काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्लाई सम्बोधन गरेकी छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेको संघीय संसद्को संयुक्त ऐतिहासिक बैठकलाई राष्ट्रपतिबाट पहिलो सम्बोधन भएको हो।
सम्बोधनका लागि उनी राष्ट्रपति भवन शीतल निवासबाट बग्गी सवारीका साथ संसद् भवन नयाँ बानेश्वर पुगेकी थिइन्। सो क्रममा विभिन्न रुटमा सवारी आवागमन प्रभावित भएको थियो।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्ष लगायतले स्वागत गरेका थिए।

राष्ट्रपतिको सवारीका कारण शीतल निवास, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, छाता गणेश, नक्साल भगवती, ल्होत्से चोक, ज्ञानेशवर चोक, रातोपुल, गौशाला, तिलगंगा, एयरपोर्ट गेट, सिनामंगल, तीनकुने, मीनभवन, बानेश्वर रुट प्रभावित भएको थियो।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।