• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आरोपित युवकले भने- इज्जतसँग खेलबाड गर्नु महापाप हो [भिडियो]

64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  १८:४४
1140x725

काठमाडौं- ‘मिडियाका साथीहरू म केही कुरा राखौं?’ 

मोडलका नाममा युवतीलाई भारत पुर्‍याएर बली चढाई मार्न खाजेको आरोपमा पक्राउ परेका उमेश साहले पत्रकारमाझ सार्वजनिक गरेको बेला केही बोल्ने अनुमति मागे।

‘फोटो अहिले नलिनू। म केही कुरा राख्न चाहान्छु,’ आरोपित साहले बुलन्द स्वरमा प्रहरीकै अगाडि भने। त्यसपछि केही बेर धाराप्रवाह रुपमा उनी बोले।

‘हामीलाई बेकसुरमा ल्याएको छ। एउटा फोन टेस्टको भरमा हामीलाई ल्याएको छ। के प्रमाण पायो त?’ उनको प्रश्न थियो।

उनले सञ्चारकर्मी र प्रहरीलाई अर्को गम्भीर आरोपसमेत लगाए। बिनाकसुर आफ्नो इज्जत लुटिएको उनको आरोप थियो। त्यो पीडा उनले प्रहरी र सञ्चारकर्मीकै अगाडि पाखे।

‘पत्रिकामा निकालेछ। हाम्रो पनि इज्जत हुन्छ। यसरी इज्जतसँग खेलबाड गर्नु महापाप हो,’ बिनाकसुर पक्राउ गरेर इज्जतमाथि खेलबाड गरिएको चित्कार उनको थियो।

‘किन लगेको हो? केही पनि थाहा छैन। जबरजस्ती हामीलाई समातेर यहाँ ल्याएछ। पत्रिकामा निकालेछ। कुन मानवताले हामीलाई यसो गरेछ,’ मुखमा मास्क लगाइरहेका उमेशले प्रहरीकै अगाडि आक्रोश पोखे।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि सादा पोशाकका प्रहरी आएर उनलाई नबोल्न भने। तर उनले बोल्न छाडेनन्। आफू निर्दोष भएको दाबी उनले निरन्तर गरिरहे।

‘हामीले मिडियामा यो कुरा फ्ल्यास गर्नैपर्छ। म पनि मिडियाको मान्छे हो के। अपराधी हो भने प्रमाण देखाउन सकोस्। अपराधी प्रमाणित भएको अवस्थामा कानुनको दायरामा रहेर सजाय भोग्न तयार छु,’ आफूलाई लागेको आरोप प्रमाणित गर्न उनले प्रहरीलाई चुनौती दिए। 

त्यसपछि प्रहरीले उनीहरुलाई बोल्नै नदिई हिरासत लग्यो। 'बोल्नै नदिई हस्तक्षेप गर्न पाइँदैन' भन्दै उनले विरोध जनाए। लगाएको मास्क खोलेर भने, ‘अब फोटो खिच्नुस्। मेरो नाम उमेश साह हो।’

एक युवतीलाई मोडल बनाउने भन्दै भारत पुर्‍याएर बली दिन लागिएको आरोपमा पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार सार्वजनिक गर्ने क्रममा उमेश साहले बोलेका शब्द हुन् यी। 

सप्तरीका ४० वर्षीय साहसँगै नवलपरासी कावासोती-१ का २६ वर्षीय कृष्ण तामाङ, सप्तरीकै सप्तकोशी–११ का ३५ वर्षीय उमेश माझी, दाङको घोराही-१० की २४ वर्षीया दिलकुमारी बुढामगर, विराटनगर–८ का दिलिप पोद्दार, धादिङ खनियाबास–२ का २३ वर्षीया प्रेमा तामाङ र सुनसरी गढी नगरपालिका–१ का ३७ वर्षीय रञ्जीतकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो। 

प्रहरीले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार एक जना ६ फिट उचाई भएकी युवतीलाई शुरुमा काठमाडौमा मोडलिङ सिकाउने र त्यसका लागि अनिवार्य ६ फिट उचाई हुनुपर्ने सर्त थियो। यिनै सर्त देखाउँदै अहिले पक्राउ परेकी प्रेममायाले एक युवतीलाई यसको अवसरको बारेमा बताएकी थिइन्।

