तेहरान- इरानको केरमानशाह प्रान्तमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी ३७ जनाभन्दा बढी मानिस घाइते भएकोे इरानका वरिष्ठ स्वास्थ्य अधिकारी मजियार तहमासेवीले जानकारी दिएका छन्। उनका अनुसार घाइतेको संख्या बढ्न सक्नेछ।
आइतबार दिउँसो स्थानीय समयअनुसार १ बजेर ३५ मिनेटमा सारपोल जहाव सहरमा केन्द्रविन्दु बनाई भूकम्प गएको हो। भूकम्प ३४.४२१ डिग्री उत्तरी अक्षांश र ४५.८०७ डिग्री पूर्वी देशान्तरमा ८ किलोमिटरको गहिराइमा गएको जनाइएको छ।
गत नोभेम्बरमा इरानमा ७.३ म्याग्निच्युडको भूकम्प जाँदा ५३० जनाको मृत्यु भएको थियो भने ८ हजार व्यक्ति घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।