• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २८, २०८३ Sun, Jul 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बढ्दो सवारी दुर्घटनाः कारण के? जिम्मेवार को?

64x64
नारायण अधिकारी आइतबार, मंसिर २९, २०७६  १८:३२
1140x725

काठमाडौं- पछिल्ला महिनामा नेपाली सडकमा सवारी दुर्घटनाको दर भयावह देखिएको छ। सवारी दुर्घटनामा परि हरेक वर्ष २३ सयभन्दा बढीले ज्यान गुमाउँदै आएका छन्। गएको दुई महिनाको तथ्यांक हेर्ने हो भने सिन्धुपाल्चोकमा मात्र ५० भन्दा बढीको मृत्यु भएको छ।

मंसिर १७ गते बागलुङमा भएको जिप दुर्घटनामा १० जनाले, मंसिर ११ गते अर्घाखाँचीमा भएको बस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए। म्याग्दीको मालिका गाउँपालिका–७ मा भएको बस दुर्घटनामा ४ जना विद्यार्थीको मृत्यु भयो। यीबाहेक साना दुर्घटनामा दैनिक जसो एक/जनाले ज्यान गुमाइरहेका छन्। आइतबार बिहान पनि सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १४ भन्दा बढीले ज्यान गुमाइसकेका छन्। 

बागलुङमा भएको जिप दुर्घटना

दुई महिना अवधिमा सिन्धुपाल्चोकमा ४ ठूला सवारी दुर्घटना हुँदा ५० भन्दा बढीको ज्यान गएको छ भने १ सय ७० भन्दा बढी घाइते भएका छन्। २४ असोज २४ मा इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए। त्यस्तै १४ कात्तिकमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो। दोलखाबाट आएको बस कात्तिक १७ मा सिन्धुपाल्चोकमै दुर्घटना हुँदा १७ जनाभन्दा बढीले ज्यान गुमाएका थिए। 

ट्राफिक प्रहरीका अनुसार सबैभन्दा बढी दुर्घटना चालककै लापरबाहीले हुने गरेको छ। देशभरको सवारी दुर्घटनाको विश्लेषणसमेत प्रहरी प्रधान कार्यालयले गर्दै आएको छ। प्रहरीको तथ्यांकले गत आर्थिक वर्षमा भएका कुल १३ हजार ३ सय ६६ दुर्घटनामध्ये ९ हजार ९ सय १९ दुर्घटना चालकको लापरबाहीका कारण भएको देखाएको छ। यो दुर्घटनाको कारकमा चालकको हिस्सा ७४ दशमलव ३ प्रतिशत हो। 

सवारी दुर्घटनाका कारण हरेक वर्ष करिब २३ सय जनाले ज्यान गुमाउने गरेका छन्। यीमध्ये ७४ प्रतिशतको ज्यान चालककै लापरबाहीका कारण गएको छ। यसरी चालककै लापरबाहीको कारण प्रतिवर्ष १ हजार ७ सय भन्दा बढीले ज्यान गुमाउने गरेको पाइएको छ। त्यसैगरी तीव्र गति, मादक पदार्थ सेवन ९मापसे०, ओभरटेक, मेसिन खराबीलगायतका कारण दुर्घटना हुँदै आएका छन्। छाडा चौपाया तथा जंगली जनावरका कारण पनि दुर्घटना हुँदै आएका छन्। 

सिन्धुपाल्चोकमा मंसिर २९ गते भएको बस दुर्घटना

यान्त्रिक कारणको बेवास्ता 

सवारीको मेकानिकल परीक्षण गर्न सरकारले २०६८ मा भेइकल फिटनेस टेस्ट सेन्टर ९भिएफटिसी० सञ्चालन गर्ने निर्णय गरेको थियो। तर उक्त सेन्टर हालसम्म पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। जसका कारण सवारी दुर्घटना न्यूनिकरण गर्ने सरकारी योजना अलपत्र छ। सवारी दुर्घटनाको मुख्य कारण मध्येको एक यान्त्रिक कारण हो। सार्वजनिक सवारीको यान्त्रिक परीक्षण हरेक ६ महिनामा गर्नुपर्ने कानुनी व्यवस्था छ। तर हालसम्म यो कार्यान्वयनमा आउन सकेको छैन। जसका कारण सवारी दुर्घटना बढेको सरोकारवालाको भनाइ छ। सवारी ऐनले सार्वजनिक सवारी हरेक ६ महिनामा जाँच गर्नुपर्ने व्यवस्था गरेको टेकूस्थित सवारी परीक्षण कार्यालयका प्रमुख रामचन्द्र पौडेलले बताए। ‘कानुनले व्यवस्था गरेको भए पनि हालसम्म कार्यालयले टेम्पो, ट्याक्सी र माइक्रो बसले मात्र परीक्षण गराउँदै आएका छन्,’ उनले भने, ‘गर्नु पर्ने सबै सार्वजनिक सवारीले हो तर त्यसो हुन सकेको छैन।’ भिएफटिसीबाट हाल दैनिक सरदर ५० वटा सवारीले मात्र परीक्षण गराउँदै आएको उनले बताए। 

