• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता !

64x64
प्रदीप सत्याल बिहीबार, भदौ २५, २०८३  २०:१९
1140x725

विपत्तिले राज्यको क्षमता मात्र होइन, राजनीतिक र सामाजिक संस्कारसँगै नागरिक चेतनाको स्तरसमेत एकैपटक परीक्षण गर्दोरहेछ। सँगसँगै विकासको मोडल, सञ्चारमाध्यमको जिम्मेवारी र समाजको सामूहिक मनोविज्ञानलाई समेत गहिराइमा परीक्षण गर्छ। भर्खरै नेपाल–चीन सीमाना नजिकै हिमपहिरो तथा हिमताल फुटेर सिर्जित आकस्मिक बाढीले यही कठोर परीक्षा लिइरहेको प्रतीत हुन्छ।

अकल्पनीय वेग र बहावमा आएको बाढीले मानवीय जीवनमा पुर्‍याएको क्षति त अपूरणीय छ नै, कठिन हिमाली भूगोलका कारण धेरै बस्ती, सडक, पुल र पूर्वाधारको पहुँचसमेत टुटेको छ। यसले उद्धार र राहत पुर्‍याउने प्रक्रियामा असाधारण चुनौती थपेको स्वयंसेवकहरूको अनुभव छ।

यो सामान्य बाढी वा पहिरोको घटना थिएन। यसको प्रकृति, भौगोलिक प्रभाव र मानवीय क्षतिको गम्भीरतालाई हेर्दा यसलाई जलवायु परिवर्तनसँग जोडिएको विपत्ति र भविष्यमा आउन सक्ने महाविपत्तिको गहिरो संकेतका रूपमा बुझ्न ढिलो गर्न हुँदैन।

यो अप्ठ्यारो विपत्तिले एउटा यक्ष प्रश्नलाई सतहमा ल्याएको छ—विपत्तिले हाम्रो भूगोललाई मात्र क्षतविक्षत बनाएको हो कि हाम्रो सामाजिक मनोविज्ञानलाई पनि?

विपत्तिले राज्य संरचना र पूर्वाधारको मात्र परीक्षा लिँदैन; यसले समाजको चरित्र, संस्कार र सामूहिक मनोविज्ञानको पनि परीक्षा लिन्छ।

समाजशास्त्रीय दृष्टिले हेर्दा विपत्ति यस्तो ऐना हो, जसले समाजभित्र रहेको एकता, पारस्परिक विश्वास, सहकार्य, संवेदनशीलता र जिम्मेवारीबोधलाई एकैपटक देखाइदिन्छ। नेपालको मौलिक सामाजिक शक्ति नै संकटका बेला एकअर्कालाई साथ दिने संस्कार हो।

गाउँ–समुदायमा विकसित भएको श्रमदान, परस्पर सहयोग, दुःख–सुखमा साथ दिने परम्परा र सामूहिक जिम्मेवारीको भावना हाम्रो सामाजिक पुँजी हो। आधुनिक राज्य संयन्त्र र प्रविधिको विकास आवश्यक छ, तर विपत्तिको समयमा राज्यको पहुँच नपुगेका ठाउँमा यही सामाजिक पुँजी पहिलो उद्धारकर्ता बन्न सक्छ।

त्यसैले विपद् व्यवस्थापनलाई केवल सरकारी संयन्त्र, सुरक्षा निकाय र प्राविधिक क्षमताको विषय बनाउनु पर्याप्त हुँदैन। समुदायलाई समेत विपद् प्रतिरोधी र उत्तरदायी बनाउनु आवश्यक छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर यहाँ अर्को गम्भीर प्रश्न पनि उठ्छ—विपत्तिका बेला हाम्रो सामाजिक एकता बलियो हुन्छ कि विपत्तिलाई समेत विभाजन, आरोप–प्रत्यारोप र राजनीतिक स्वार्थको माध्यम बनाउने प्रवृत्ति हाबी हुन्छ?

