काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको विवाद अन्त्य गर्न आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पाँच बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।
विशेष महाधिवेशनको परिधिभित्र रहेर दुवै कार्यसम्पादन समितिलाई एकीकृत गर्नेदेखि १५औं महाधिवेशनको मिति एक महिना पछि सार्नेसम्मका प्रस्ताव केसीले राखेका छन् ।
केसीले देउवा नेतृत्वमा रहेको पुरानो कार्यसम्पादन समिति र हालको कार्यसम्पादन समितिलाई सभापति गगन थापाको नेतृत्वमा एकीकृत गर्नुपर्ने, विधानका सम्बन्धित धारा निलम्बन गरेर भए पनि आवश्यकताका आधारमा केन्द्रीय कार्यसमितिको आकार बढाउनुपर्ने, महाधिवेशनको सम्पूर्ण जिम्मेवारी केन्द्रीय कार्यसम्पादन समितिलाई दिइनुपर्ने केसीको प्रस्तावमा उल्लेख छ ।
त्यसैगरी निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा आवश्यकताअनुसार थपघट गरेर महाधिवेशनको निष्पक्षताको प्रत्याभूति गराउने र १५औं महाधिवेशनको मिति एक महिना पछि १७–१९ कात्तिकमा तोक्नुपर्ने प्रस्ताव गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।