सिओल– दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हार्इ विरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्धाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने भएको छ।
शुक्रबारका लागि तोकिएको सो फैसला दक्षिण कोरियाको राजधानी सिओलस्थित एक अदालतबाट प्रत्यक्ष प्रशारण हुने अदालतले जनाएको छ। उनलाई निकै लामो समयसम्म जेल सजाय हुनसक्ने अनुमान गरिएको छ।
उनलाई दिइने उक्त जेल सजायको बारेमा यहाँको रष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने तयारी भएको अदालतको भनाई छ।
पूर्वराष्ट्रपति हाई हाल थुनामा छिन्। उनीमाथिको कारबाहीको जानकारी स्वयम् उनले प्रत्यक्ष हेर्न र सुन्न पाउने गरी यस्तो प्रशारण गर्ने व्यवस्था गरिएको जानकारी अदालतले दिएको छ।
उनलाई भ्रष्टाचारको आरोपमा थुनामा राखेर अनुसन्धान हुँदै आएको छ। सन् २०१७ को मार्च महिनामा उनलाई नियन्त्रणमा लिइएको थियो।
उनले गरेको भनिएको भ्रष्टाचारमा कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै यहाँका सरकारी वकिलहरुले गरेका थिए।
सरकारी वकिलले पूर्व राष्ट्रपति हार्इले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन्।
६६ वर्षीय पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति थिइन्। उनीमाथि आफू राष्ट्रपति पदमा कायम रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्धा चलिरहेको छ।
सो मुद्धामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ। गतवर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरिएको थियो।
भ्रष्टाचारमा संलग्नता भएको पुष्टि भएको यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो।
यसरी महाअभियोग लगाएर निकालिएकी उनी दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन्।
शुक्रबार अपरान्ह गरिने सो फैसलाको पूर्णपाठ अदालतबाटै प्रत्यक्ष रुपमा सुनाइने छ। यस्तो प्रशारणको प्रचलन दक्षिण कोरियामा पहिलो पटक हुन लागेको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।