काठमाडौं– चर्चित धर्मगुरु श्रीनिवास आचार्यमाथि उनकै योजनामा गोली प्रहार भएको खुलेको छ। दिल्ली जान लागेका उनलाई प्रहरीले काठमाडौंको विमानस्थलबाट पक्राउ गरेको छ । उनकै योजनामा गोली प्रहार भएको खुलेपछि पक्राउ गरिएको मोरङका एसपी अरुण बिसीले नेपाल लाइभलाई बताए।
हिन्दुराष्ट्रको आन्दोलन उछाल्न श्रीनिवासले आफुमाथि गोली हान्न माधव चौधरीलाई लगाएको अनुसन्धान खुलेको छ। चौधरी र लक्ष्मीराज अधिकारी पक्राउ परेपछि सो रहस्य खुलेको छ।
तीन दिनअघि चितवनबाट पक्राउ परेका उनीहरुको बयानमा सो कुरा खुलेपछि उनी पक्राउ परेका हुन्। चौधरी र लक्ष्मीराजपक्राउ परेपछि थप उपचारका लागि भन्दै उनी भारत जान लागेका थिए।
गत चैत २५ गते विराटनगरमा उनीमाथि गोली प्रहार भएको थियो। उनको दायाँ छातीमा गोली लागेको थियो। उपचार गराई उनी गत साता डिस्चार्ज भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।