काठमाडौं– कर्णाली शिवराज एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शुक्रबार फाइनलमा प्रवेश गरेको । कर्णालीले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने छ । अन्नपूर्ण शुक्रबारै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । अन्नपूर्णले १२ अंकसाथ लिगको शीर्ष स्थान ओगटेको थियो ।
६ टिम सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान छ । त्यस्तै, लिगमा दोश्रो र तेश्रो स्थानमा रहने टोलीले फाइनल पुग्नलाई प्लेफ खेल्नु पर्ने थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको त्यही प्लेअफमा कर्णालीले काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । कर्णाली २५–२१, २०–२५, २५–२३ र २५–२२ ले विजयी भयो । कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ घोषित भए । लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।