• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

धर्मको आवरणमा ठगी लुकाउँदै 'विष्णु प्रपन्नाचार्य', राजनीतिक पहुँच देखाएर महायज्ञ सञ्चालन

64x64
नेपाल लाइभ बुधबार, असोज ८, २०७६  १६:००
1140x725
  • भैरहवा/काठमाडौं

नेपाल पञ्चांग निर्णायक समितिको आदेशविपरीत गुल्मीको रिडीमा रुरु महायज्ञ सञ्चालन गरिएको विषय केही दिनयता विवादमा आएको छ। अशुभ साइतमा महायज्ञ सञ्चालन गरिएको भन्दै विरोध त भयो नै, योसँगै अर्को रहस्य पनि बाहिरिएको छ।

महायज्ञको व्यासमा बसेर धार्मिक प्रवचन दिँदै आइरहेका व्यक्ति ठगी मुद्दामा दोषी ठहर भई फरार भएको खुलासा भएको हो। वैदेशिक रोजगार न्यायाधिकरणबाट धरौटीमा छुटेपछि फरार रहेका गुल्मी बस्तुका विजय भण्डारी नै 'बालयोगेश्वर महाराज' नामबाट धार्मिक प्रवचन दिँदै हिँडिरहेको तथ्य फेला परेको हो।

वैदेशिक रोजगार ठगी मुद्दामा दोषी ठहर भएपछि न्यायाधिकरणले फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पठाएको थियो। तर, उनी धार्मिक आवरण र राजनीतिक पहुँच देखाएर महायज्ञ सञ्चालन गरिरहेका छन्।

समितिले भदौ २८ गते देखि असोज ११ गतेसम्म शुक्र अस्त रहेकाले यो समयमा महायज्ञ लगायत पूजापाठ नगर्न आग्रह गरेको थियो। समितिको आदेशविपरीत उनले राजनीतिक पहुँचसमेत देखाउँदै महायज्ञ सुरु गरेका हुन्।

उनी प्रमुख वाचक रहेर गुल्मीको रिडीमा श्रीमद् भागवत पितृ मोक्ष विराट ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ। यसअघि गुल्मी, पाल्पा, स्याङ्जा, बुटवल लगायतका विभिन्न स्थानमा महायज्ञ गर्दै उनले रकम उठाइसकेका छन्।

जिल्लामा विभिन्न महायज्ञ सञ्चालन गर्दै आएका भण्डारीले संकलन भएको नगद आफूले लाने र घोषणा भएको उधारो रकम आयोजकलाई छाडेर जाने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ। 

राजनीतिक पहुँच देखाउँदै उम्कँदै 
भण्डारीले आफूलाई उक्त अपराधबाट जोगाउन राजनीतिक हतियार प्रयोग गरेका छन्। 

जिल्लाका नेकपा र कांग्रेस दुवै दलका नेताहरुसँग आफ्नो राम्रो सम्बन्ध भएको देखाउँदै फैसला कार्यान्वयनमा बाधा गरिरहेका छन्। जिल्लाका उच्च तहका नेतादेखि कर्मचारीसम्मको पहुँच देखेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीलाई पक्राउ गर्नु भनी आदेश भएका अभियुक्तसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रियसभामा अध्यक्ष गणेश तिमल्सिना पनि एउटै मञ्चमा देखिएका छन्। भण्डारीले उक्त तस्बिर सामाजिक सञ्जालमा राख्दै अपराध लुकाउने कार्यमा प्रयोग गर्दै आएका छन्। 

फरार भनिएका भण्डारीसँग परराष्ट्रमन्त्री ज्ञवाली

उनले गुल्मीको एक विद्यालयमा महायज्ञ सञ्चालन गरी ४८ लाख रुपैयाँ उठाएका थिए। तर उक्त रकम आयोजकलाई दिन अस्विकार गरेपछि विवाद भएको थियो। गुल्मीदरबार गाउँपालिका-४, वीरबासमा रहेको रुन्खदह माध्यमिक विद्यालयमा २०७५ चैत २३ देखि ३० गतेसम्म सञ्चालन भएको महायज्ञबाट उठेको ४८ लाख रुपैयाँ उनले लिएर गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद शर्माले बताए। उक्त महायज्ञमा भण्डारी नै प्रमुख वाचक थिए। 

