• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २६, २०८३  २०:०३
1140x725

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र पारिएको छ। नेपाली सेनाले शुक्रबार साँझसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप ३० जनाको उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार भदौ २६ गते १७ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका ३० सहित हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८५४ जना नेपाली र २८३ जना विदेशी छन्।

बाढीमा पुरिएका तथा प्रभावित जलविद्युत् आयोजनाका टनेलमा समेत खोजी तथा उद्धार कार्य जारी छ। रसुवागढी जलविद्युत् आयोजनामा नेपाली तथा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ।

लाङटाङ हाइड्रोमा नेपाली सेनाको टोलीले टनेलभित्र खोजी गरिरहेको छ भने चिलिमे हाइड्रोमा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले टनेलभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ। Heavy Equipment लैजान टनेलसम्म पुग्ने बाटो निर्माणसमेत सम्पन्न गरिएको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित Audit-1 टनेलमा नेपाली सेनाको टोलीले ड्रोनमार्फत करिब २०० मिटर आसपासको क्षेत्रमा रेकी गरी खोजी गरिरहेको छ। हालसम्म त्यहाँबाट कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ।

त्यस्तै, त्रिशूली–३ए को पावरहाउस तथा टनेल क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ भने त्रिशूली–३बीमा पनि संयुक्त टोलीबाट खोजी कार्य जारी छ।

प्रभावित क्षेत्रमा पैदल गस्ती र स्वास्थ्य सेवा

सेनाले रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत विभिन्न प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोजी कार्यलाई निरन्तरता दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्याफ्रुबेसी होल्डिङ सेन्टरमा बाढी प्रभावितका लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट शुक्रबार ५४ जनाले स्वास्थ्य सेवा लिएका छन्। त्यस्तै, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज ८५ जनाले स्वास्थ्य सेवा पाएका छन्।

सेनाका अनुसार यी स्वास्थ्य केन्द्रबाट हालसम्म ३ हजार ६६५ जनाले स्वास्थ्य सेवा लिइसकेका छन्।

८ हजार ७ सयभन्दा बढी सेना प्रत्यक्ष खटिए

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।

उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत तथा उपचारका कामलाई समन्वयात्मक रूपमा अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आ... शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार नेपाली सेनाका अनुसार भदौ २६ गते १७ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका ३० सहित हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ। उद्धार... शुक्रबार, भदौ २६, २०८३
भोटेकोसी विपदपछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुनविपरीत गैरस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्