• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नक्कली भ्याट बिलका दोषी भाटभटेनीसहित ५ कम्पनीलाई के हुन्छ कारबाही?

64x64
नेपाल लाइभ सोमबार, पुस २८, २०७६  १९:१५
1140x725

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा अन्तिम फैसला सुनाएको छ। सर्वोच्चले भाटभटेनी डिपार्टमेन्ट स्टोरसहित ५ कम्पनीलाई यसमा दोषी पनि ठहर गरेको हो। 

सर्वोच्चले ४ कम्पनीको हकमा राजश्व न्यायाधिकरणको फैसला सदर गर्ने निर्णय गरेको हो भने एकको हकमा उल्टने फैसला सुनाएको हो।

सर्वोच्चको यो फैसलापछि सरकारले १० वर्षपछि नक्कली बिलमार्फत भ्याट फिर्ता लिने व्यापारीसँग तत्कालीन समयको साँवा र हालसम्मको ब्याज असुल गर्नेछ। 

सर्वोच्चले फैसला मात्र सुनाएको र पूर्णपाठ तयार नभएकाले यी कम्पनीले कति रकम राज्यलाई तिर्नेछन् भन्ने यकिन भइसकेको छैन।

सर्वोच्चले पूर्णपाठ तयार गरेपछि राजश्व अनुसन्धान विभागले कर निर्धारण गर्ने छ।

राजश्व निर्धारणको मुद्दा भएकाले यी कम्पनीमाथि जेल सजाय भने हुने छैन।

राजश्व चुहावटमा मुद्दा दायर भए मात्र कैद सजाय हुने व्यवस्था भएका कारण उनीहरूले जरिवाना तिरेर उन्मुक्ति पाउने छन्। 

कसको कति थियो कर निर्धारण?
भाटभटेनी डिपार्टमेन्ट स्टोर :
आन्तरिक राजस्व विभागको टोलीले २०६७ माघ १९ गते भाटभटेनी डिपार्टमेन्ट स्टोरमा आकस्मिक रूपमा छापा मारेको थियो। त्यस क्रममा कागजात र प्रमाण संकलन गरेपछि भाटभटेनीले नक्कली भ्याट बिलका आधारमा खर्च बढाएर आयकर छलेको भेटिएको थियो। अभिलेखमा राखेका कतिपय भ्याट बिलसमेत नक्कली भएको पुष्टि भयो। २०६४ साउनदेखि २०६७ माघसम्मको अवधिमा भ्याट, थप दस्तुर ब्याज र जरिवाना गरी २२ करोड ६७ लाख ४४ हजार रुपैयाँ संशोधित कर निर्धारण भयो।

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धानका क्रममा भाटभटेनीले १ सय ५२ वटा कम्पनीसँग सामान खरिद गरेको भेटिएको थियो। ती कम्पनीसँग भाटभटेनी आफैंले स्टेसनरी सामान उत्पादन गरी बिक्री गर्छ। तर उसले ३ वटा आपूर्तिकर्तासँग स्टेसनरी खरिद गरेको विषयमा करोडौंको व्यावसायिक कारोबार मौखिक सहमति र समझदारीमा गरेको भन्ने अपत्यारिलो जवाफ दिएको थियो। सामान आपूर्तिको व्यवस्थित र प्रमाणिक अभिलेख पेस गर्न भाटभटेनीले सकेन। 

कर प्रशासनले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, उनको कम्पनीमा काम गर्ने प्रतिनिधि दानबहादुर राई तथा सामान आपूर्ति गर्नेहरूलाई बोलाएर बयान लियो। भाटभटेनीको दाबीअनुसार उसलाई सामान आपूर्ति गर्नेमा श्रद्धा इन्टरनेसनल नामको प्रतिनिधि अमर प्याकुरेलले पनि विभागमा गएर बयान दिएका थिए। आफूले आपूर्ति नगरेको, बिल नदिएको र भुक्तानी पनि नलिएको उनले बयानमा भनेका  थिए। 

राजस्व न्यायाधिकरणले भाटभटेनीको सो दाबी स्वीकार गरेन। नक्कली कारोबार हुनुका साथै आवधिक रूपमा विवरण नबुझाएका, दर्ता नभएका, सम्पर्कविहीन भएका कम्पनीसँगको कारोबार भएको न्यायाधिकरणले ठहर गर्‍यो। भुक्तानी प्रमाणित नभएका र कतिपयले बिल नै जारी गरेको दाबी अस्वीकार गरेको भन्दै अध्यक्ष डिल्लीराज आचार्य, सदस्यहरू जीवनकुमार घिमिरे र डम्बरबहादुर कार्कीको इजलासले २०७४ असार २९ गते भाटभटेनीमाथि लगाइएको २२ करोड ६७ लाख ४४ हजार भ्याट अनि जरिवाना र ब्याजसमेत असुल्ने निर्णयलाई सदर गर्‍यो। सर्वोच्चले आइतबार सोही निर्णय सदर हुने फैसला सुनाएको छ। 

