• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नक्कली भ्याट बिल : राजस्वले छापा मारेको १० वर्षपछि पहिलो फैसला

राजन खनाल महानिर्देशक हुँदा कर निर्धारण, अवकाश हुनु २१ दिनअघि अदालतबाट सदर
64x64
नेपाल लाइभ सोमबार, पुस २८, २०७६  १७:२०
1140x725

काठमाडौं- २०६७ साल फागुन ४ गते आन्तरिक राजस्व विभागको टोलीले भाटभटेनी सुपरमार्केट्सको बिलिङ प्रणालीमाथि छापा मार्‍यो।

विभागले भाटभटेनीले जारी गरेका बिल संकलन गर्दा नयाँ तथ्य भेट्टायो- फागुन २६ गते अर्थात् छापा मारेको दिनभन्दा २२ दिन अगाडिको बिल। 

भाटभटेनीले विभिन्न कम्पनीहरुबाट बिल खरिद गरेको र कारोबारको यथार्थ बिलिङ नगरेको आशंकामा विभागले छापा मारेको थियो। विभागले एउटै तथ्यबाट गलत काम भइरहेको पुष्टि गर्‍यो र विस्तृत अनुसन्धान अघि बढायो। करिब ९ महिनाको अनुसन्धानपछि विभागले उसमाथि मूल्य अभिवृद्धि कर र आयकर छली गरेको ठहर गर्दै कर निर्धारण गरिदियो। 

भाटभटेनी मात्रै होइन, अरु ५१८ वटा फर्ममाथि यस्तै किसिमका अनुसन्धान अघि बढाइए। केही फर्मको कारोबार यथार्थ रहेको भेटियो, अधिकांश फर्मले कारोबारको फर्जी बिजक जारी गरी कर छलेको ठहर भयो। उनीहरुमध्ये केहीले पैसा तिरे, केही पुनरावलोकनमा गए। 

सोमबार फैसला भएका ५ वटै मुद्दामा सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागको निर्णय सदर भएको छ। केही मुद्दामा राजस्व न्यायाधिकरणले विभागका निर्णय उल्ट्याए पनि सर्वोच्चले सोमबार सरकारी निर्णयलाई नै सदर गरिदिएको हो। 'त्यतिबेला हामीले वस्तुनिष्ठ अनुसन्धान गरेका थियौँ भन्ने कुरा आज पुष्टि भयो,' नक्कली भ्याट बिल छानबिनमा संलग्न एक अधिकारीले भने। 

मूल्य अभिवृद्धि करको नक्कली बिजक जारी गरी राजस्व छलेको विषयमा अनुसन्धान गरिरहेका आन्तरिक राजस्व विभागको तत्कालीन नेतृत्वले अर्थसचिव रामेश्वरप्रसाद खनालसमक्ष ब्रिफिङ गर्‍यो। विभागको महानिर्देशक राजन खनाल (हालका अर्थसचिव)ले आफ्नो टोलीले गरेको अनुसन्धान र त्यसबाट प्राप्त भएको प्रतिफलको ब्रिफिङ सचिवलाई गरेपछि तत्कालीन् अर्थसचिवले जवाफ दिए, 'राजस्व छलीको यति ठूलो अनुसन्धान भएको छ, यसमा जे जोखिम लिन परे म लिन्छु, तपाईंहरु अघि बढ्नुस्।' 

तत्कालीन सचिव खनाल यतिमा मात्रै रोकिएनन्। आफ्ना सहकर्मीलाई भने, 'यो विषयलाई लिएर म राजीनामा दिनपरे पनि दिउँला तर तपाईंहरुसँग म छु।' खनालको यो अभिव्यक्तिले आफूहरुलाई थप उत्साही बनाएको ठान्छन् अनुसन्धानमा संलग्न अधिकारीहरु।

आन्तरिक राजस्व विभागका तत्कालीन् महानिर्देशक राजन खनाल, उपमहानिर्देशक लक्ष्मण अर्याल र निर्देशकहरु दीर्घराज मैनाली र कुलप्रसाद चुडाल यो काण्डका 'मास्टरमाइन्ड' मानिन्छन्। 'अहिलेजस्तो स्थिर सरकार थिएन, सरकार परिवर्तन भइरहेको भए पनि तत्कालीन् अर्थमन्त्री र अर्थसचिवको ठूलो सहयोगले सफलता मिलेको थियो,' सरकारी अधिकारीहरु भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कहाँ पुगे नेतृत्वकर्ता?
तत्कालीन् अर्थसचिव रामेश्वरप्रसाद खनाल अहिले अवकाशप्राप्त जीवन बिताइरहेका छन्। सुरेन्द्र पाण्डेपछि अर्थमन्त्री भएका भरतमोहन अधिकारीसँग कुरा नमिलेपछि उनले पदबाट राजीनाम दिएका थिए।

