• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  १९:१६
1140x725

काठमाडौं– गतवर्ष भदौ २३ गते भएको जेन–जी आन्दोलनको स्मृति सभा कार्यक्रम नयाँ बानेश्वरको पुरानो संसद् भवन अगाडि मनाइयो। यसरी जेनजीहरूको बलिदानको सम्झना गर्दै गर्दा सोही मञ्चको फोटो अहिले भाइरल भएको छ। उक्त मञ्चमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँगै विवादास्पद दुई पात्र पनि सँगै देखिएपछि सामाजिक सञ्जालमा कार्यक्रमको तस्बिर भाइरल हुनुका साथै आलोचना र शंका सुरु भएको हो।

जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सहिदहरूलाई सम्झँदै दीप प्रज्वलन कार्यक्रममा विवादस्पद दुई धार्मिक पात्रको उपस्थिति थियो। धर्मको आडमा कथित रुपमा अतिवाद र धन्दा चलाइरहेको आरोप लाग्दै आएका श्रीनिवास आचार्य अर्थात् दिनेश पण्डित र विष्णु प्रपन्नाचार्य अर्थात् विजय भण्डारी पनि सहभागी भएका थिए। उनीहरूलाई पनि गृहमन्त्री गुरुङ जत्तिकै महत्त्व दिएर मञ्चमा राखिएको थियो।

उनीहरूलाई दायाँ-बायाँ राखेर गृहमन्त्री गुरुङले पुराना दललाई चेतावनी दिएका थिए। यसरी सरकारका शक्तिशाली मन्त्रीसँग धर्मसँग जोडिएका दुई विवादास्पद पात्रलाई सँगै देखेपछि सामाजिक सञ्जालमा सरकारको बारेमा प्रश्न समेत उठाइएको छ। पत्रकार विराट अनुपमले फेसबुकमा लेखेका छन्, ‘एमआरआर भजनको कनेक्सन बुझ्नु भयो होला अब। रास्वपाको र घण्टीको लाइन बुझ्नु भयो होला अब। बालेन्द्र शाहले साइत जुराएर शपथ गराएको खास कारण बुझ्नुभयो होला। उसो त नबुझ्न पाइन्छ। बुझ पचाउन पाइन्छ। थेत्तरो हुन पाइन्छ। र पाइन्छ ‘घण्टे’ हुन।’

आफैंलाई गोली हान्न लगाउने घटनामा धर्मगुरु श्रीनिवास जेल चलान

त्यस्तै, अर्का पत्रकार रुद्र पंगेनीले उक्त फोटो सेयर गर्दै लेखेका छन्, ‘बुझ पचाइनेहरूले यसलाई सुशासन भन्छन्, के गर्नु तपाईं-हामीले।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता विपिन आचार्यले लेखेका छन्, ‘जेन्जी सहिद स्मृति कार्यक्रममा यी दुई महाठग पनि मन्त्रीहरूसँगै मञ्चमा आसीन रहेछन्। सहिदको मानमर्दन गर्न अब बाँकी के रह्यो।’ सोही पोस्टलाई अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता विमर्श कँडेलले आफूलाई पनि फोटो हेर्दाबित्तिकै यही लागेको भन्दै पंगेनीलाई समर्थन गरेका छन्।

तर, गृहमन्त्री गुरुङले भने मञ्चबाट पुराना दललाई चेतावनी दिन भ्याए। जनमतबाट स्थापित भइसकेको जेन–जी आन्दोलनको इतिहासलाई बङ्ग्याएर जनताको अपमान गर्ने प्रयास भइरहेको दाबी गर्दै गृहमन्त्री गुरुङले पुराना दलहरूलाई सुध्रिन चेतावनी दिए। ‘त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने, ‘तपाईंले यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु। अझै पनि समय छ, सुध्रिनुस्।’

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

Ncell 2
Ncell 2
nimb
nimb

श्रीनिवास र विष्णु प्रपन्नाचार्य आफैँमा विवादास्पद पात्र हुन्। उनीहरू सधैँ विवादमा आउने कार्यमा संलग्न हुँदै आएकाले यो तस्बिरलाई लिएर आलोचना भएको हो। हेरौँ उनीहरूको विगत:

श्रीनिवास आचार्य: आफैंलाई गोली हान्नेदेखि खुकुरी लिएर मान्छे काट्ने चेतावनीसम्म

२०८० असोज १२ गते जनकपुरमा धार्मिक सभा आयोजना गरिएको थियो। उक्त सभाभन्दा विवादास्पद कथित धर्मगुरु आचार्य श्रीनिवासको गतिविधिले धेरै चर्चा पायो। धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उनले उत्तेजक अभिव्यक्ति दिए।