संकटको समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, सनसनीपूर्ण प्रचार, दोषारोपण र अफवाहले उद्धार तथा राहतको कामलाई थप जटिल बनाउन सक्छ। सञ्चारमाध्यम र नागरिक दुवैको जिम्मेवारी यहीँबाट सुरु हुन्छ। पीडितको दुःखलाई प्रदर्शनको विषय होइन, मानवीय संवेदनाको विषय बनाउनुपर्छ।

नेपाली समाज बहुभाषिक, बहुजातीय, बहुधार्मिक र भौगोलिक रूपमा अत्यन्त विविध छ। यही विविधता हाम्रो कमजोरी होइन, हाम्रो शक्ति हो। हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्म संकटमा एकअर्काको पीडालाई आफ्नै पीडा ठान्ने राष्ट्रिय भावनालाई अझ संस्थागत गर्न आवश्यक छ।

विपत्तिले हामीलाई सम्झाइरहेको छ कि नागरिकको जीवन र सुरक्षाभन्दा ठूलो कुनै राजनीतिक, भौगोलिक वा सामुदायिक स्वार्थ हुन सक्दैन।

Xtrem

Xtrem

त्यसैले अब ‘विपद् व्यवस्थापन’लाई राहत बाँड्ने वा उद्धार गर्ने प्रशासनिक कामका रूपमा मात्र हेर्नु हुँदैन। यो सामाजिक संस्कार निर्माण गर्ने राष्ट्रिय अभियान पनि हो। विद्यालयदेखि समुदायसम्म विपद् सचेतना, प्राथमिक उद्धार, स्वयंसेवा, स्थानीय ज्ञान, वातावरण संरक्षण र सामूहिक जिम्मेवारीको संस्कार विकास गर्नुपर्छ।

आधुनिक विज्ञान र प्रविधिलाई नेपाली समाजको मौलिक सामुदायिक ज्ञान र परम्परागत सहकार्यको संस्कारसँग जोड्न सक्दा मात्र हाम्रो विपद् प्रतिरोधी क्षमता वास्तविक अर्थमा बलियो बन्न सक्छ।

आज नेपाललाई केवल बलिया सडक, पुल, सुरुङ र जलविद्युत् आयोजना मात्र चाहिएको छैन; बलियो समाज पनि चाहिएको छ। संकटमा राज्यलाई प्रश्न गर्न सक्ने, तर संकटको समयमा राज्यसँगै उभिन सक्ने नागरिक चाहिएको छ। फरक विचार राख्न सक्ने, तर राष्ट्रिय विपत्तिका बेला साझा उद्देश्यमा एकताबद्ध हुन सक्ने राजनीतिक संस्कार चाहिएको छ।

विकासको प्रतिस्पर्धाभन्दा जीवन र प्रकृतिको संरक्षणलाई प्राथमिकता दिने सामाजिक चेतना चाहिएको छ। हाम्रो मौलिकता भनेको विगतका परम्परालाई जस्ताको तस्तै जोगाउनु मात्र होइन; आफ्नो सामाजिक पहिचान, पारस्परिक सहयोग र सामूहिक उत्तरदायित्वको मूल भावनालाई आधुनिक विज्ञान, प्रविधि र विकाससँग जोड्दै अगाडि बढ्नु हो।

विपत्तिले हाम्रो भूगोललाई क्षति पुर्‍याउन सक्छ, तर हाम्रो सामाजिक एकतालाई कमजोर बनाउनु हुँदैन। बरु प्रत्येक विपत्ति नेपाली समाजलाई अझ मानवीय, जिम्मेवार, आत्मनिर्भर र एकताबद्ध बनाउने अवसर बन्नुपर्छ।

जलवायु संकटको सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको ‘क्षति र हानिको जिम्मेवारी कसको?’ भन्ने नै हो। यही सन्दर्भमा अहिले अन्तर्राष्ट्रिय मञ्चमा Loss and Damage को विषयले विशेष महत्व पाएको छ।

केही समय विदेश भ्रमणलाई थाती राखेका नेपालका प्रधानमन्त्री बालेन शाहलाई यो विपत्तिले संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन जाने र सम्बोधन गर्ने निर्णय लिन बाध्य बनायो। संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय मञ्चमा अबको उपस्थिति केवल कूटनीतिक औपचारिकतामा मात्र सीमित गर्नु हुँदैन।

