Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  १९:१६
1140x725

काठमाडौं– गतवर्ष भदौ २३ गते भएको जेन–जी आन्दोलनको स्मृति सभा कार्यक्रम नयाँ बानेश्वरको पुरानो संसद् भवन अगाडि मनाइयो। यसरी जेनजीहरूको बलिदानको सम्झना गर्दै गर्दा सोही मञ्चको फोटो अहिले भाइरल भएको छ। उक्त मञ्चमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँगै विवादास्पद दुई पात्र पनि सँगै देखिएपछि सामाजिक सञ्जालमा कार्यक्रमको तस्बिर भाइरल हुनुका साथै आलोचना र शंका सुरु भएको हो।

जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सहिदहरूलाई सम्झँदै दीप प्रज्वलन कार्यक्रममा विवादस्पद दुई धार्मिक पात्रको उपस्थिति थियो। धर्मको आडमा कथित रुपमा अतिवाद र धन्दा चलाइरहेको आरोप लाग्दै आएका श्रीनिवास आचार्य अर्थात् दिनेश पण्डित र विष्णु प्रपन्नाचार्य अर्थात् विजय भण्डारी पनि सहभागी भएका थिए। उनीहरूलाई पनि गृहमन्त्री गुरुङ जत्तिकै महत्त्व दिएर मञ्चमा राखिएको थियो।

उनीहरूलाई दायाँ-बायाँ राखेर गृहमन्त्री गुरुङले पुराना दललाई चेतावनी दिएका थिए। यसरी सरकारका शक्तिशाली मन्त्रीसँग धर्मसँग जोडिएका दुई विवादास्पद पात्रलाई सँगै देखेपछि सामाजिक सञ्जालमा सरकारको बारेमा प्रश्न समेत उठाइएको छ। पत्रकार विराट अनुपमले फेसबुकमा लेखेका छन्, ‘एमआरआर भजनको कनेक्सन बुझ्नु भयो होला अब। रास्वपाको र घण्टीको लाइन बुझ्नु भयो होला अब। बालेन्द्र शाहले साइत जुराएर शपथ गराएको खास कारण बुझ्नुभयो होला। उसो त नबुझ्न पाइन्छ। बुझ पचाउन पाइन्छ। थेत्तरो हुन पाइन्छ। र पाइन्छ ‘घण्टे’ हुन।’

आफैंलाई गोली हान्न लगाउने घटनामा धर्मगुरु श्रीनिवास जेल चलान

त्यस्तै, अर्का पत्रकार रुद्र पंगेनीले उक्त फोटो सेयर गर्दै लेखेका छन्, ‘बुझ पचाइनेहरूले यसलाई सुशासन भन्छन्, के गर्नु तपाईं-हामीले।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता विपिन आचार्यले लेखेका छन्, ‘जेन्जी सहिद स्मृति कार्यक्रममा यी दुई महाठग पनि मन्त्रीहरूसँगै मञ्चमा आसीन रहेछन्। सहिदको मानमर्दन गर्न अब बाँकी के रह्यो।’ सोही पोस्टलाई अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता विमर्श कँडेलले आफूलाई पनि फोटो हेर्दाबित्तिकै यही लागेको भन्दै पंगेनीलाई समर्थन गरेका छन्।

तर, गृहमन्त्री गुरुङले भने मञ्चबाट पुराना दललाई चेतावनी दिन भ्याए। जनमतबाट स्थापित भइसकेको जेन–जी आन्दोलनको इतिहासलाई बङ्ग्याएर जनताको अपमान गर्ने प्रयास भइरहेको दाबी गर्दै गृहमन्त्री गुरुङले पुराना दलहरूलाई सुध्रिन चेतावनी दिए। ‘त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने, ‘तपाईंले यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु। अझै पनि समय छ, सुध्रिनुस्।’

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

Ncell 2
Ncell 2
nimb
nimb

श्रीनिवास र विष्णु प्रपन्नाचार्य आफैँमा विवादास्पद पात्र हुन्। उनीहरू सधैँ विवादमा आउने कार्यमा संलग्न हुँदै आएकाले यो तस्बिरलाई लिएर आलोचना भएको हो। हेरौँ उनीहरूको विगत:

श्रीनिवास आचार्य: आफैंलाई गोली हान्नेदेखि खुकुरी लिएर मान्छे काट्ने चेतावनीसम्म

२०८० असोज १२ गते जनकपुरमा धार्मिक सभा आयोजना गरिएको थियो। उक्त सभाभन्दा विवादास्पद कथित धर्मगुरु आचार्य श्रीनिवासको गतिविधिले धेरै चर्चा पायो। धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उनले उत्तेजक अभिव्यक्ति दिए।

