चितवन- भरतपुरस्थित रिजालचोकमा रहेको प्रकृति कपास उद्योगको गोदाममा आगलागी भएको छ। बिहान ९ बजेदेखि सुरु भएको आगो दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा ९ः४५ बजे नियन्त्रणमा लिइएको थियो।
चन्दना कोइरालाको सो गोदाममा लागेको आगोबाट कच्चा पदार्थ जलेर नष्ट भएको छ। गोदाममा पुराना कपडा रहेका थिए। पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो। मेसिनको मोटरबाट सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।