• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कोमल वलीको सुन्दरताको रहस्य

64x64
नेपाल लाइभ बिहीबार, चैत १, २०७४  १८:०१
1140x725

म गायिका हुनुभन्दाअघि खेलाडी थिएँ । एथ्लेटिक्सअन्तर्गत  तीनचोटि दक्षिण एसियास्तरीय प्रतियोगितामा समेत सहभागिता जनाएकी छु । मैले राष्ट्रिय स्तरका चारवटा गोल्ड मेडलसमेत जितेकी छु । स्कुल स्तरबाटै खेलकुदमा लगाव राख्ने मैले यीबाहेक फुटबल र भलिबल पनि खेलेँ । भलिबलमा त म फस्र्ट लाइनर स्पाइकर नै थिएँ ।

त्यो समयमा एकप्रकारले म स्पोर्टी थिएँ । मलाई लाग्थ्यो, अब मेरो करिअर नै खेल हो । तर, खेलेर मात्रै जिविकोपार्जन गर्न सकिने स्थिति थिएन । त्यसैले मैले पढाइका लागि २०४६ सालमा खेल्न छाडें । त्यति बेला म आइए पढ्दै थिएँ । खेल छाडे पनि ज्यान फुर्तिलो राख्न कुनै कसर बाँकी राखिनँ ।


हिँड्ने लत

Ncell 2
Ncell 2
nimb
nimb


मलाई एक घन्टा पसिना आउने गरी हिँड्ने लतजस्तै छ । दाइसँग मर्निङ वाकमा जाने पुरानै बानी हो । त्यसपछि शरीरका सबै भागलाई पुग्ने गरी एक्सरसाइज गर्छु । विशेष गरी कम्मर, ढाड र खुट्टाको एक्सरसाइज नबिराई गर्छु । मलाई फिट रहन एरोबिकले पनि सघाएको छ । पहिले नियमित एरोबिक पनि गर्थें तर अहिले त्यो बानी छुटेको छ ।

मर्निङ वाक गर्न पाइएन भने म बेलुकी भए पनि एक घन्टा हिँड्छु । पसिना आएर नुहाएपछि ज्यानलाई सञ्चो महसुस हुन्छ । विदेशका कार्यक्रम होस् वा नेपालभित्रकै कुनै कार्यक्रममा जाँदा होस्, आफूलाई अनुकूल पर्ने समय मिलाएर हिँड्छु । कार्यक्रम जाँदा अरु लुगासँगै एक जोर ट्रयाक सुट र स्पोर्ट सुज लैजान भुल्दिनँ ।

जंक फुडलाई बाई बाई

मेरो दिमागमै प्याकेट होइन, चुल्होका खानेकुरा मीठो हुन्छ भन्ने बसेको छ । त्यसैले मैले जे भए पनि चुल्होमा पाकेको खानेकुरा खाने कोसिस गर्छु । आलु र चिउरा मात्रै भए पनि चुल्होमा पाकेको खानुपर्छ भन्ने मेरो मान्यता छ । बिहान उठ्नेबित्तिकै कम्तीमा दुई गिलास पानी पिउँछु । दूध चिया खानुअघि पनि एक गिलास पानी पिउँछु । जसले एसिड उत्पादन हुन दिँदैन । तर, खानेकुरामा म मनमौजी छु ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083


मन लागेको चिज नखाई छाड्दिनँ । अहिलेसम्म बाध्यताले बारेका भनेको दही र मही मात्रै हो । खानेबित्तिकै घाँटी बस्ने भएकाले अलि होसियार हुन्छु । चिल्लो र पिरो बार्दिनँ । मलाई कम्तीमा एक हप्ताको एकचोटि घिउ राखेर भात खानुपर्छ । मकैको भात र रोटीको त फ्यानै हुँ । घरमा पनि धेरैजसो यस्तै परिकार बन्छ ।

कामको अनियमित सेड्युलले खाना खाने समय मिल्दैन । हाम्रो प्रोफेसनमा मिलाउने प्रयास गर्दा पनि नहुने रहेछ । त्यसैले अहिले म फलफूल र पानी गाडी वा झोलामा राखेरै हिँड्छु ।

गम्भीर रोग छैन

यो कुरा ‘भगवानको कानमा नपरोस् ।’ मैले कुनै गम्भीर रोगको सामना गर्नु परेको छैन । तर, खानाको अनियमितताले ग्यास्ट्रिकले भने केही समयसम्म सताएको छ । एक समय त कस्तो समस्या भयो भने खाना हेर्नै मन नलाग्ने । खायो भने पनि नपच्ने र तुरुन्तै शौचालय गइहाल्नुपर्ने । ग्यास्ट्रिकले  सताएपछि मैले खाना खाने समय नपाए पनि गाडीमा फलफूल राख्न थालेकी हुँ ।