आइटी प्रालि : मोटर पार्टसमा कर छली
अरुणकुमार चौधरी सञ्चालक रहेको एआइटी कम्पनीमा राजस्व प्रशासनले २०६६ पुस ११ गते आकस्मिक निरीक्षण गरेको थियो। नक्कली बिजक तयार गरेको आरोप अस्वीकार गर्दै उक्त कम्पनीका प्रतिनिधि अच्युतमणि आचार्यले ती सामान गाडीमा जडान भइसकेको दाबी गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर राजस्व प्रशासनले नक्कली बिल प्रयोग भएकाले सामान नै नकिनिएको निष्कर्षसहित १ करोड २१ लाखको नक्कली बिल देखाएर कम्पनीले २४ लाख ९५ हजार रुपैयाँ भ्याट छलेको भनी संशोधित कर निर्धारण गरेको थियो।

कम्पनीका प्रतिनिधि आचार्यले १३ वटा फर्मसँगको कारोबारस्थल, आधिकारिक व्यक्ति र फोन नम्बर थाहा नभएको बयान दिएका थिए। राजस्व न्यायाधिकरणले कर छली गरेको पुष्टि भएको भन्दै त्यो तथ्यबाट बाहिर गई करदाताले उन्मुक्ति पाउन नसक्ने फैसला सुनायो। खरिद नै नभएको अवस्थामा झूठो नक्कली बीजकको आधारमा खर्च कट्टा गरेको ठहर न्यायाधिकरणले गरेको थियो। सर्वोच्चले न्यायाधिकरणको यो फैसला सदर गरेको हो। 

अरुण इन्टरकन्टिनेन्टल : मोटर पार्ट्समा कर छली
अरुण चौधरी सञ्चालक रहेको यो कम्पनीले विभिन्न एसेसरिजका सामान गाडीमा जडान गरेको भन्दै करकट्टाको दाबी गरेको थियो। छानबिन हुँदा ३ करोड ६५ लाखको सामान खरिद गरेको देखाई ५० लाख १६ हजार रुपैयाँ भ्याट छलेको ठहर तत्कालीन समयमा भएको थियो। राजस्व प्रशासनले त्यति नै रकम जरिवानासमेत हुने निर्णय गर्दै १ करोड बराबर असुल गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध न्यायाधिकरण पुगेको उसले त्यहाँबाट सफाई पाएको थियो। त्यस विरुद्ध सर्वोच्चमा सरकारी पक्षले पुनरावेदन गरेको थियो। त्यसमा निर्णय गर्दै सर्वोच्चले दोषी ठहर हुने फैसला सुनाएको हो। 

शंकर अक्सिजन ग्यास 
भ्याट छलेको आरोपमा २२ लाख १३ हजार रुपैयाँ दस्तुर र त्यति नै जरिवाना निर्धारण भएको थियो। शंकर अक्सिजन ग्यासले आस्था ट्रेडिङलगायत १० वटा नक्कली फर्मको बिल प्रयोग गरेको पाइएको  थियो। उसले प्यानमा दर्ता गरेकासँग मात्रै सामान किनेको र चेकबाट भुक्तानी भएको दाबी गरेको थियो। तर ती फर्मबाट जारी बिलहरूमा कुनै पनि वस्तु तथा सेवा खरिद भएको प्रमाण पेस नभएपछि फसेको थियो। शंकरलाल अग्रवाल सञ्चालक रहेको कम्पनीले सामान बेच्ने फर्मको सम्पर्क नम्बर र ठेगाना खुलाउन सकेन। उसले चेक दिएको भने पनि प्रमाण र विवरण पेस गर्न नसकेपछि न्यायाधिकरणले दोषी ठहर गरेको थियो। राजस्व न्यायाधिकरणले २०६९ कात्तिक २० गते राजस्व असुल गर्ने निर्णय सदर गरेको थियो। 

महेश बानियाँ चेक बुझ्ने मान्छे
बिएस बानियाँ स्टोर्स एन्ड फर्मका सञ्चालक हुन् महेश बानियाँ। उनको फर्मले आर्थिक वर्ष २०६७/६८ मा झुठो बिलका आधारमा भ्याट र आयकर छलेको भनी ५७ हजार ५४८ रुपैयाँ कर र त्यति नै जरिवाना हुने भनी २०६८ चैत ३० गते निर्धारण भएको थियो।  उनी नक्कली बिल बनाउने एक मुख्य व्यक्ति भएको पाइएको थियो। 

उक्त फर्मले मुकुन्द इन्टरप्राइजेजसँग सामान खरिद गरेको र त्यसको चेक बैंक खातामा जम्मा भएको दाबी गरेको थियो। तर मुकुन्दलाई भुक्तानी दिएको प्रमाण पेस गर्न सकेन। न्यायाधिकरणको २०७० साउन २८ गतेको उसलाई दोषी ठहर गर्ने फैसला सुनाएको थियो।

यो पनिः

  • भाटभटेनीले ३६ फर्मबाट खरिद गर्थ्यो नक्कली बिल
  • नक्कली भ्याट बिल मुद्दा : भाटभटेनीसहित पाँच वटै कम्पनी दोषी ठहर
  • भाटभटेनी डिपार्टमेन्ट स्टोरले नक्कली बिलमार्फत राजश्व छलेको ठहर
  • मोबाइलको भ्याटबिल अनुसन्धान गर्दा खुलासा भएको थियो नक्कली बिलको श्रृंखला
  • यी हुन् भ्याट छल्ने ठूला व्यापारिक समूह
  • नक्कली भ्याट बिल : राजस्वले छापा मारेको १० वर्षपछि पहिलो फैसला

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्