• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पुरुष पलायन, महिला चलायमान

64x64
नेपाल लाइभ बिहीबार, चैत १५, २०७४  ००:४९
1140x725

ओखलढुंगा– खिजीदेम्बा ४ कातीगाउँकी कविता सार्कीका श्रीमान् बिर्खबहादुर सार्की ७ वर्षदेखि कतारमा काम गर्दैछन्। श्रीमान्ले सामान्य घरखर्च पठाए पनि बालबच्चा हुर्काउने र पढाउनेदेखि घर व्यवहार सम्हाल्ने र सामाजिक दायित्व निर्वाह गर्ने काम कविता गर्छिन्। 

उनी भन्छिन्, ‘नानीहरु हुर्काएँ। पढाउन थालेको छु। अहिलेसम्म त गाउँ समाजका सबै काम भ्याउँदैछु। सुरु–सुरुमा त म एक्लैले घर र समाजको जिम्मेवारी कसरी सम्हालुँला भन्ने डर थियो, तर अब बानी भइसकेँ।’ 

कवितालाई आप्mनो घरधन्दादेखि गाउँमा हुने विकास निर्माणसम्बन्धी छलफल र समूहको बैठक पुग्न भ्याईनभ्याई हुन्छ। 

ओखलढुंगाका धेरै महिलाको अवस्था कविताकै जस्तो छ। यहाँका अधिकांश यूवा रोजगारीका लागि अन्यन्त्र गएपछि गाउँहरु यूवा विहिन भएका छन्। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको तथ्याङ्क अनुसार विगत ३ वर्षयता मात्रै १५ हजारभन्दा बढीले राहदानी बनाएका छन्। 

चालू आर्थिक वर्षमा दैनिक १० देखि २५ जनाले जिल्ला प्रशासनबाट राहदानी बनाउने गरेको तथ्याङ्कले देखाउँछ। 

राहदानी लिनेमध्ये अधिकांश पुरुष कामका लागि विदेश जान्छन्। ‘राहदानी बनाउन आउने सबैलाई कुन प्रयोजनका लागि भनेर हामी सोध्छौं। केहीबाहेक सबै रोजगारीका लागि खाडी मुलुक जाने गरेको पाइयो,’ तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने।

नागरिकता बनाउनेमध्ये अधिकांश युवाले सोही दिन राहदानी सिफारिस लिने गरेको प्रजिअ पन्त बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

युवा विशेषगरी पुरुष नभएपछि यसअघि पुरुषले मात्र गर्ने गरेका काम महिलाले गरिरहेका छन्। कतिपयले आप्mनै व्यवसाय चलाएर अरु महिलालाई रोजगारी समेत दिएका छन्। पुरुष नहुँदा परिवार चलाउनेदेखि गाउँमा हुने विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा छलफल गरी निर्णय गर्ने काम पनि महिलाले नै गर्दै आएका छन्। 

‘यहाँका महिला जुनसुकै काममा सक्रिय र जिम्मेवार भएर लागिरहनु भएको छ,’ जिल्लास्तरीय आमा समूह सञ्जालकी सदस्य सरस्वती कट्वाल भन्छिन्, ‘महिलाले गरेका धेरै काम उदाहरणीय छन्।’

पाँच वर्षपहिले साविक कुन्तादेवी गाविसमा सडक बनाउने समितिको अध्यक्ष को हुने भनी पुरुषबीचमा ठूलो विवाद भएपछि काम अघि बढ्न सकेन। त्यसपछि निर्मला वाग्लेको अध्यक्षतामा बनेको सडक निर्माण समितिले बिनाविवाद कुन्तादेवी–मान्द्रेदोभान सडक समयमै बनायो। त्यही बेलादेखि जिल्लामा सडक निर्माणमा समान कामको समान ज्यालाको नीति लागू भयो। 
जिल्लाको सदरमुकाम बजारमा अम्बिका श्रेष्ठसहितका महिलाको नेतृत्वमा मन्दिर बन्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खिजीदेम्बा ४ कि वडाध्यक्ष आङ्पसि शेर्पा अहिले नमूना वडाध्यक्ष भनेर चिनिन्छिन्। गाउँपालिकाको पहिलो गाउँसभाबाट विनियोजन भएको बजेटबाट गाउँमा सडक निर्माण गरेर गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने काम उनकै नेतृत्वमा भयो। 