यो दुःखद समय हो, तर नेपालले भोगिरहेको वास्तविकता विश्वसमक्ष राख्ने महत्वपूर्ण अवसर पनि हो। कानुनी तथा कूटनीतिक आधारसहित आफ्नो दाबी प्रस्तुत गर्नुपर्छ। विश्वलाई कार्बन उत्सर्जन घटाउन बाध्य पार्नुपर्छ।

यो आवाज नेपालका लागि मात्र होइन, जलवायु संकटको सबैभन्दा ठूलो भार बोकिरहेका अन्य राष्ट्र र समुदायका लागि पनि महत्वपूर्ण हुनेछ। अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्ने र आफ्नै देशभित्र जोखिम घटाउने जिम्मेवारी पूरा गर्ने काम पनि सँगसँगै अघि बढ्नुपर्छ।

नेपाललाई आधुनिक पूर्वाधार चाहिन्छ। सडक चाहिन्छ। सुरुङ चाहिन्छ। जलविद्युत् चाहिन्छ। सुरक्षित सहर चाहिन्छ। आर्थिक विकास र समृद्धिको विकल्प छैन।

तर सुरुङ उद्धारमा देखिएको कठिनाइले हामीलाई प्रश्न गरेको छ—हामी पूर्वाधार बनाउन कति सक्षम छौँ भन्ने मात्र होइन, त्यसमा दुर्घटना वा विपत्ति आएपछि उद्धार गर्न कति सक्षम छौँ?

आधुनिक प्रविधि प्रयोग गर्नु र आधुनिक विपद् व्यवस्थापन क्षमता विकास गर्नु एउटै कुरा होइन।

नेपालको विपद् व्यवस्थापनको सबैभन्दा ठूलो कमजोरी हाम्रो प्रतिक्रियामुखी संस्कृति नै हो। जसको परिणाम, हाम्रो सुरक्षा संयन्त्र कठिन परिस्थितिमा थकान, भोक र जोखिमसमेत भुलेर निरन्तर उद्धारमा खटिएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको छ।

पहुँच नै असम्भव भएका ठाउँमा उद्धार गर्नु सामान्य काम पक्कै होइन। प्रतिकूल मौसम, भौगोलिक जोखिम र सीमित साधनबीच फिल्डमा खटिने जनशक्तिको प्रयासलाई आलोचना गर्दा कम्तीमा त्यो कठिनाइको वास्तविकता बुझ्नुपर्छ।

यसको अर्थ उद्धारमा कमजोरी हुँदा पनि प्रश्न गर्न हुँदैन भन्ने होइन। राज्यलाई जवाफदेही बनाउनु नागरिकको अधिकार र कर्तव्य दुवै हो। तर जवाफदेहिता र निराधार दोषारोपणबीचको सीमा अनि आलोचनाको समय पनि बुझ्नुपर्छ।

विपत्तिमा एउटा अनौठो दृश्य र कर्कश आवाज हाम्रो सामाजिक व्यवहारमा देखिरहेका छौँ।

‘सुरुङमा उद्धार किन भएन?’, ‘शव किन यसरी गाडियो?’, ‘हेलिकोप्टर किन त्यहाँ पुगेन?’, ‘राहत किन ढिला भयो?’, ‘यस्तो गर्नुपर्थ्यो, उस्तो गर्नुपर्थ्यो...’ सामाजिक सञ्जालमा क्षणभरमै ‘विशेषज्ञ’हरू देखा पर्छन्।

तर वास्तविकता के हो?