त्यस महायज्ञमा सवा करोडभन्दा बढी रकम  घोषणा भएको थियो। '५० लाखसम्म संकलन भए आफूले एक पैसा नलैजाने सहमति गरेका थिए,' समितिका अध्यक्ष शर्माले भने, 'तर त्योभन्दा माथि उठे प्रतिशतका आधारमा लैजाने सहमति भएको थियो।'

त्यस्तै, गुल्मीकै मुसीकोट नगरपालिका-१, अरेवास्थित जनज्योति माध्यमिक विद्यालयले फागुन २ देखि एक हप्तासम्म आयोजना गरेको महायज्ञमा भण्डारीले ११ लाख रुपैयाँ लिएका थिए। संकलित करिब २५ लाखमध्येबाट ११ लाख भण्डारीले लगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र रायमाझीले जानकारी दिए। 

बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरमा बैसाखमा सञ्चालन भएको श्रीमद् भागवत शैक्षिक तथा धार्मिक महोत्सवबाट पनि प्रतिशतका आधारमा भण्डारीले रकम लगेका थिए। 

गत सालको बैसाख २१ गतेदेखि २९ सम्म चलेको महामहोत्सवमा प्रमुख वाचक रहेका भण्डारीले ११ लाख रुपैयाँ लगेको विद्यालयले जनाएको छ। 

फरार भनिएका भण्डारीसँग राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

प्रगति निमाविको स्तरोन्नतिका लागि आयोजना गरिएको महायज्ञबाट पनि उनले ११ लाख रुपैयाँ लिएको विद्यालय व्यवस्थापन समितिका संयोजक जितबहादुर मल्लले जानकारी दिए। उनका अनुसार १ करोड ९७ लाख रुपैयाँ घोषणा भएकोमा ७३ लाख (चेक र नगद) उठेको थियो। 'महाराजलाई झन्डै ११ लाख दिनुपर्‍यो,' संयोजक मल्लले भने, 'महायज्ञको अझै ७५ लाख रुपैयाँ उठ्न बाँकी छ।'

भण्डारीमाथि के थियो अभियोग? 
भण्डारी पहिले पनि धार्मिक आवरणमा ठगी गर्दै आएका व्यक्ति हुन्। धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै ३ जनालाई अमेरिका लैजान प्रतिव्यक्ति ४ लाख उठाएका थिए। 

अमेरिकाको एक धार्मिक कार्यक्रममा सहभागी गराउने र उतै रोजगारी मिलाइदिने भन्दै उनले रकम उठाएको न्यायाधिकरणबाट भएको फैसलामा उल्लेख छ। ३ जनाबाट १२ लाख रकम उठाए पनि उनले अमेरिका लगेनन्। रकम फिर्ता दिन पनि अस्विकार गरेपछि पीडितहरु प्रहरी कार्यालय पुगे। प्रहरीले वैदेशिक रोजगार ठगीमा अनुसन्धान थाल्यो। र, वैदेशिक रोजगार न्यायाधिकरणमा भण्डारीसहित ३ जनाविरुद्ध अभियोगपत्र दायर भयो।

बुटवल उपमहानगरपालिका बस्दै आएका रमेश खनाल, काठमाडौंका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीसहित सुशीला भण्डारी र ईश्वर खड्काविरुद्ध जाहेरी दिएका थिए। बयानमा भण्डारीले उक्त अभियोग स्वीकार गरेका थिए। बयानमा भण्डारीले आफूले वैदेशिक रोजगारका लागि नभई जाहेरीवाला अधिकारीसँग धार्मिक कार्यक्रम गर्न डेढ लाख रुपैयाँ ऋण लिएको र अरु मान्छे लगाएर जबरजस्ती वैदेशिक रोजगारको कागज गराएको जिकिर गरेका थिए। 

