• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एक्लो मजदुरीले परिवार धानेकी बसन्तीको दैनिकी

64x64
नेपाल लाइभ बिहीबार, चैत १, २०७४  २३:४६
1140x725

राजविराज– एक साताअघि मात्रै अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ। सप्तरीमा पनि धुमधामसँग दिवसको औपचारिकता पूरा भयो। महिलाका नाममा कतिले सम्मान थापे भने मञ्चमा महिला अधिकारका क्रान्तिकारी कुरा गरेर कतिपयले स्यावासी बटुले।

तर, सप्तरीको सदरमुकाम समेत रहेको राजविराज नगरपालिका १२ सिंगियौनकी बसन्ती सदालाई चैं महिला दिवस बारे जानकारी छैन। महिलाको अधिकारका लागि दिवस पनि मनाइन्छ भन्ने सुनेर उनले अनौठो मानिन्। ‘दिवस मनाएर महिलाले अधिकार पाउँछन् त?’ प्रतिप्रश्न गर्दै उनी भन्छिन्, ‘एक दिन जुलुस लगाएर अधिकार भेटिने भए मेरो अवस्था किन यस्तो हुथ्यो त?’

उनलाई यतिबेला छोरा÷छोरीसहित ६ जनाको परिवार पाल्न हम्मे–हम्मे छ। अल्पायुमै पति भुवनेश्वरको मृत्यु भएपछि १ छोरा, २ छोरी र सासुससुराको पालन पोषणको जिम्मेवारी उनकै काँधमा छ। ‘१४ वर्षअघि नै वहाँ बित्नु भो, छोराछोरी सानै थिए,’ उनले आफ्नो अवस्था बताइ्न, ‘सँगै बसेका सासु ससुरालाई पनि र छोराछोरीलाई जसोतसो दुःख गरेर पालिरहेकी छु।’

बिहान ८ नबज्दै राजविराजको गजेन्द्र चोक पुग्न हतार हुन्छ, उनलाई। ‘बाहिरी दुनियाँमा के भइरहेको छ भन्ने जानकारी राख्ने फुर्सद पनि छैन,’ भन्छिन् उनी। मजदुरी गर्न जिल्लाका विभिन्न स्थानका कामदार भेला हुने ठाउँ हो– गजेन्द्र चोक। गिरहत (मालिक) ले यही ठाउँबाट मजदुरहरु छानेर कामका लागि लिएर जाने पुरानो चलन छ।

अधिकांश पुरुष भेला हुने गजेन्द्र चोकमा बसन्तीको उपस्थिति असहज लाग्छ, सबैलाई। बिहानैदेखि उभिरहने कामदारहरुका बीचमा फरक अनुहार हुन्, बसन्ती। ६ किलोमिटर टाढाबाट पैदल आएर काममा लगाउने मानिसको प्रतीक्षा गर्नु, पाए काममा खटिनु र पुनः त्यति नै हिँडेर घर पुग्नु उनको दैनिकी हो। ‘खेती गर्ने जग्गा छैन,’ उनी दुखेसो पोख्छिन्, ‘मजदुरीका लागि काम गर्न राजविराज नै आउनुपर्छ।’ 

गजेन्द्र चोकमा घर निर्माण गर्ने मिस्त्रीदेखि सामान्य मजदुरसम्म भेटिन्छन्। ‘भेला भएका मजदुरहरु मध्येबाट पारिश्रमिक र काम गर्न सक्ने क्षमताका आधारमा मोल–मोलाइ हुन्छ,’ स्थानीय कपडा व्यवसायी थानसिंह भन्साली भन्छन्, ‘दुवै पक्षको सहमति भएपछि कामको पक्का गरिन्छ।’ मोल–मोलाई र छनौटका क्रममा कहिलेकाहीँ चैं बसन्ती छाँटिन्छिन्। ‘काम पाए त कमाइ हुन्छ तर, काम नपाएको दिन घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्छ,’ उनी भन्छिन्।

इँट्टा, सिमेन्ट, बालुवा, गिट्टी लगायत निर्माणका सामग्री ओसारपोसार गर्नेदेखि घरको सरसफाई लगायतका सबै काम गर्ने बसन्ती महिला भएकै कारण कहिलेकाहीँ आफू कामको छनौटमा नपर्ने गरेको बताउँछिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘महिलाले शारीरिक परिश्रम गर्न सक्दैनन् भन्ने बुझाइ छ,’ बसन्ती भन्छिन्, ‘त्यो बेला चैं छोरी भएर जन्मिएकोमा साह्रै दुःख लाग्छ।’ तर, महिला भएर पनि परिश्रम गरेर परिवारको लालन–पालन गरिरहँदा र श्रीमानको समेत जिम्मेवारी पूरा गर्न पाउँदा गर्व महसुस हुने गरेको उनको भनाइ छ।

महिला भएकै कारण दैनिक ज्यालामा विभेद हुँदै आएकोमा उनको असन्तुष्टि छ। काम गरे बापतव दैनिक पुरुषले ६ सय र महिलाले ४ सय रुपैयाँ ज्याला पाउने गरेको उनले बताइन्। ‘पुरुषसँगै जोतिएर समान काम गर्दा पनि महिला भएकै कारण ज्याला कम दिन्छन्,’ उनले थपिन्, ‘सँगै काम गर्ने अरुले २ सय रुपैयाँ बढी थाप्छन्, आफूले ४ सयमै चित्त बुझाउनुपर्छ।’

खेतमा काम गर्दा पनि पुरुषले १० देखि १५ किलो धान पाउने तर, महिला कामदारलाई ५ किलो मात्र दिने चलन रहेको उनले सुनाइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ज्यालामा भेदभाव हुँदा चित्त नबुझे पनि चुपचाप काममा खटिनुपरेको उनले बताइन्। ‘काम नगरे घर परिवार कसरी चलाउने,’ उनी भन्छिन्, ‘छोराछोरीको अनुहार सम्झेर पनि काममा जोतिनुपर्छ।’ 

‘पतिको मृत्यु भएपछि घरमा कमाउने मान्छे थिएन,’ उनले पुरानो कुरा स्मरण गरिन्, ‘गाउँमै अर्काको खेतमा काम गर्थें तर, त्यो काम नियमित भएन। त्यसैले राजविराज धाउनुपर्ने वाध्यता भयो।’ 

महिला भएकै कारण काम गर्ने क्रममा केहिलेकाहीँ अप्ठयारो भोग्नुपरेको उनको अनुभव छ। एकल महिला भएर काममा बाहिर हिँड्नु पर्दा समाजमा आलोचित हुनुपर्ने, अधिकांश पुरुषहरुबीच एक्लो महसुस हुने, सहकर्मीले होच्याएर कुरा गर्ने लगायतका समस्या आफूले भोगिरेहेको उनले गुनासो गरिन्।

प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  २३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्