पहुँच नै असम्भव भएको ठाउँमा उद्धार गर्नु, ज्यान जोखिममा राखेर भग्नावशेष वा बाढीको बीचमा प्रवेश गर्नु, प्रतिकूल मौसममा खोजी गर्नु र ठूलो संख्यामा मानिसको उद्धार तथा शव व्यवस्थापन गर्नु अत्यन्त जटिल काम हो।

हामी सहज ओछ्यानमा बसेर कठिन फिल्डको निर्णय र विधि सिकाउन सजिलो ठान्छौँ। आलोचना लोकतन्त्रको शक्ति हो, तर अज्ञानताबाट जन्मिएको आत्मविश्वास विशेषज्ञता होइन। यो प्रवृत्ति केवल विपत्तिमा मात्र होइन, हाम्रो समग्र सामाजिक मनोविज्ञानको समस्या बन्दै गएको यथार्थ हो।

नेपालको राजनीतिक इतिहास संघर्ष र परिवर्तनले भरिएको छ। शासनको शब्द बदलिँदा पनि शासन गर्ने चरित्र उस्तै रहनुले परिवर्तनप्रतिको विश्वास कमजोर भएको छ।

नेपालको राजनीतिक बहसको अर्को गम्भीर समस्या भनेको हामी विषयमा प्रवेश गर्नुअघि पक्ष रोज्छौँ। कुन दलले भन्यो? कुन नेताले भन्यो? सरकारको पक्षमा हो कि विपक्षमा? आफ्नो समूहको मान्छे हो कि अर्को समूहको?

त्यसपछि मात्र हामी विषयको मूल्याङ्कन गर्छौँ। यसले तटस्थ मूल्याङ्कनको क्षमता कमजोर बनाइरहेको छ। यो राजनीतिक ध्रुवीकरणको सबैभन्दा खतरनाक परिणाम हो।

सरल, सहयोगी र खुसी नेपाली समाजको पहिचानमा हामी गर्व गर्छौँ। तर पछिल्ला वर्षहरूमा हाम्रो सामाजिक व्यवहारमा असन्तुष्टि, आक्रोश, अविश्वास र नकारात्मकता बढिरहेको अनुभूति हुन्छ। हाम्रो एकता हराएको छ। संवेदनालाई क्रूरताले जितेको छ।

यसको दोष केवल सामाजिक सञ्जाललाई मात्र दिँदा पूर्ण हुँदैन। लामो राजनीतिक संक्रमण, अपेक्षा र उपलब्धिबीचको दूरी, अवसरको असमानता, संस्थाप्रतिको अविश्वास र निरन्तरको राजनीतिक ध्रुवीकरणले मानिसको मनोविज्ञानमा असर परेको मान्न सकिन्छ। भलै यो पूर्ण निष्कर्ष पनि होइन।

हामीसँग प्रमाण कम, निष्कर्ष धेरै हुन थालेका छन्। ज्ञानभन्दा धारणा शक्तिशाली हुन थालेको छ। अनुसन्धानभन्दा सामाजिक सञ्जालका टिप्पणी प्रभावशाली हुन थालेका छन्। तथ्यभन्दा आफ्नो पक्ष सही साबित गर्ने चाहना बलियो हुन थालेको छ।

विपत्तिको समयमा यो प्रवृत्ति झन् खतरनाक हुन्छ।

राजनीतिको अन्तिम उद्देश्य सत्ता प्राप्ति मात्र हुनु हुँदैन। राजनीति समाजलाई सुरक्षित, समृद्ध, न्यायपूर्ण र सभ्य बनाउने माध्यम हुनुपर्छ। तर राजनीति केवल सत्ता प्राप्ति र सत्ता जोगाउने खेलमा सीमित हुँदा जनतामा निराशा र नकारात्मकता बढ्नु स्वाभाविक हुन सक्छ।

ठूला राजनीतिक परिवर्तनका आन्दोलनले नागरिकमा ठूलो अपेक्षा जन्माउँछन्। जब ती अपेक्षा पूरा हुँदैनन्, शासन गर्ने शब्द र संरचना बदलिए पनि व्यवहार र चरित्र उस्तै देखिन्छ भने निराशा गहिरिन्छ। यही निराशा अन्ततः ‘केही हुँदैन’ भन्ने मानसिकतामा बदलिन्छ।

र ‘केही हुँदैन’ भन्ने समाजले राम्रो काम गर्ने मानिसलाई पनि शंकाको दृष्टिले हेर्न थाल्छ।