अर्घाखाँचीमा भएको जिप दुर्घटना

सवारी दुर्घटना हुनुमा चालक, बाटो, यान्त्रिक गरि तीन कारणलाई मुख्य मानिन्छ। विश्वका विभिन्न देशमा भएको अध्ययनअनुसार १२ प्रतिशत यान्त्रिक कारणले दुर्घटना हुने गरेको तथ्यांक छ। तर नेपालको सन्दर्भमा भने यो बढी हुनसक्ने पौडेलले बताए। ‘हाम्रो देशमा कुन कारणले धेरै दुर्घटना भएको हो भन्ने अध्ययन त भएको छैन,’ उनले भने, ‘तर नेपालमा सहरी क्षेत्रमा चलेर पुराना भएका सवारी ग्रामीण क्षेत्रमा चलाइने भएकाले दुर्घटनामा यान्त्रिक कारण धेरै हुनसक्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

हाल भिएफटिसीमा पनि मेसिनबाट नभइ म्यानुअल्ली परीक्षण भइरहेको कार्यालयले जनाएको छ। परीक्षण केन्द्रबाट सवारीको ब्रेक फोर्स कति छ, एक्सएल लोड कति, टायरको स्लिम कतिजस्ता प्रविधिक कुरा देखिन्छ। यसरी परीक्षण गरिएका सवारी ब्रेक फेल हुने, टायरमा समस्या आउनेलगायत कारणले दुर्घटना हुनबाट जोगाउँछ। तर नेपालमा त्यस पाटोमा कुनै चासो दिइएको पाइदैन। आधुनिक फिटनेस सेन्टरमा जाँच गर्दा सवारीको अगाडि र पछाडिको पांग्रामा कति भार हुनु पर्ने, सवारीको क्षमताअनुसार भार बोक्दा ब्रेकले काम गर्छ या गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन ९पाँग्राको साइड स्लीप०, हर्न, हेडलाइट लगायतको पूर्णता आउँछ र सवारीको अवस्था थाहा हुन्छ। 

विदेशमा सवारी परीक्षणको सर्टिफिकेटविना सवारी गुडाउन नपाइने प्रावधान छ । तर नेपालमा हालसम्म सवारी परीक्षण ‘धामीले नाडी छामेर बिरामी उपचार’ गरेझैं हेरेर प्राविधिक जाँचपास गर्ने गरिएको छ। 

बाटोको डिजाइनमै त्रुटी 

विगतमा उपभोक्ता समिति र जिविसले खनाएको बाटो डोजर ड्राइभर इन्जिनियरिङमा आधारित रहेर बनाइएको थियो। यस्ता बाटोमा ट्रयाक खुल्नेबित्तिकै सवारी चलाउन थालियो। बाटोमा बनेका टर्निङहरु सवारीको टर्निङ रेडियस स्ट्यान्डर्ड अनुसार छ छैन, सवारीको क्षमता अनुसारको उकालो बनेका छन् वा छैनन् भन्ने विषयमा न त यातायात व्यवस्था विभागले अध्ययन गरेको छ, न त सवारी व्यवसायीले नै। 

ग्रामीण बाटोको रुट कायम गर्दा अध्ययन गरेरमात्र गरिनु पर्ने कानुनी व्यवस्था छ। तर अध्ययनविनै अस्थायी रुट दिने गरिएको छ। यातायात व्यवस्था विभागले २०७४ चैतमा यातायातमा रहेको सिण्डिकेट हटाउँदै कम्पनीमार्फत् सवारी चलाउनका लागि रुट अध्ययन ष्गर्ने भनिए पनि आजसम्म गर्न सकेको छैन। ग्रामीण बाटोको अस्थायी रुट प्रमुख जिल्ला अधिकारीको अध्यक्षताको समितिले दिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘स्थानीयको माग हुन्छ, व्यवसायी पनि सवारी गुडाउन आतुर हुन्छन् त्यस्तै दबाबमा समितिहरुको अस्थाई बाटो इजाजत कायम हुने गरेको छ,’ उनले भने। यस्तो अवस्थाले समेत दुर्घटना निम्ल्याउने गरेको हमालले बताए। 

