्क निर्धारण र अनुगमनका सम्बन्धमा शिक्षा नियमावलीमा भएको व्यवस्थाका सम्बन्धमा जिल्ला शिक्षा कार्यालयसँग सोधनी भएको नदेखिएकाले जिल्ला शिक्षा कार्यालयसँग विद्यालयले लिएको शुल्क सम्बन्धमा सम्पूर्ण तथ्य खुलेको जवाफसहित थप बुझी फिर्ता गर्न मिसिल फिर्ता पठाएको छ,’ सरकारी वकीलको कार्यालयले विभागलाई पठाएको पत्रमा भनिएको छ।

यसरी विभाग आफैंले कारबाही गर्न नसक्ने देखेपछि शिक्षण संस्थाका फाइल शिक्षा विभाग र अस्पतालका फाइल स्वास्थ्य सेवा विभागमा पठायो। सो फाइलका आधारमा विभागले कुनै संस्थालाई कारबाही गरे–नगरेको बारे भने वाणिज्य विभागलाई अहिलेसम्म कुनै जानकारी गराएको छैन।

क्लिंकर अभावको समस्या देखाएर मुल्य बढाएका सिमेन्ट कम्पनीमा विभागले अनुगन गरेपछि उनीहरुले तत्काल मूल्य घटाए। तर, अनुगमनका क्रममा तयार पारिएका मुचुल्कामाथि थप अध्ययन र कारबाही भने भएन।

भ्रमपूर्ण विज्ञापन तथा गुणस्तररहित उत्पादन बेचेको भन्दै विभागले एउटा पेन्टिङ कम्पनीको पनि अध्ययन गरेको थियो। तर, त्यसको फाइल पनि हालसम्म टुंगोमा पुगेको छैन। 

पछिल्ला उदाहरण चन्द्रागिरी हिल्स र दराज
विभागले ठूला व्यवसायिक घरानाका फाइल आउने बित्तिकै कारबाही प्रक्रिया अगाडि नबढाउने रोग विभागमा अझै कायम छ। त्यसका पछिल्लो उदाहरण हुन् चन्द्रागिरी हिल्स र दराज क्यामु।

हेलो सरकारमार्फत् चन्द्रागिरी हिल्स लिमिटेडले संचालन गरेको केबलकारमा उपभोक्ताबाट लिइँदै आएको शुल्क महंगो भएको भन्दै गुनासो आएको थियो। त्यही गुनासोका आधारमा गत कात्तिक १७ गते विभागले चन्द्रागिरी केबलकारमा अनुगमन गर्‍याे। केबलकार चढ्दा लाग्ने शुल्क के कारणले ७ सय रुपैयाँ निर्धारण गरेको हो? त्यसको लिखित जवाफ ७ दिनभित्र विभागमा पेश गर्न भन्यो। चन्द्रागिरी हिल्सले भाडा शुल्क निर्धारणका आधारसहित विभागलाई जवाफ पठाइसकेको छ। तर, विभागले भने चन्द्रागिरी केबलकारमा लिइँदै आएको शुल्क ठीक हो वा कानुनविपरीत हो भन्ने बारे अझै केही निर्णय गरिसकेको छैन। त्यो फाइल अझै पेन्डिङ छ।

गत कात्तिक २२ गते विभागले अनलाइन व्यापार कम्पनी दराज क्यामुको अनुगमन गर्‍याे। दराजले नोभेम्बर ११ (कात्तिक २५ गते) ‘मेगा सेल डे’ मनायो। त्यो दिन ‘मेगा डिल अफर’का नाममा छुट योजना चलाएपछि त्यसबाट उपभोक्ता ठगिको सम्भावना बढी रहेको भन्दै विभागले दराजको व्यवसायमाथि निगरानी थाल्न यस्तो अनुगमन गरेको थियो। एउटा कम्पनीको सामान भनेर अर्कै कम्पनीको सामान बेचेको तथा भाँचिएको सामान फिर्ता नगरेको भन्दै दराजविरुद्ध विभागमा दुईवटा उजुरीसमेत परेका थिए। दराज कम्पनीको व्यापारको वैधता र उपभोक्ता ठगिको विषयमा अनुगमन गरेको विभागले अहिलेसम्म पनि अनुगमनको निष्कर्ष सार्वजनिक गरिसकेको छैन। विभाग भन्छ, ‘हामी अनुसन्धान गर्दैछौं।’ 

साना तथा खुद्रा व्यवसायमा भएका अनुगमन भने विभागले तत्काल कारबाही गर्ने मात्र होइन केही समयभित्रै मुद्दाको प्रकृया पनि टुंगो लगाइसकेको हुन्छ। तर, ठूला व्यवसायमाथि हुने अनुगमनका फाइल भने वर्षौ अड्किने गरेका छन्। 

एक त विभागले ठूला व्यवसायिक घरानाको अनुगमन नै नगर्ने, अनुगमन गरिहाले पनि त्यसको कारबाहीको प्रकृया अगाडि नबढ्ने गरेको देखिन्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री लेखराज भट्ट भने बजार अनुगमनका यी बेथिती र शैलीलाई नै आफू उल्टाउने दाबी गर्छन्।

‘हामी साना–ठूला सबै व्यवसायमा अनुगमन गर्छौं। हामी अहिलेको भन्दा फरक शैलीमा यो काम गर्दैछौं,’ मन्त्री भट्टले गत आइतबार मन्त्रालयको प्रगति तथा आगामी कार्यदिशा सार्वजनिक कार्यक्रममा भने।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
गण्डकी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल शुक्रबार, चैत २०, २०८२
वार्षिक परीक्षा अगावै भर्ना कार्यक्रम नगर्न निजी विद्यालयलाई सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्