एक महिनायता बेला–बेलामा प्रेसर घटबढ हुन्छ । केही दिनअघि एउटा कार्यक्रममा गीत गाउन जाँदै थिएँ । एयरपोर्ट पुगेपछि खुट्टा भुइँमा छैन जस्तो भयो । हावामा उडेजस्तो लाग्न थाल्यो । मनभित्र डर बढ्यो, कतै कोल्याप्स त हुन्न !
 
त्यसपछि कार्यक्रममा नगएर म अस्पताल गएँ  । प्रेसर घटेको रहेछ । अहिले म डाक्टरको अब्जरबेसनमा छु । हुन त यो बीचमा पनि म अस्टे«लिया कार्यक्रममा गएँ । केही औषधि लिएरै गएकी थिएँ । त्यस्तो केही भएन । अहिले नर्भिक हस्पिटलका डा. भारत रावतकहाँ चेकअप गरिरहेकी छु ।
 
स्वास्थ्यमा सचेत


म त्यस्तो हेल्थ–कन्सस मान्छे त होइन । तर, पनि आफूलाई फिट राख्ने प्रयास सक्दो गर्छु र बेला–बेला फुल बडी चेकअप गर्छु । केही समयअघि भारत पुग्दा एपोलो हस्पिटलमा पूरा ज्यानको चेकअप गरेकी थिएँ । केही समयअघि अल्का हस्पिटलमा पनि गरेँ । आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्छ भन्ने मनमा छ । तर, हामीकहाँ त्यस्तो नियमित चेकजाँचको प्राक्टिस छैन ।

अभाव चेतनाको

जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छैन । सर्वसाधारणमा सचेतनाको अभाव छ । कसैले टाउको दुख्यो भन्दा तुरुन्तै पसलेले औषधि दिन्छ यहाँ । यसरी हचुवाका भरमा प्रयोग गरिएको औषधिले साइड इफेक्ट गरिरहेको हुन्छ । रोगको पहिचान नभई औषधि चलाउनु हुन्न भन्ने चेतना छैन ।

यसमा ठूलो कमजोरी राज्यको हो । जनतामैत्री स्वास्थ्य सेवा र नीति अबलम्बन गर्न सकेको छैन । स्वास्थ्य बिमा छैन । जनताका लागि स्वास्थ्य उपचार सहज हुने खालको नीति अख्तियार गर्दैन । जसले गर्दा वर्षेनी धेरै जनता उपचार नपाएर मृत्यु भोग्नुपरेको छ ।

त्यसैगरी महामारीमा सरकारले स्वास्थ्य उपचार पहुँच पु¥याउने पूर्वाधारको विकास गर्न सकेको छैन । हालसालै जाजरकोटमा फैलिएकोे रोगको उपचारका लागि पाँच दिनपछि डाक्टरको टोली पुग्यो । नेपालगन्जबाट पाँच घन्टाको दूरीमा रहेको ठाउँमा पाँच दिनपछि डाक्टर पुग्नु जनताको स्वास्थ्यमाथि सरासर खेलबाड हो ।

स्वास्थ्य, साथी र सकारात्मक सोच

स्वास्थ्यसँग धेरै कुरा जोडिएका हुन्छन् । तीमध्ये सकारात्मक सोच र साथी महत्वपूर्ण कुरा हुन् । तनावरहित जीवन बाँचेमा मात्रै स्वस्थ रहन सकिन्छ । खुराफाती दिमागले नकारात्मक सोच पैदा गर्छ र स्वास्थ्यलाई हानि हुने रसायन पैदा हुन्छ । तनावग्रस्त अवस्थामा म साथीसँग कुरा गर्ने, संगीत सुन्ने वा टिभी हेर्ने गर्छु ।

यी मेरो स्वस्थ जीवनका अनुभव हुन् । आफ्नो स्वभाव र ज्यानअनुसार स्वस्थ रहने तरिका फरक हुन सक्छ । मलाई लाग्छ, नियमित कसरत, सकारात्मक सोच, काममा रमाउने बानी र प्याकेटभन्दा चुल्होको खानामा जोड गर्ने बानी भयो भने पनि धेरै रोगबाट जोगिन सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्