सरकारको मौनता 

एउटै सवारी दुर्घटनामा पचासौं जनासम्मको मृत्यु हुने गरेको छ। सवारी दुर्घटनाको यस्तो भयावह अवस्थामा समेत सरकारले कुनै कदम चालेको देखिँदैन। प्रहरीले दुर्घटनाको अवस्था हेरेर कारण सार्वजनिक गर्ने बाहेकको अर्को काम हुन सकेको छैन। भएका कानुन पालनामा समेत सरकारी उदासिनता देखिन्छ। दुर्घटनाको मुख्य कारक के हो भन्ने विषयमा सरकारले हालसम्म कुनै वैज्ञानिक अध्ययन गरेको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक सुरक्षासम्बन्धी युनिट नै बनाएको छ। तर त्यहाँबाट समेत ठोस काम भएको देखिँदैन। सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयन गर्ने निकाय यातायात व्यवस्था विभाग सूचना प्रकाशित गर्नैमा सीमित भउको छ। 

आवश्यक कदम चाल्छौंः विभाग 

बढ्दो दुर्घटना न्युनिकरण गर्न आवश्यक कदम चाल्ने यातायात व्यवस्था विभागले जनाएको छ। विभागले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको र केही कुरा कानुनी रुपमै सुधार गर्नुपर्ने देखिएको महानिर्देशक हमालले बताए। ‘सार्वजनिक सवारी चालकलाई अझ बढी जिम्मेवार बनाउनु पर्ने देखिएकाले संघीय ऐनमा त्यो व्यवस्था गर्छौं,’  उनले भने, ‘अहिले भएका दुर्घटनाको प्रकृति हेर्दा चालक, व्यवसायी नै धेरै जिम्मेवार छन्, तिनलाई सचेत बनाउनु पर्छ।’  आफ्नो सवारीमा हुनसक्ने यान्त्रिक अवस्थाबारे चालकलाई थाहा भयो भने दुर्घटना हुनबाट जोगाउन सकिने हमालको भनाइ छ। यात्रुहरु पनि सचेत हुनुपर्ने उनको तर्क छ। 

प्रदेश सरकार, स्थानीय र केन्द्र सरकार सबैलाई यातायात व्यवस्थापनको अधिकार छ। स्थानीय तहले र प्रदेश सरकारले आफ्नो सीमामा चल्ने सवारीको अवस्था, सञ्चालन गर्ने रुट लगायतमा चासो दिनु पर्ने हमालले बताए। कानुनी त्रुटी विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले यात्री इन्कार गर्न नपाइने व्यवस्था गरेको छ। 

मध्यम, लामो तथा एक्सप्रेस सेवा बाहेकका सवारीले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउने आसय छ । १ सय किलोमिटरभन्दा कम दुरीमा चल्ने सार्वजनिक सवारीमा खाली भएसम्म सवारी बोक्न इन्कार गर्न नपाइने कानुनी व्यवस्था हुँदा व्यवसायीले क्षमताभन्दा दोब्बर÷तेब्बरसम्म यात्रु राख्ने गरेका छन्। पछिल्लो समय भएका दुर्घटनाको मुख्य कारक पनि अधिक यात्रु नै हो। विद्यमान कानुन नै पूर्णरुपमा कार्यान्वयन हुने हो भने पनि सवारी दुर्घटना निक्कै कम हुने देखिन्छ। 

लामो दूरीमा चल्ने सवारीमा दुई चालक अनिवार्य हुनुपर्ने, ४ घण्टा गुडेपछि आधा घण्टा सवारी रोक्नु पर्ने, सार्वजनिक सवारीको यान्त्रिक परीक्षण हरेक ६÷६ महिनामा गर्नुपर्ने र ट्राफिक प्रहरीले भएको कानुन कार्यान्वयनमा तदारुकता देखाउने हो भने दुर्घटना कम गर्न सकिने सरोकारवालाहरुको भनाइ छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे आइतबार, असार २८, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, असार २८, २०८३
अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
अमेरिकाले फेरि गर्‍याे इरानमाथि हवाई हमला आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्