काठमाडौ – अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग बन्द गर्ने भएको छ । ९० दिनसम्म सहयोग ठप्प बनाउने अमेरिकी निर्णय आएको अमेरिकी अखबार पोलिटिकोले उल्लेख गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओको आदेशमा सहयोग बन्द भएपछि स्टेट डिपार्टमेन्टका अधिकारीहरु अचम्मित भएको बताइएको छ ।
आफूलाई शान्ति निर्माताको रुपमा चित्रित गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट युक्रेनलाई सहयोग दिन बन्द गर्ने निर्णय आएकै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुस–युक्रेन मुद्दामा वार्ता गर्न तयार भएको सार्वजनिक गरेका छन् ।
ट्रम्पको आगमनसँगै अमेरिका र रुस सम्बन्धमा सुधार हुनेमात्रै होइन, बन्द भएको उच्चस्तरीय समन्वय र संवाद पनि सुरु भएको छ । बाइडेन र पुटिनको सम्बन्ध चिसिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।