हिंसा फैलाउन उक्साउने खालका अभिव्यक्ति सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि नेपाल प्रहरीले सुनसरीको चक्रघट्टीस्थित आश्रमबाट पक्राउ गर्‍यो। जिल्ला प्रशासन कार्यालय, धनुषामा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा प्रहरीले अभियोग दर्ता गरायो। धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले उनलाई माफी मगाएर आइन्दा हिंसा भड्काउने अभिव्यक्ति नदिने सर्तमा पाँच सय रुपैयाँ जरिवाना गराउँदै छाडे। श्रीनिवासले हिंसा भड्काउने अभिव्यक्ति दिएको यो पहिलो पटक भने थिएन। सुनसरीको धरान-१५, श्यामचोकमा १० साउनमा चर्किएको आन्दोलनका बेला पनि श्रीनिवासले हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको आरोप छ ।

Xtrem

Xtrem

श्रीनिवास गोलीकाण्ड : हातमा गोली हान्ने योजना थियो, कुममा लाग्यो

 

धरान-१४, सिंहदेवी चोक नजिकै बालगोपाल मन्दिर अगाडि चर्च बनाएको विषयमा भएको विवादमा उनले धरानका तत्कालीन मेयर हाल प्रतिनिधि सभा सांसद हर्कराज साम्पाङलाई गम्भीर आक्षेप लगाएका थिए। उनले कुनै एक सम्प्रदायलाई नै लाञ्छित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए। तत्कालीन समयमा उनलाई निगरानीमा राखियो तर पक्राउ गरिएन।

श्रीनिवास आचार्य पक्राउ, आफैले गोली हान्न लगाएको खुलासा

उनी धर्मगुरु कम, कथित धार्मिक अतिवादी ज्यादा भएजस्तो देखिएको आरोप लाग्दै आएको छ । २०७४ चैत २५ मा श्रीनिवासले आफैंलाई गोली हान्न लगाएको घटनाको खुलासा भएको थियो। तत्कालीन समयमा आफूलाई युवा सन्त बताउने श्रीनिवास आचार्य बिहान २ बजे शौचालय निस्किए अनि त्यही क्रममा उनले आफैंलाई गोली हान्न लगाएको अनुसन्धानमा खुलेको थियो। तत्कालीन घटनामा मंगोल नेश्नल अर्गनाइजेसन नामको पर्चासमेत भेटिएको थियो। तर जिल्ला प्रशासन कार्यालयसँगै क्षेत्रीय अपराध अनुसन्धान समूहले गरेको अनुसन्धानका क्रममा श्रीनिवासले आफैंलाई गोली हान्न लगाएको खुलासा भयो। घटनामा संलग्न माधव चौधरी पक्राउ परेपछि यस्तो खुलासा भएको थियो। लागुऔषध मुद्दामा ६ वर्ष जेल बसेर निस्किएका चौधरीले यही बयान दिएका थिए। उनी हरेक पटक धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिने गर्दछन्।

विजय भण्डारी: धर्मको आडमा कमाउँदै र ठग्दै

मञ्चमा देखिएका अर्का व्यक्ति हुन् विष्णु प्रपन्नाचार्य वा बालयोगेश्वर महाराजसहितको नामले चिनिने विजय भण्डारी। उनी पशुपतिको महायज्ञदेखि पोखरामा यज्ञका नाममा रुख कटनसम्मका विवादमा संलग्न भएर चर्चामा आएका पात्र हुन्। उनी विभिन्न यज्ञहरूमा संकलन भएको रकम सबै लिएर फरार हुनेसम्मको रेकर्ड भएका पात्र हुन्।

भण्डारी पहिले पनि धार्मिक आवरणमा ठगी गर्दै आएका व्यक्ति हुन्। धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै अमेरिका लैजान प्रतिव्यक्ति ४ लाख रुपैयाँ उठाएका थिए। उक्त मुद्दा पशुपतिको महायज्ञपछि २०८१ पुसमा रकम तिरेर सर्वोच्च अदालतबाट मिलापत्र गरेका थिए। २७ लाख ६० हजार रुपैयाँ फसेको भन्दै ३३ जनाको जाहेरी दर्ता भएको थियो। वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई दोषी ठहर गरेपछि तह-तह हुँदै यो विवाद सर्वोच्च पुगेको थियो। सर्वोच्चबाट पनि सफाइ पाउन नसक्ने देखेपछि उनले पैसा बुझाएर मिलापत्र गरेका थिए। पशुपतिको यज्ञ चल्दै गर्दा प्रहरीले पक्राउ गर्ने प्रयास गरेपछि उनले आफू केही समयमा रकम फिर्ता गर्ने भनी मिलाएका थिए। अमेरिकाको एक धार्मिक कार्यक्रममा सहभागी गराउने र उतै रोजगारी मिलाइदिने भन्दै उनले रकम उठाएका थिए।

धर्मको आवरणमा ठगी लुकाउँदै 'विष्णु प्रपन्नाचार्य', राजनीतिक पहुँच देखाएर महायज्ञ सञ्चालन

भण्डारीको मुद्दामा न्यायाधिकरणले २०७५ जेठ २७ गते फैसला सुनाउँदै १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। उच्च अदालतले पनि सोही फैसला सदर गरेपछि यो विवाद सर्वोच्च पुग्यो र सर्वोच्चमा लामो समय विचाराधीन भएपछि उनी आफैँ उपस्थित भएर मिलापत्र गरेका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्