काठमाडौं– नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ। नेपालले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसिय मान्यता प्राप्त गरेको हो।
जिम्बावेमा भइहरेको आइसिसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा पिपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेपाल एकदिवसीय मान्यता नजिक थियो। अर्को प्ले अफमा नेदरल्यान्डले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको २ दशकमा नेपालले प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो। छनोटमा आइसिसीले सहभागि एसोसिट ६ मध्ये ४ टिमलाई सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता दिने निर्णय गरेको हो। डब्लुसिएल च्याम्पियनसिपको विजेताले नेदरल्यान्ड्सले स्वत: एकदिवसीय मान्यता पाएको थियो। स्कटल्यान्ड र युएईले सुपर–६ मा स्थान पक्का गर्दै एकदिवसीय मान्यता पक्का गरिसकेका छन्। नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै सातौं स्थानको प्ले अफमा स्थान पक्का गरेर एकदिवसीय मान्यता पाएको हो।
यता पपुवा न्युगिनी र हङकङले भने एकदिवसीय मान्यता गुमाउनुका साथै डिभिजन–२ मा झरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।