‘मोडलिङ गरेपश्चात् राम्रो रकम पाउने प्रलोभनमा परी पीडित युवतीले प्रस्ताव स्वीकार गरेको देखिन्छ,’ पत्रकार सम्मेलनमा एसपी अशोक सिंहले बताए। प्रहरीका अनुसार प्रेममायाले पीडित युवतीको ६ फिट उचाई नापी त्यसको भिडियो विराटनगरमा उमेश शाहलाई पठाएकी थिइन्।

उमेशले स्वीकृत गरेपछि ती युवतीलाई विराटनगर लैजाने योजना थियो। युवतीलाई महिनावारी भए/नभएको, घाउ/चोटपटक, अप्रेसन गरे नगरेको सोधपुछ भएपछि युवतीका परिवारले शंका लागेर परिसरमा पुस ४ गते उजुरी दिएका थिए। परिसरबाट खटिएको प्रहरी टोलीले युवतीको पिछा गर्दै विराटनगरसम्म पुगेर घटनाको अनुसन्धान गरेको प्रहरीले जनाएको छ। 

ती युवतीलाई कृष्ण तामाङले काठमाडौबाट विराटनगर जान पुस ६ गतेको हवाई टिकट काटिदिएका थिए। उनले २६ हजार रुपैयाँसमेत ती युवतीलाई पठाएको देखिएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। निर्धारित टिकटमा युवती विराटनगर जान सम्भव नभएपछि बुद्ध एयरको फ्लाईटबाट दिल कुमारी बुढाको साथमा ती युवती पुस ७ गते विराटनगर पुगेकी थिइन्। 

विराटनगर विमानस्थलमा कृष्ण तामाङ र उमेश साहले ती युवतीलाई भेटी भ्यानमा राखेर रामजानकी मन्दिरको खाजाघरमा लगेर राखेको प्रहरीको दाबी छ। त्यसपछि विराटनगर जलजलाचोकस्थित कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र ६ बुक गरी पीडित युवतीको पुनः उचाईलगायत महिनावारी भए/नभएको, घाउ/चोटपटक, अप्रेसन गरे/नगरेको जाँच गरिएको थियो। 

त्यसपछि केही समयमा आउने गरी कृष्ण र उमेश बाहिर निस्किएका थिए। उनीहरु युवतीलाई तान्त्रिक पूजाका लागि बोर्डर पारी लगी पूजा गराउने भनी उमेश माझी, रञ्जीतकुमार चौधरी, दिलिप पोद्दारले छलफल गरेको प्रहरीले जनाएको छ। पूजाका सामाग्रीसहित पीडित युवतीलाई मोडलिङको लागि आवश्यक सामान कपडा किनाउने बहानामा भारतको जोगवनी हुँदै पारी लैजाने योजना बन्दै थियो। सोही अवस्थामा विराटनगर फुलचोक बुढीगंगा–१ बाट घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ। 

घटनामा संलग्न भएको आरोपमा प्रेममाया तामाङलाई भने सितापाइलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूले मोटो आर्थिक रकम पाउने आशमा ६ फिट उचाई भएको युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाका लागि बोर्डर पार गराउने योजना बनाएको देखिएको प्रहरीले दाबी गरेको छ। 

घटनाका मुख्य योजनाकार दिलिप पोद्दारलाई भारत विहारको मन्दिरको बाबालगायत अन्य व्यक्तिहरुले पैसा दिई सम्पर्क गरेको देखिएको प्रहरीले जनाएको छ। प्रेमा र कृष्णले ५ लाख पाउने आश्वासन पाएको र अन्य व्यक्तिहरुले पनि ठूलो रकम पाउने लोभमा युवतीलाई बलीका लागि भारत लैजाने योजना बनाएको प्रहरीले पत्रकार सम्मलेनमा जानकारी दिएको थियो।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। तर पक्राउ परेकामध्ये उमेश साहले भने आफू निर्दोष रहेको दाबी गरेका छन्। प्रहरीले भने उनी घटनामा प्रत्यक्ष संलग्न रहेको देखिएकाले नै पक्राउ गरिएको जनाएको छ।

पक्राउ परेका साहको भनाइ भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए आइतबार, असोज ४, २०८३
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
महेश बस्नेतको दाबी : ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति आइतबार, असोज ४, २०८३
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्