भोटेकोशी बाढीजस्तो विपत्तिमा मानवीय उद्धारका लागि निरन्तर खटिएकाहरूमाथि समेत सामाजिक सञ्जालमा आरोप, व्यंग्य र विषवमन देखिनु हाम्रो सामाजिक मनोविज्ञानको गम्भीर संकेत हो।

उद्धारमा प्रश्न हुन सक्छन्। व्यवस्थापनमा कमजोरी स्पष्ट नै देखिन्छ। सरकारमाथि निरन्तर प्रश्न गर्न सकिन्छ। जिम्मेवारी खोज्न सकिन्छ। अन्यथा यो लहडी सरकार कर्तव्यच्युत हुने प्रबल सम्भावना रहन्छ।

तर मानवीय प्रयासलाई नै राजनीतिक चस्माबाट मात्र हेर्न थाल्यौँ भने हामी कहाँ पुग्छौँ?

विपत्तिको समयमा पहिले जीवन बचाउनुपर्छ। त्यसपछि कमजोरीको समीक्षा गर्नुपर्छ। त्यसपछि जिम्मेवारी निर्धारण गर्नुपर्छ। अनि भविष्यका लागि सुधार गर्नुपर्छ।

घटनास्थलमा ज्यान जोखिममा राखेर काम गर्ने मानिसलाई सामाजिक सञ्जालबाट बसेर गाली गर्नु सजिलो छ। तर त्यही ठाउँमा पुगेर एक घण्टा काम गर्नु कति कठिन छ भन्ने पनि बुझ्नुपर्छ। आलोचनाको अधिकारसँगै श्रम र जोखिमको सम्मान गर्ने संस्कार पनि जरुरी हो भन्ने भुल्नु हुँदैन।

विपत्तिका बेला मिडिया समाजको आँखाजस्तै हो। तर आँखाले नै गलत दृश्य देखायो भने समाज कहाँ पुग्छ?

अपुष्ट तथ्याङ्क, पुराना दृश्य, सामाजिक सञ्जालका हल्ला र अनुमानलाई समाचारको रूप दिनु अरू बेलामा त गलत हो भने विपत्तिको समयमा त अपराध बराबर हुन्छ।

मिडियाले बुझेर पनि नबुझेझैँ गरेको कुरा भनेको—विपत्तिको समाचार सामान्य समाचार होइन। मृत्यु, बेपत्ता, शव, परिवार, उद्धार र पीडासँग सम्बन्धित समाचारमा पत्रकारिताको पहिलो मूल्य ‘पहिले समाचार’ होइन, ‘पहिले सत्य र संवेदना’ हुनुपर्छ। किनकि विपत्ति आफैँमा त्रासदी हो।

यी र यस्ता विषयको समाधानका लागि सरकार बदलिनु मात्र पर्याप्त छैन। राजनीतिक संस्कार बदलिनुपर्छ। मिडिया बदलिनुपर्छ। सामाजिक सञ्जाल प्रयोग गर्ने हाम्रो व्यवहार बदलिनुपर्छ। र, सबैभन्दा महत्वपूर्ण, हाम्रो सोच्ने तरिका बदलिनुपर्छ।

हामीले प्रत्येक विषयमा आफ्नो पक्ष प्रमाणित गर्नुभन्दा पहिले तथ्य बुझ्न सिक्नुपर्छ। आफ्नो राजनीतिक पक्षधरताभन्दा माथि उठेर राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ। आलोचनासँग समाधान पनि सुझाउनुपर्छ। असहमति राख्दा मानवीयता गुमाउनु हुँदैन। नेपाली समाजको मौलिकता गुम्न दिनु हुँदैन।

नागरिक हुनु भनेको प्रश्न गर्नु हो, तर तथ्यका आधारमा। नागरिक हुनु भनेको अधिकार खोज्नु र आफ्नो जिम्मेवारी पनि पूरा गर्नु हो। नागरिक हुनु भनेको गलत शासनको विरोध गर्नु हो, तर राम्रो कामको समर्थन गर्न पनि सक्नु हो।

नागरिक हुनु भनेको अफवाह रोक्नु हो। विपत्तिमा उद्धारमा सहयोग गर्नु हो। पीडितको सम्मान गर्नु हो।

