इश्लामावाद- पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभै जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन्।
पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अब्बासीको यस्तो भनाइ आएको हो। पूर्वप्रधानमन्त्री शरीफका परिवारद्वारा अवैध रूपमा ठूलो राशी समुद्रपारको व्यवसायमा लगाएको खुलासा पानामा पेपर्सले गरेपछि उनीमाथि पदीय मर्यादाविपरीत भ्रष्टाचार गरेको आरोप लागेको थियो। यसै प्रकरणमा उनले पदबाट राजीनामा दिएका थिए।
'मतदातालाई राजनीतिक निर्णय गर्न दिऊँ,' अब्बासीले भने, 'राजनीतिमा को दोषी को इमानदार भन्ने विषय जनताबाट आउने निर्णय हो। तर अदालती निर्णय होइन।' छिट्टै सम्पन्न हुने निर्वाचनमा जनताले पिएमएल–एनलाई अत्यधिक मतका साथ सशक्त शक्तिका रूपमा उभ्याउने उनले बताए।
अब्बासीको यो भनाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश मियाँ सादिक निसारसँगको भेटपछिको आफ्नो दलका समर्थकलाई गरेको सम्बोधनका क्रममा आएको हो।रासस/पिटिआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।