महिलाको सक्रियतामा यस्ता थुप्रै काम भएका छन्।

पुरुष मात्रले गर्ने भनिएका काम पनि ओखलढुंगाका महिलाले गर्न थालेका छन्। अधिकांश गाउँका महिला आफैं गोरु नारेर खेतबारी जोत्छन्। ‘बुढा मलेसियामा छन्, छोराहरु शहरमा बसेर पढ्छन्, गाउँको खेत बाँझो राख्न मिलेन। म आफैं जोत्दैछु,’ लिखु गाउँपालिकाकी धनकुमारी सुनुवारले भनिन्। शुरुमा उनले हलो जोतेको देखेर गाउँका सबैले खिल्ली उढाउँथे। अहिले अरुले पनि उनको सिको गरेका छन्। 

गाउँमा कोही मान्छे मरेमा मलामी जान समेत युवा पाइँदैनन्। तर, यहाँका महिलाले महिला मलामी जान नहुने भन्ने पुरानो परम्परा पनि तोडेका छन्। बलखुकी उर्मिला राईले भनिन्, ‘पहिले–पहिले महिलाहरु मलामी जानुहुँदैन भन्ने चलन थियो तर अहिले महिला नै अघि नसरी हुँदैन।’ 

मलामी जाने मात्रै होइन बाबु–आमाको काजकिरिया समेत छोरीहरुले गर्न थालेका छन्। ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले गएको मंसिरमा आप्mना बुबाको किरिया गरिन्। उनका दाजुभाइ थिएनन्। ठूलो बुबा, काका पनि गाउँमा नभएपछि इन्दिराले त्यसो गरेकी हुन्। 

२०७२ सालको भूकम्पले महिलाको काँधमा झन् ठूलो जिम्मेवारी थपिदिएको छ। भूकम्पपछि अस्थायी बसोबासको चाँजोपाँजो मिलाउन लागिपरेका महिला अहिले घर बनाउन जुटेका छन्। ओखलढुंगामा भूकम्पपछि २ हजार ३ सय जनाले घर बनाउने तालिम लिएकोमा ९ सय ६० जना महिला थिए। सिकर्मी, डकर्मी तालिम लिएर उनीहरु अहिले घर बनाउँदैछन्। ‘काम पनि सिकियो, घर पनि बनाइयो,’ प्राप्चाकी दीपा फुयाँलले भनिन्। 

‘यहाँका महिलाको जोश र जाँगर एकदमै रहर लाग्दो छ, महिला अघि बढेकैले पुनर्निर्माणले गति लिएको छ,’ पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख युवराज खरेलले भने। भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये ओखलढुंगा सबैभन्दा बढी प्रगति भएको जिल्लामा परेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ। 

जिल्ला, गाउँपालिका र गाँउमा रहेका आमा समूहका सञ्जालमा हरेक महिना बैठक बस्ने, चेतनामूलक कार्यक्रम चलाउने, महिलालाई विभिन्नखाले स्वास्थ्य तथा सरसफाइ र सीपमूलक तालिम दिने लगायतका काम महिलाकै नेतृत्व र सहभागितामा हुने गरेका छन्। 

गाउँगाउँमा रहेका महिला तथा आमा समूह र अन्य समूहमा आबद्ध भएर महिला सक्रिय भएकाले राज्यले सञ्चालन गरेका कार्यक्रममा टेवा पुगेको गाविस (हालको वडा) सचिव तथा सचिव हकहित संरक्षण केन्द्रका केन्द्रीय सदस्य ईश्वर ढुंगानाले बताए। 

२०६४ सालमा ओखलढुंगाको खिजीचण्डेश्वरी गाविसमा पहिलो पटक आमा समूह गठन भएको थियो। अहिले जिल्लाभर सबै गाउँ टोलमा गरेर ८० भन्दा बढी समूह क्रियाशील छन्। ती समूहमा जिल्लाका ९९ प्रतिशत महिला आवद्ध भएको महिला विकास कार्यालयको तथ्याङ्कले देखाउँछ। समूह र समितिमा आवद्ध भएपछि महिलामा समस्या केन्द्रित छलफल गर्ने र सम्पती बचत गर्ने बानी बसेको छ। 

महिला विकास कार्यालयका निमित्त प्रमुख सरिता तामाङ भन्छिन्, ‘महिलाहरु विभिन्न समूहमा आवद्ध हुनुहुन्छ। उहाँहरुले आफ्ना समस्याबारे खुलेर कुरा गर्नुहुन्छ र समाधान पनि खोज्नुहुन्छ।’ ओखलढुंगाका आमा तथा महिला समूहहरु प्रजनन् स्वास्थ्य, हिंसा र अन्य विकास निर्माणका विषयमा समेत छलफल गर्ने थलो भएका छन्।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४  ००:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्