काठमाडौं– एनपीएल अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलमा काठमान्डू गोर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएको छ ।
पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा काठमान्डू १९ दशमलव ५ ओभरमा अलआउट हुँदै १६९ रनमै समेटियो ।
काठमान्डूका लागि साहिल पटेलले सर्वाधिक ३४ रन बनाए । विलियम बोसिस्टोले २६ रन बनाउँदा सोनु देवकोटाले ४ छक्कासहित १४ बलमा २९ रन बनाए । यस्तै जहान्द खानले २४ रन बनाए ।
पोखराका लागि दिनेश खरेलले सर्वाधिक चार विकेट लिँदा विपिन खत्रीले ३ विकेट लिए । रामेश मन्डिस, सनी विक र युवराज सामराले १/१ विकेट लिए ।
पोखराले आफ्नो अन्तिम खेलमा काठमान्डू गोर्खाजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदा २२४ रनको विशाल र कीर्तिमानी स्कोर बनायो । एनपीएलमा यसअघि पनि उच्च स्कोर पोखराकै थियो ।
तेस्रो सिजनमै पोखराले कर्णाली याक्सविरुद्ध २१७ रनको उच्च स्कोर बनाएको थियो । आजको खेलमा पनि सुरुवातीमै ओपनर अर्जुन कुमाललाई गुमाए पनि पोखराको पारी कुशल भुर्तेल र युवराज सिंह सामराले सम्हाले ।
उनीहरुको विस्फोटक ब्याटिङले कीर्तिमानी लक्ष्य मात्रै सेट गरेन, बरु कीर्तिमानी साझेदारी पनि गर्यो । भुर्तेल र सामराबीच १८६ रनको साझेदारी बन्यो । यो साझेदारी एनपीएलमा अहिलेसम्मकै उच्च हो ।
यस्तै कप्तान भुर्तेल शतक प्रहार गर्नबाट मात्र एक रनले चुके । ५० बलमा ९९ रन बनाएर खेलिरहेका भुर्तेल करण केसीको बलमा एच लागेर विकेट किपरबाट आउट भए । त्यस क्रममा उनले ८ चौका र ८ छक्का प्रहार गरे । यस्तै सामराले पनि ८९ रनको विस्फोटक पारी खेले । उनले ५५ बलमा ८ चौका र पाँच छक्का हिर्काए ।
त्यसपछि आएका चमाइका करुणारत्नेले पनि मात्र ७ बलमा दुई छक्का र एक चौका हिर्काउँदै अविजित १९ रन बनाउँदा धनञ्जय लक्षण भने २ रनमा अविजित रहे । आजको खेलमा एनपीएलको तेस्रो सिजनम्म आइपुग्दा सबैभन्दा धेरै बाउन्ड्रीसमेत प्रहार भएको पोखराले आफ्नो पारीमा १५ छक्का र १८ चौका प्रहार गरेको छ ।
यता बलिङमा काठमान्डू गोर्खाजका कप्तान करण केसीले दुई विकेट हात पार्दा जहान्द खानले एक विकेट लिए ।
प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुनबाट पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल एक रनले चुकेका छन् । ५० बलमा ९९ रनमा रहेका भुर्तेल करण केसीको बलमा एच लागेर विकेट किपरबाट क्याचआउट भए । भुर्तेल र युवराज सिंह सामराबीच १८६ रनको साझेदारी भएको थियो । एनपीएल इतिहासमा यति ठूलो साझेदारी भएको पनि पहिलोपटक नै हो । सामरा ५५ बलमा ८९ रन बनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।