काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा समसामयिक विषयसँगै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ।
बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, उपचार र राहतका कामलाई निरन्तरता दिइरहेको छ। बैठकले बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।