उनको उक्त बयानपछि न्यायाधिकरणले २०७० माघ १९ गते धरौटीमा छोड्ने आदेश गरेको थियो। पहिले विष्णु प्रपन्नाचार्य नामबाट चिनिने उनी ३ लाख धरौटी बुझाएर रिहा भएपछि बालगोपालेश्वर महाराज बने। 

भण्डारीको मुद्दामा न्यायाधिकरणले २०७५ जेठ २७ गते फैसला सुनाएको थियो। न्यायाधिकरणका तत्कालीन अध्यक्ष सत्यराज गुरुङ, सदस्यद्वय देवेन्द्रराज ढकाल र रमादेवी पराजुलीको इजलासले उनलाई दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना हुने फैसला सुनायो। 

‘प्रतिवादी विजय भण्डारी ‘विष्णु प्रपन्नाचार्य’ ले सुशीला भण्डारी र ईश्वर खड्का समेतको मिलेमतोमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने इजाजत अनुमतिपत्र नलिई जाहेरवालाहरुलाई वैदेशिक रोजगारमा संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनी झुटा आश्वासन प्रलोभनमा पारी रकम  लिएको देखिन्छ,’ न्यायाधिकरणको फैसलामा भनिएको छ, ‘भने बमोजिमको रोजगारमा नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेको प्रतिवादीको उक्त कार्य वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध गरेको ठहर्छ।’

‘२०६८ फागुन १२ गते प्रतिवादी विजय भण्डारीले रकम फिर्ता नगरे म फिर्ता गर्छु भनी जमानी बसेका अन्य दुई प्रतिवादीलाई दोषी ठहर गर्न नमिल्ने' न्यायाधिकरणको फैसलामा उल्लेख छ। 

बिगोको हकमा जाहेरवालाहरुले बिगो फिर्ता पाइसकेँ भनी निवदेन दिएकाले सो तर्फको दाबी पुग्न नसक्ने फैसलामा उल्लेख छ।  रकमसमेत फिर्ता भएकाले साक्षी बसेका प्रतिवादी सुशीला भण्डारी र ईश्वर खड्काको हकमा सफाइ पाउने न्यायाधीकरणको ठहर थियो। 

फरार अभियुक्तलाई प्रहरीको सम्मान
वैदेशिक रोजगारीमा ठगीको अभियुक्त भएकाले फैसला कार्यान्वयन गर्न न्यायाधिकरणले जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र लेखेको थियो। 

'२०७५ सालमा फैसला भएपछि कार्यान्वयन गरिपाऊँ भन्दै न्यायाधिकरणले पत्र लेखेको थियो,' न्यायाधिकरणका श्रेष्तेदार गोविन्द घिमिरेले भने, 'तर अभियुक्तको बारेका प्रहरी कार्यालयले कुनै जवाफ दिएन।' अभियुक्त पक्राउ परेपछि लगत कट्टा हुने भएकाले हालसम्म नआएको हुन सक्ने उनको बुझाइ छ। 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र प्रदेश सरकारका एक मन्त्रीसमेत महायज्ञको पूर्वसन्ध्यामा भण्डारीलाई निवासमै भेट्न पुगेका थिए।

यसरी फरार अभियुक्त भण्डारीलाई भने स्थानीय प्रहरी/प्रशासनले प्रोत्साहन दिँदै आएको छ। उनलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल, प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेतसहितका सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए। 

भण्डारीले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट २०४४ असार १ गते जन्ममिति उल्लेख गर्दै साबिक बस्तु गाविस-३ घर ठेगानामा २०६३ असोज ९ गते पहिलो पटक नागरिकता प्राप्त गरेका थिए।

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित रसुवा र नुवाकोटमा हैजाविरुद्ध खोप अभियान, १ लाख २ हजार डोज पठाइँदै मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्