बेइजिङ– जोडसँग आवाज आयो र केहि पलमा नै वरिपरीको वातावरण धुलाम्मे भयो। हेर्दा यस्तो लाग्थ्यो कि बम विष्फोट भएर आगोको ज्वाला दन्किएको हो। तर यो सब दृश्य चीनमा एक १५ तलाको भवन ढलाउँदाको हो।
पिपुल्स डेली, चाइनाले ट्विटरमा पोष्ट गरेको एक भिडियोमा करिब २० वर्ष पुरानो एक भवनलाई मात्र १० सेकेन्डमा ढालिएकाे देख्न सकिन्छ।
उक्त भवन दक्षिण पश्चिम चीनको चेंग्दु शहरस्थित एक पुरानो प्रदर्शनी केन्द्र रहेको बताइएको छ। समाचार संस्था डेली मेलका अनुसार सो भवनलाई ढलाउने क्रममा सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रहरीले पुरा इलाकालाई सिल गरेको थियो। र बम पड्काएर सो भवन ढालिएकाे थियो।
करिब १ सय ५० फिट अग्लो भवन मात्र १० सेकेन्डमा भत्काइएको दृश्य नजिकमा रहेको अर्को भवनबाट मोबाइलमा कैद गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।