काठमाडौं- नक्कली भ्याट बिलमार्फत् राजस्व ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका भाटभटेनी डिपार्टमेन्ट स्टोर्ससहित पाँच कम्पनी दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले आइतबार राजश्व न्यायाधीकरणको फैसला सदर गर्ने निर्णय सुनाएको हो।
ठहर हुनेमा भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिजनलगायत रहेका छन्।
गत आइबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दै सोमबारका लागि तोकिएको थियो। यो मुद्दा फैसलाका लागि अन्तिम सुनुवाइ हुँदै फैसलातर्फ अघि बढेको छ। आइतबार सबै पक्षका कानुन व्यवसायीले बहस सक्दै सरकारी पक्षले आफ्नो कुरा राख्नेछन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उक्त मुद्दा आफूसहित न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलाशमा राखेर सुनुवाइ गर्दै आएका छन्। पक्षतर्फका २ जना कानुन व्यवसायीले मात्र बहस गर्न बाँकी रहेकाले सोमबार सुनुवाइ सक्ने मनसायमा इजलाश रहेको छ।
भदौ ३० गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको यो मुद्दा यसअघि पनि ‘हेर्दाहेर्दै’मा थियो। हेर्दाहेर्दै रहेको मुद्दाको आइतबार (आज) तेस्रो पेशी हो। यसअघि कार्तिक १ गते उक्त मुद्दाको सुनुवाइ भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।