चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा इभी कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो। दमकलको सहायताले आगो निभाइएको थियो। कार पूर्ण रूपमा जलेको छ।
शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।