हिंसा फैलाउन उक्साउने खालका अभिव्यक्ति सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि नेपाल प्रहरीले सुनसरीको चक्रघट्टीस्थित आश्रमबाट पक्राउ गर्‍यो। जिल्ला प्रशासन कार्यालय, धनुषामा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा प्रहरीले अभियोग दर्ता गरायो। धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले उनलाई माफी मगाएर आइन्दा हिंसा भड्काउने अभिव्यक्ति नदिने सर्तमा पाँच सय रुपैयाँ जरिवाना गराउँदै छाडे। श्रीनिवासले हिंसा भड्काउने अभिव्यक्ति दिएको यो पहिलो पटक भने थिएन। सुनसरीको धरान-१५, श्यामचोकमा १० साउनमा चर्किएको आन्दोलनका बेला पनि श्रीनिवासले हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको आरोप छ ।

Xtrem

Xtrem

श्रीनिवास गोलीकाण्ड : हातमा गोली हान्ने योजना थियो, कुममा लाग्यो

 

धरान-१४, सिंहदेवी चोक नजिकै बालगोपाल मन्दिर अगाडि चर्च बनाएको विषयमा भएको विवादमा उनले धरानका तत्कालीन मेयर हाल प्रतिनिधि सभा सांसद हर्कराज साम्पाङलाई गम्भीर आक्षेप लगाएका थिए। उनले कुनै एक सम्प्रदायलाई नै लाञ्छित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए। तत्कालीन समयमा उनलाई निगरानीमा राखियो तर पक्राउ गरिएन।

श्रीनिवास आचार्य पक्राउ, आफैले गोली हान्न लगाएको खुलासा

उनी धर्मगुरु कम, कथित धार्मिक अतिवादी ज्यादा भएजस्तो देखिएको आरोप लाग्दै आएको छ । २०७४ चैत २५ मा श्रीनिवासले आफैंलाई गोली हान्न लगाएको घटनाको खुलासा भएको थियो। तत्कालीन समयमा आफूलाई युवा सन्त बताउने श्रीनिवास आचार्य बिहान २ बजे शौचालय निस्किए अनि त्यही क्रममा उनले आफैंलाई गोली हान्न लगाएको अनुसन्धानमा खुलेको थियो। तत्कालीन घटनामा मंगोल नेश्नल अर्गनाइजेसन नामको पर्चासमेत भेटिएको थियो। तर जिल्ला प्रशासन कार्यालयसँगै क्षेत्रीय अपराध अनुसन्धान समूहले गरेको अनुसन्धानका क्रममा श्रीनिवासले आफैंलाई गोली हान्न लगाएको खुलासा भयो। घटनामा संलग्न माधव चौधरी पक्राउ परेपछि यस्तो खुलासा भएको थियो। लागुऔषध मुद्दामा ६ वर्ष जेल बसेर निस्किएका चौधरीले यही बयान दिएका थिए। उनी हरेक पटक धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिने गर्दछन्।

विजय भण्डारी: धर्मको आडमा कमाउँदै र ठग्दै

मञ्चमा देखिएका अर्का व्यक्ति हुन् विष्णु प्रपन्नाचार्य वा बालयोगेश्वर महाराजसहितको नामले चिनिने विजय भण्डारी। उनी पशुपतिको महायज्ञदेखि पोखरामा यज्ञका नाममा रुख कटनसम्मका विवादमा संलग्न भएर चर्चामा आएका पात्र हुन्। उनी विभिन्न यज्ञहरूमा संकलन भएको रकम सबै लिएर फरार हुनेसम्मको रेकर्ड भएका पात्र हुन्।

भण्डारी पहिले पनि धार्मिक आवरणमा ठगी गर्दै आएका व्यक्ति हुन्। धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै अमेरिका लैजान प्रतिव्यक्ति ४ लाख रुपैयाँ उठाएका थिए। उक्त मुद्दा पशुपतिको महायज्ञपछि २०८१ पुसमा रकम तिरेर सर्वोच्च अदालतबाट मिलापत्र गरेका थिए। २७ लाख ६० हजार रुपैयाँ फसेको भन्दै ३३ जनाको जाहेरी दर्ता भएको थियो। वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई दोषी ठहर गरेपछि तह-तह हुँदै यो विवाद सर्वोच्च पुगेको थियो। सर्वोच्चबाट पनि सफाइ पाउन नसक्ने देखेपछि उनले पैसा बुझाएर मिलापत्र गरेका थिए। पशुपतिको यज्ञ चल्दै गर्दा प्रहरीले पक्राउ गर्ने प्रयास गरेपछि उनले आफू केही समयमा रकम फिर्ता गर्ने भनी मिलाएका थिए। अमेरिकाको एक धार्मिक कार्यक्रममा सहभागी गराउने र उतै रोजगारी मिलाइदिने भन्दै उनले रकम उठाएका थिए।

धर्मको आवरणमा ठगी लुकाउँदै 'विष्णु प्रपन्नाचार्य', राजनीतिक पहुँच देखाएर महायज्ञ सञ्चालन

भण्डारीको मुद्दामा न्यायाधिकरणले २०७५ जेठ २७ गते फैसला सुनाउँदै १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। उच्च अदालतले पनि सोही फैसला सदर गरेपछि यो विवाद सर्वोच्च पुग्यो र सर्वोच्चमा लामो समय विचाराधीन भएपछि उनी आफैँ उपस्थित भएर मिलापत्र गरेका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्