अब हामीले आफूलाई ‘जनता’बाट ‘जिम्मेवार नागरिक’मा रूपान्तरण गर्न ढिला गर्नु हुँदैन।

अब नेपालले तीनवटा मोर्चामा एकैपटक काम गर्नुपर्छ।

पहिलो—विश्वमञ्चमा जलवायु न्यायको आवाज बलियो बनाउने।

दोस्रो—देशभित्र विपद् व्यवस्थापन, पूर्वसूचना, सुरक्षित पूर्वाधार र वैज्ञानिक उद्धार प्रणाली निर्माण गर्ने।

तेस्रो—समाजको नकारात्मक मनोविज्ञानलाई सहयोग, विवेक, तथ्य र नागरिक जिम्मेवारीतर्फ रूपान्तरण गर्ने।

राज्यलाई प्रश्न गर्दै गर्दा राज्यका लागि काम गर्ने मानिसको श्रम र जोखिमको सम्मान गर्नुपर्छ। राजनीतिलाई आलोचना गर्दै गर्दा राजनीति नै सबै समस्याको समाधान हुनुपर्ने वास्तविकता पनि स्वीकार गर्नुपर्छ। मिडियाको कमजोरी औँल्याउँदै गर्दा जिम्मेवार पत्रकारिताको महत्व पनि बुझ्नुपर्छ।

अन्त्यमा, यो महाविपत्तिले हाम्रो कठिन भूगोल देखाएको छ। जलवायु संकटको गहिराइ देखाएको छ। हाम्रो पूर्वतयारीको कमजोरी देखाएको छ। राज्यको क्षमताको परीक्षा लिएको छ। राजनीतिक संस्कारमाथि प्रश्न उठाएको छ। मिडियाको विश्वसनीयतालाई चुनौती दिएको छ। र हाम्रो सामाजिक मनोविज्ञानलाई पनि ऐनामा देखाइदिएको छ।

अब यो ऐना फुटाउने कि त्यसमा देखिएको कमजोरी सच्याउने—निर्णय हाम्रो हो।

विपत्ति रोक्न सम्भव नभइरहँदा विपत्तिलाई महाविपत्तिमा परिणत हुन नदिने क्षमता हामीले विकास गर्न सक्छौँ। त्यसका लागि प्रविधि चाहिन्छ। विज्ञान चाहिन्छ। पर्याप्त स्रोत चाहिन्छ। सक्षम संस्था चाहिन्छ।

तर यी सबैभन्दा माथि चाहिन्छ—इमानदार राजनीति, जिम्मेवार राज्य, तथ्यमा आधारित मिडिया, संवेदनशील समाज र सचेत नागरिक।

अबको बहसमा यो विपत्तिबाट हामीले आफूलाई कति बदल्यौँ? हाम्रो नेपाली पहिचान र मौलिकता कति बचायौँ? नेपाली समाज संवेदनाहीन थिएन र छैन। हुनु पनि हुँदैन। तर किन क्रमशः त्यही दिशातर्फ उन्मुख छ? किन नेपाली समाज यो गलत बाटोमा निरन्तर अगाडि बढिरहेको हो?

यो प्रश्नको जवाफ पहिल्याउनुपर्छ।

यदि यो विपत्तिलाई आत्मसमीक्षा र रूपान्तरणको अवसर बनाउन सक्यौँ भने यो त्रासदी भविष्यको सुरक्षित नेपाल निर्माण गर्ने एउटा कठोर तर महत्वपूर्ण मोड बन्न सक्छ।

आफ्नो मौलिक पहिचानले नै नेपाल सबै किसिमको दुर्दशाबाट निस्कन सक्छ। विपत्तिले भूगोल चिर्छ। तर विवेक, सहकार्य र नागरिक चेतनाले त्यसबाट नयाँ बाटो निर्माण गर्न सक्छ। सत्याल समाजशास्त्र तथा कानुनका अध्येता हुन्।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रदीप सत्याल

(समाजशास्त्र तथा कानुनका अध्येता)

लेखकबाट थप
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता !
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्