• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाली भाषाको मोह : सात समुद्रपारि सिकाइँदैछ कखरा

64x64
नेपाल लाइभ शनिबार, चैत ३, २०७४  ०३:४०
1140x725

थाइल्यान्ड- सात समुद्रपारिको भव्य जीवनशैलीमा रमाए पनि आफ्नो जन्मभूमि र मातृभूमिको अगाध प्रेमलाई कसले बिर्सन सक्छ र! जति टाढा भयो राष्ट्रप्रेमप्रतिको मोह उति नै उर्लिएर आउँछ। चाहे त्यो राष्ट्रिय झन्डामा होस् या राष्ट्रभाषामा। या विश्वले नेपालको पहिचान गर्ने सगरमाथामा नै किन नहोस्।

नेपालीहरु नपुगेको देश सायदै होला। थाइल्यान्डका नेपालीहरु भने नेपाली भाषा लोप हुन नदिन आफ्ना सन्ततिलाई कखरा सिकाइरहेका छन्।

पितापुर्खाले बोल्दै आएको नेपाली भाषा संरक्षण, संवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्न यहाँका नेपालीभाषीहरुले आफ्ना नानीबाबुहरुलाई नेपाली भाषाको ज्ञान दिन थालेका हुन्। नियमित विद्यालय बिदा भएको समयमा पाठशाला नै सञ्चालन गरेर उनीहरुले नेपाली भाषा र साहित्यको अध्ययन गराउँदै आएका हुन्।

नेपाली भाषा पाठशाला सञ्चालन गर्ने कार्य थाई नेपाली संघको अगुवाइमा भएको हो। पितापुर्खाले बोल्ने भाषा भावी पुस्तामा लोप नहोस् भन्दै संघले आफ्ना छोरा–छोरीलाई यस्तो पाठशाला सञ्चालन गर्दै आएको थाई नेपाली संघका अध्यक्ष कुमार कार्की बताउँछन्। 

नेपाली भाषा अध्ययन सहज र व्यवस्थित गर्नका लागि संघले अलग्गै भाषा विभागसमेत गठन गरेको छ। हरेक वर्षझैं यो वर्ष पनि मार्च १२ देखि नेपाली भाषा कक्षा सञ्चालनमा आएको छ। 

हाल श्रीपोट र सियक बानखेकमा नेपाली भाषा पाठशाला सुरु भएको शिक्षा विभागका सचिव दीपक पराजुलीले बताए। 'मार्च १९ देखि अन्य पाठशालामा पनि पढाइ सुरु गर्ने तयारीमा छौं,' उनले भने, 'यो वर्ष संघले २० स्थानमा यस्ता पाठशाला सञ्चालन गर्दैछ।'

Ncell 2
Ncell 2
nimb
nimb

हालै सम्पन्न संघको पहिलो वार्षिकोत्सवले नेपाली भाषा अध्ययनको दायरा फराकिलो पार्दै जाने निर्णय गरेको थियो। संघले नेपाली भाषा-साहित्यलाई स्नातकसम्म लागू गराउने लक्ष्यसमेत तय गरेको छ। गत वर्ष नेपाली भाषा पाठशालामा ५ सय विद्यार्थीले भाग लिएका थिए। यो वर्ष पनि सोही संख्यामा विद्यार्थी हुने अनुमान गरिएको सचिव पराजुलीले बताए। 'पाठशालामा बर्मा आएका र थाई बसोबास गर्दै आएका थाई भाषा पढ्ने विद्यार्थी पनि समावेश हुनेछन्,' उनले भने। नेपाली कक्षा बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। मार्चदेखि मे १५ सम्म यस्तो पाठशाला सञ्चालन हुने उनले बताए।

संघले नेपालको सामुदायिक विद्यालयका लागि सरकारले प्रकाशन गरेका पाठ्यक्रम अध्ययन गराउने गरेको छ। पराजुलीका अनुसार १-५ कक्षाका विद्यार्थीका लागि जनक शिक्षाको पिडिएफ डाउनलोड गरेर र ६-१० कक्षाका विद्यार्थीका लागि नेपालबाट पाठ्यपुस्तक मगाएर अध्ययन गराउने गरिएको छ।

१२ वर्षदेखि भाषा संरक्षण अभियान
थाइल्यान्डमा यसरी नेपाली भाषाको अध्ययन सुरु भएको १२ वर्ष पुगेको छ। थाई नेपाली संघ स्थापना हुनुअघि छिटपुट रुपमा नेपाली पाठशाला सञ्चालन हुँदै आएका थिए। तर संघको स्थापना भएपछि अनिवार्य रुपमा यसलाई लागू गरिएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजधानी बैंककमा रहेका १० विद्यालयबाट कक्षा २ देखि माथिका सबै विद्यार्थीहरुलाई एकै स्थानमा भेला गराएर परीक्षा लिइने चलन रहेको छ। अन्य स्थानमा भने सम्बन्धित पाठशालामै परीक्षा सञ्चालन हुने गरेको छ। यसरी परीक्षामा समावेश भएका विद्यार्थीहरुबाट उत्कृष्ट हुनेलाई शिक्षा दिवस कार्यक्रममा सम्मान गर्ने गरिएको छ। यस्तै कक्षा २ देखिमाथिका उत्कृष्ट विद्यार्थीहरुको समेत घोषणा गरिन्छ। त्यसपछि उनीहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम दिइन्छ। 

अप्रिल ७ देखि १३ तारिखसम्म नेतृत्व विकासको तालिम सञ्चालन गर्ने गरिएको छ। यो वर्षदेखि थाइल्यान्डस्थित नेपाली राजदूतावासले पनि नेपाली भाषा अभियानमा चासो दिएको छ। दूतावासले शिविरको मौकामा यस पटक हाजिरीजवाफ कार्यक्रम राखेको छ। प्रत्येक वर्ष यसलाई निरन्तरता दिने तयारी दूतावासको छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ०३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्