आन्तरिक राजस्व विभागका त्यतिबेलाका महानिर्देशक राजन खनाल अहिले अर्थसचिव छन्। संयोग नै मान्नुपर्छ खनालले अवकाश लिनु २३ दिनअघि उनी नेतृत्को टोलीले गरेको अनुसन्धानको वैधता अदालतले स्थापित गरिदिएको छ। खनालले माघ २१ गते सरकारी सेवाबाट अवकाश लिँदैछन्। 

विभागका तत्कालीन् उपमहानिर्देशक लक्ष्मण अर्याल अहिले राष्ट्रिय योजना आयोगका सचिव छन्। राजस्व प्रशासनभित्रका अब्बल मानिने अर्याल अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख पनि भएका थिए। 

राजस्व अनुसन्धानका 'मास्टर माइन्ड' दीर्घराज मैनाली अहिले राजस्व अनुसन्धान विभागका महानिर्देशक छन्। डेढ वर्षयता राजस्व अनुसन्धान विभागको नेतृत्व गरिरहेका उनले अहिले यस्तै प्रकृतिका अनुसन्धानलाई तीव्रता दिएका छन्। 'त्यतिबेला फरक अनुसन्धान थियो, अहिले पनि हामी मूल्य अभिवृद्धि कर छलीको नयाँ तथ्यहरुमाथि अनुसन्धान गरिरहेका छौँ,' उनी भन्छन्। अर्का निर्देशक कुलप्रसाद चुडालले अवकाश पाइसकेका छन्। सहसचिव बढुवा भएपछि राष्ट्रपति कार्यालय पुगेका उनले त्यहीबाट अवकाश पाएका हुन्। 

कसरी थालियो अनुसन्धान?
२०६२/०६३ को राजनीतिक परिवर्तनपछि मुलुकमा संक्रमणकाल बढिरहेको थियो। पहिलो संविधानसभा निर्वाचनपछि बनेका सरकारहरु ढल्ने र बन्ने क्रम चलिरहेका बेला माधवकुमार नेतृत्वको सरकार बन्यो, जसमा अर्थमन्त्रीको जिम्मेवारी पाण्डेले पाए। 

राजनीतिक मुद्दामा मात्रै बहस भइरहने त्यतिबेला आर्थिक मुद्दा ओझेलमा थिए। पाण्डेले अर्थ मन्त्रालयमा कर्मचारीहरु व्यवस्थापन गर्ने क्रममा खनाललाई आन्तरिक राजस्व विभागको नेतृत्व गरेर पठाए। खनाल त्यहाँ पुग्नु अघि नै मैनालीसहितका केही अधिकारीहरुले अनुसन्धान गरिरहेका थिए। तर माथिल्लो तहको साथ बलियो नहुँदा अघि बढ्न सकेका थिएनन्। 

राजन खनाल महानिर्देशक भएपछि अनुसन्धानलाई तीव्रताका साथ अघि बढाइयो। त्यसक्रममा एकपछि अर्को गर्दै फर्ममा छापा मार्ने र सूचना संकलन गर्ने काम अघि बढ्यो। ३ महिनादेखि ९ महिनासम्मको अनुसन्धान गर्दै विभागले एकपछि अर्को कम्पनीमाथि कर निर्धारण गर्न थाले। 

यो पनिः
भाटभटेनीले ३६ फर्मबाट खरिद गर्थ्यो नक्कली बिल

नक्कली भ्याट बिल मुद्दा : भाटभटेनीसहित पाँच वटै कम्पनी दोषी ठहर
भाटभटेनी डिपार्टमेन्ट स्टोरले नक्कली बिलमार्फत राजश्व छलेको ठहर 

 

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो
कांग्रेस सभापति थापाको प्रश्न: गत वर्ष भदौ २३ मा युवामाथि भएको दमनको जिम्मेवारी कसले लिने?
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
कांग्रेस सभापति थापाको प्रश्न: गत वर्ष भदौ २३ मा युवामाथि भएको दमनको जिम्मेवारी कसले लिने? मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै मंगलबार, भदौ २३, २०८३
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्