एजेन्सी– पोर्नस्टार स्टार्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन्। सिएनएनका अनुसार सो मुद्दा डेनियल्सका वकिल माइकल एवेनट्टीले क्यालिफोर्नियास्थित अदालतमा दायर गरेका छन्।
डेनियल्सले आफ्नो र डोनाल्ड ट्रम्पको बीचमा एक दशकअघि यौन सम्बन्ध रहेको बताउँदै आएकी छन्। ट्रम्पसँगको आफ्नो सम्बन्धका बारेमा कोहेनले लगातार खन्डन गर्दै आउनु र झुटो भन्दा आफ्नो मानहानी भएको भन्दै उनले कोहेनविरुद्ध मुद्दा हालेकी हुन्।
यो मुद्दा डेनियल्सले सिबिएस न्युजसँगको साक्षात्कारपछि दायर गरिएको बताइएको छ। उक्त साक्षात्कारमा पनि डेनियल्सले एक दशकअघि ट्रम्पसँगको अन्तरंग सम्बन्धको चर्चा गरेकी थिइन्। तर वास्तविक नाम स्टीफेनी क्लिफोर्ड रहेकी पोनस्टार डेनियल्सले बताउँदै आएको ट्रम्पसँगको यौनसम्बन्धको बारेमा ह्वाइटहाउसले पनि इन्कार गर्दै आएको छ।
डेनियल्सले सोमबार दायर गरेको मुद्दा ट्रम्प, कोहेन र उनको कम्पनीलाई विपक्षी बनाएर उठाइएको पछिल्लो कदम हो। कोहेनले भनेका थिए कि सो कम्पनीको स्थापना राष्ट्रपति चुनावको अगाडि डेनियल्सलाई भुक्तानी दिन गरिएको थियो।
डेनियल्सले ट्रम्पसँगको सम्बन्धको बारेमा गरेको दावीलाई कोहेनले नकारे पनि उनलाई रकम भुक्तानी गरेको भने स्विकारेका थिए। सोमबार डेनियल्सले दायर गरेको मुद्दामा भनिएको छ– ‘कोहेनले आफ्नो कुरालाई इन्कार गर्नु एक ‘महाहानिकारक बयान’ हो। यसलाई सजिलैसँग बुझ्न सकिन्छ कि कोहेनले जे कुरा भन्न खोजिरहेका छन् त्यो यो हो कि डेनियल्स झुट बोल्दैछिन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।